सिन्धुली कारागारलाई ‘राइस स्टिमर मेसिन’ हस्तान्तरण « Khabarhub

सिन्धुली कारागारलाई ‘राइस स्टिमर मेसिन’ हस्तान्तरण


५ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गा नारायण श्रेष्ठले जिल्ला कारागार सिन्धुलीलाई चार थान ‘राइस स्टिमर मेसिन’ हस्तान्तरण गरेका छन् ।

एक हजार भन्दा बढी कैदीबन्दी रहेको कारागारमा दाउरामा खाना बनाउनको लागि असहज भइरहेको गुनासोको सम्बोधन गर्दै मन्त्री श्रेष्ठले राइस स्टिमर मेसिनको व्यवस्था गरेका हुन् ।

उनका अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा नेपालमा नै कारागारलाई पहिलो पटक सो मेसिन प्रदान गरिएको हो ।

केही समय अगाडि जिल्ला कारागार सिन्धुलीको अनुगमनको क्रममा १ हजार जना भन्दा धेरै कैदीबन्दीलाई खाना बनाएर खानका लागि समस्या भएको गुनासो आएपछि राइस स्टिमर मेसिन प्रदान गरिएको मन्त्री श्रेष्ठले बताए ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ११ : ०९ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति