भारतीय प्रधानमन्त्री मोदी अमेरिका प्रस्थान « Khabarhub

भारतीय प्रधानमन्त्री मोदी अमेरिका प्रस्थान


५ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ऐतिहासिक राजकीय भ्रमणका लागि मङ्गलबार संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् ।

अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री मोदीले ट्वीटमा लेखेका छन्, ‘अमेरिका प्रस्थान गर्दैछु, जहाँ म न्यूयोर्क शहर र वाशिङ्गटन डीसीमा हुने कार्यक्रमहरूमा सहभागी हुनेछु । ती कार्यक्रमहरूमा योग दिवस मनाउने, राष्ट्रपति बाइडेनसँग वार्ता गर्नेलगायातका छन् ।’

प्रधानमन्त्री मोदीलाई अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले भ्रमणको निमन्त्रणा दिएका हुन् । भ्रमण न्यूयोर्कमा शुरु हुनेछ जहाँ प्रधानमन्त्रीले जुन २१ मा संयुक्त राष्ट्रसंघ मुख्यालयमा अन्तर्राष्ट्रिय योग दिवस मनाउने कार्यक्रमको नेतृत्व गर्नेछन् ।’

प्रधानमन्त्री मोदी त्यसपछि वाशिङ्गटन डीसी प्रस्थान गर्ने कार्यक्रम छ । त्यहाँ रहँदा उनले जुन २२ मा ह्वाइट हाउसमा राष्ट्रपति बाइडेनलाई भेट्नेछन् । राष्ट्रपति बाइडेन र प्रथम महिला जिल बाइडेनले सोही दिन साँझ प्रधानमन्त्रीको सम्मानमा रात्रीभोजको आयोजना गर्नेछन् ।

प्रधानमन्त्री मोदीले जुन २२ मा अमेरिकी कांग्रेसको संयुक्त बैठकलाई पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  १ : ४५ बजे

पहिरोले बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध

म्याग्दी– शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी–जोमसोम र

मुस्ताङमा भारी हिमपात र वर्षा, जनजीवन प्रभावित

मुस्ताङ– अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि

नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव

बाँके– नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र संरक्षणको