समाजवादी मोर्चाप्रति बाबुराम भट्टराईको टिप्पणी– ‘सबैलाई सधैँ ठग्न सकिन्न’  « Khabarhub

समाजवादी मोर्चाप्रति बाबुराम भट्टराईको टिप्पणी– ‘सबैलाई सधैँ ठग्न सकिन्न’ 


५ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सोमबार घोषणा भएको समाजवादी मोर्चाको निर्माणप्रति आशङ्का व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटर मार्फत उनले जालझेलले समाजवादको निर्माण नहुने भन्दै मोर्चा संसदीय अंकगिणत मिलाएर सत्ता बार्गेनिङको अंश बन्न नहुने टिप्पणी गरे ।

उनले भने, ‘समाजवाद संसदीय अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु होइन, यो त उदात्त वैचारिक निर्देशनमा उन्नत चेतना र उच्च नैतिक धरातल भएका मानवको लामो सामूहिक प्रयत्नले निर्माण हुने अति उन्नत सभ्यताको चरण हो।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा हिजो समाजवादी मोर्चा गठन भएपछि  भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।

उनले कथित समाजवादी मोर्चालाई निजी सत्ता स्वार्थका निम्ति भित्री र बाहिरी शक्तिहरूसँग बार्गेनको हतियार बनाउने दुष्कर्म नहोस् समेत भनेका छन् ।

उनले केहीलाई सधैँ र धेरैलाई केही बेर ठग्न सकिन्छ तर सबैलाई सधैँ ठग्न सकिन्न भन्ने हेक्का राख्न सुझाव समेत दिएका छन् ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ७ : २५ बजे

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित

राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल