‘अन्तरसम्बन्ध–२०८०’ प्रदर्शनी सुरु « Khabarhub

‘अन्तरसम्बन्ध–२०८०’ प्रदर्शनी सुरु


५ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको ललितकला क्षेत्रका अग्रज कलाकारहरूको कला प्रदर्शनी सुरु भएको छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा)को आयोजनामा अग्रज कलाकार शशि शाह, कृष्ण मानन्धर, स्व इन्द्र प्रधान र वत्सगोपाल वैद्य अर्थात् स्किव–७१ का चित्रकला प्रदर्शनी सुरु भएको हो ।

‘अन्तरसम्बन्ध–२०८०’ नाम दिइएको उक्त प्रदर्शनी यही असार १२ गतेसम्म चल्नेछ ।

प्रदर्शनी अवलोकन गर्दै पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कलाको एउटा खानीजस्तो रहेको र त्यसमा पनि ललितकलाका असङ्ख्य विधाहरू रहेको बताए ।   उनले केही समय अघि राष्ट्रिय ललितकला प्रदर्शनी आफूले अवलोकन गर्दा नेपाली कलाको सृजनशीलता निकै माथि पुगेको पाएको स्मरण गरे ।

अग्रज कलाकार कृष्ण मानन्धरले आफूहरूले बम्बईबाट अध्ययन गरेर फर्किएपश्चात् समूह बनाएर कला गतिविधि गर्ने र आर्ट ग्यालरी खोल्ने काम गरेको स्मरण गरे । उनले भने, ‘त्यस समय राम्रो आर्ट ग्यालरी थिएन । शशिविक्रम क्याम्पस प्रमुख हुनुहुन्थ्यो र उहाँले दिएको योगदान भुल्नु हुँदैन ।

कलाकार शशि शाहले सङ्गठनबाटै कलाको इतिहास बनाउनुपर्छ भनेर वत्सगोपाल वैद्य, कृष्ण मानन्धर, इन्द्र प्रधान र आफू एक ढिक्का भएर आएको बताए । नेपालको कलाक्षेत्र स्किव–७१ बाटै सङ्गठनात्मकरूपमा जानुपर्छ भन्दै उनले नयाँ पुस्तालाई सचेतसमेत गराए ।

प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्लेले अग्रज कलाकारको सिर्जना प्रदर्शनीलाई निरन्तरता दिने बताए । उनले भने, ‘हामीले अग्रज र दिवङ्गत कलाकारको प्रदर्शनीको  सुरुआत गरेका छौँ । आगामी दिनमा यस्ता कार्यलाई निरन्तरता दिन्छौँ ।’

प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले प्रतिष्ठानले स्थापनाकालदेखि नै कलाको उत्थानका लागि विविध गतिविधि गर्दै आएको बताउँदै आफूहरूले अग्रजले देखाएको बाटो पहिल्याएको धारणा राखे ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले ललितकला पढ्दाका गुरुहरूले दिएको मार्गदर्शनकै शिक्षाले आफूले प्रतिष्ठानजस्तो संस्थाको जिम्मेवारी पाएको र विगतका विरासतसँग अग्रजको भूमिकालाई जोडेर अगाडि बढाउन जरुरी भएको धारणा राखे ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ८ : २७ बजे

पर्वतका ९५० किशोरीलाई एचपीभी खोप लगाइने

पर्वत– जिल्लाका ९५० किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’

आईएसएसको अन्त्य, सहकार्यको युग

एजेन्सी– अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) सन् २०३० मा पृथ्वीमा फर्किँदा

कप्तान रोहितले क्यानडाविरुद्ध नखेल्ने : आजको खेलको कप्तानी दीपेन्द्रले गर्ने

काठमाडौं – आइसिसी टी–२० विश्वकप अगाडिको अन्तिम अभ्यास खेल नेपालका

निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह

गलकोट– अर्थमन्त्री रामेश्वर खनालले निर्धक्क भएर निर्वाचनको तयारी गर्न सरोकार

स्वास्थ्यमा सुधार भएपछि रवि लामिछाने चितवन जाँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज