कृषकलाई प्रोत्साहन गर्न अनुदान नीति | Khabarhub Khabarhub

कृषकलाई प्रोत्साहन गर्न अनुदान नीति


५ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको सरकारी निकायले अनुदानको नीति अगाडि सारेका छन् । कृषकलाई कृषि पेसामै टिकाइराख्ने उद्देश्यसहित जिल्लाका सरकारी निकायले अनुदानको नीतिलाई प्राथमिकता दिएका हुन् ।

कृषि ज्ञान केन्द्र तनहुँ, आँबुखैरेनी, म्याग्दे र बन्दीपुर गाउँपालिकालगायतले कृषकलाई विभिन्न उपकरण अनुदानमा वितरण गर्दै आएका छन् । कृषि पेसामा लागेका कृषकलाई आयआर्जनमा सहयोग पुग्ने खालका सामग्री वितरणलाई प्राथमिकतामा राखिएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले बताए ।

उनले भने, ‘निर्वाहमुखी पेसा गरिरहेकालाई सहयोग गरेर व्यावसायिक बनाउने लक्ष्यसहित केन्द्रले मौरी घार, हाते ट्र्याक्टर, बङ्गुरका पाठापाठी, व्याड बोका वितरण गर्दै आएको छ ।’

केन्द्रले विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रमअन्तर्गत ऋषिङ गाउँपालिका–४ भिरकोटका कृषकलाई कृषि सामग्री सहयोग गरेको छ । विपन्न समुदायलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित १५ मौरी घार, ३० बङ्गुरको पाठापाठी, दुई व्याड बोका, एक हातेट्र्याक्टर, दुई पक्की टनेल, एक कुटानी पिसानी, १५ सिँचाइ ट्याङ्की, बाख्रा र कुखुराको खोर सहयोग गरिएको हो ।

तिवारीले भने, ‘विपन्न कृषक छनोट गरी कार्यक्रममार्फत उनीहरूलाई आत्मनिर्भर बनाउने लक्ष्य हो ।’ यो ठाउँका ६० घरधुरीलाई लक्षित गरी कार्यक्रम सुरुवात भएको छ ।

जिल्लाका दुई पालिकाका विपन्न बस्तीमा ‘मुख्यमन्त्री कार्यक्रम’ सञ्चालन गरिएको छ । आयआर्जनमा सबल गराई विपन्न परिवारको जीविकोपार्जनमा सहज बनाउने उद्देश्यले उक्त कार्यक्रम सुरु गरिएको तिवारीले बताए ।

जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ का ४० घर भुजेल र ऋषिङ गाउँपालिका–४ का करिब ६० घरधुरीलाई लक्षित गरी कार्यक्रम सुरु गरिएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । आँबुखैरेनीमा ४६ परिवारमध्ये १६ जनालाई बाख्रा, छ वटा तरकारी टनेल, ३५ घार मौरी, हातेट्र्याक्टरलगायत प्रदान गरिसकिएको छ ।

गण्डकी प्रदेश सरकारबाट दुई पालिकाका लागि २०–२० लाख रुपैयाँ बजेट निकासा भएको छ । त्यसमा गण्डकी प्रदेश सरकारको ९० प्रतिशत अनुदान र कृषकको १० प्रतिशत लागत सहभागिता रहनेछ ।

केन्द्रले म्याग्दे–४ का कृषकलाई ९० प्रतिशत अनुदानमा मौरीसहितको घार वितरण गरेको छ । म्याग्दे गाउँपालिका–४ स्थित चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादन समूहमा आबद्ध कृषकलाई ४६ मौरी घार वितरण गरिएको जनाइएको छ ।

मौरीसहितको घार प्राप्ति गर्नका लागि केन्द्रले निवेदन माग गरेको थियो । एक सय छ जनाले निवेदन दिएकामा ४६ कृषक छनोट गरी घार वितरण गरिएको हो । तिवारीका अनुसार तनहुँ मौरी पालनका लागि उपयुक्त भएकाले यहाँका विभिन्न ठाउँमा मौरी पालनतर्फ कृषक आकर्षित भइरहेका छन् ।

समूहमा आबद्ध कृषक मौरी पालनतर्फ आकर्षित भएको अध्यक्ष जीतमाया रानाले बताइन् । उनका अनुसार समूहमा आबद्ध सबैले मौरीपालन गरेका छन् । कम लगानी र मेहनतमा मौरीपालन गर्न सकिने भएकाले कृषक यसतर्फ लागेको उनको भनाइ छ ।

आँबुखैरेनी गाउँपालिकाले ‘एक वडा ः एक उत्पादन’ कार्यक्रमअन्तर्गत कृषकलाई अनुदानमा एक सय १८ मौरी घार वितरण गरेको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए । उनले भने, ‘एक वडा ः एक उत्पादन’अन्तर्गत म्याग्दे गाउँपालिका–४ का कृषकलाई मौरी पालनतर्फ आकर्षित गराउन घार वितरण गरिएको छ ।’

कृषि ज्ञान केन्द्रले नै शुक्लागण्डकी नगरपालिका–६ स्थित दरगाउँ कृषि तथा पशुपक्षी कृषक समूह र तीनखोलेदेवी कृषि तथा पशुपक्षी समूहलाई ५० प्रतिशत अनुदानमा हातेट्र्याक्टर र कम्बाइन मिल सहयोग गरेको छ ।

म्याग्देले कृषकलाई ५० प्रतिशत अनुदानमा हातेट्र्याक्टर वितरण गरेको छ । पालिकाको कृषि शाखाको स्वीकृत कार्यक्रमअनुसार विभिन्न वडाका कृषकलाई अनुदानमा हातेट्र्याक्टर वितरण गरिएको हो ।

७० हजार रुपैयाँ पर्ने ट्र्याक्टरको मूल्यमा ५० प्रतिशत कृषकले र ५० प्रतिशत गाउँपालिकाले लागत साझेदारी गरेको छ । कृषकलाई कृषिमा आत्मनिर्भर बनाउन र यान्त्रिकीकरण गर्न कृषि उपकरण सहयोग गरिएको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ६ : ५१ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु