पहिरोले घर पुरियो, वृद्ध गम्भीर घाइते « Khabarhub

पहिरोले घर पुरियो, वृद्ध गम्भीर घाइते


५ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा आज पहिरोले एक घर पुरिएको छ । पहिरोले मेहेलेको खुवास्थित तार्छदिप लिङ्देनको घर पुरिएको हो । उक्त घरमा लिङ्देन एक्लै बस्दै आएका थिए ।

पहिरो गएको बेला उन घरबाहिर रहेका कारण मानवीय क्षति हुन नपाएको स्थानीय राजकुमार कँडेलले जानकारी दिए । यस्तै मेहेलेका ७८ वर्षीय वृखबहादुर लिम्बू आज पहिरोमा परी गम्भीर घाइते भएका छन् ।

बाटोमा हिँड्दै गर्दा माथिबाट आएको पहिरोमा परी घाइते भएका हुन् । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको कँडेलले बताए ।

निरन्तरको वर्षासँगै बाढी र पहिरो जाँदा मेहेले, खेवाङ र सुरुम्खीका बासिन्दा घर छाडेर सुरक्षित स्थानतर्फ लागेका छन् । उनीहरु अधिकांश  स्थानीय निलगीरि माध्यमिक विद्यालयमा बस्दै आएका छन् ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  २ : ४२ बजे

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीमा पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि हुने प्रक्षेपण

कञ्चनपुर– कञ्चनपुरमा यस वर्ष धान उत्पादनमा वृद्धि वृद्धि हुने प्रक्षेपण

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६