विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


५ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

आज असार ५, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जून २०, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

मोदी अमेरिका प्रस्थान

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ऐतिहासिक राजकीय भ्रमणका लागि मङ्गलबार संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् ।

अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री मोदीले ट्वीटमा लेखेका छन्, ‘अमेरिका प्रस्थान गर्दैछु, जहाँ म न्यूयोर्क शहर र वाशिङ्गटन डीसीमा हुने कार्यक्रमहरूमा सहभागी हुनेछु । ती कार्यक्रमहरूमा योग दिवस मनाउने, राष्ट्रपति बाइडेनसँग वार्ता गर्नेलगायातका छन् ।’

प्रधानमन्त्री मोदीलाई अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले भ्रमणको निमन्त्रणा दिएका हुन् । भ्रमण न्यूयोर्कमा शुरु हुनेछ जहाँ प्रधानमन्त्रीले जुन २१ मा संयुक्त राष्ट्रसंघ मुख्यालयमा अन्तर्राष्ट्रिय योग दिवस मनाउने कार्यक्रमको नेतृत्व गर्नेछन् ।’

प्रधानमन्त्री मोदी त्यसपछि वाशिङ्गटन डीसी प्रस्थान गर्ने कार्यक्रम छ । त्यहाँ रहँदा उनले जुन २२ मा ह्वाइट हाउसमा राष्ट्रपति बाइडेनलाई भेट्नेछन् । राष्ट्रपति बाइडेन र प्रथम महिला जिल बाइडेनले सोही दिन साँझ प्रधानमन्त्रीको सम्मानमा रात्रीभोजको आयोजना गर्नेछन् ।

प्रधानमन्त्री मोदीले जुन २२ मा अमेरिकी कांग्रेसको संयुक्त बैठकलाई पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

यूएईका राष्ट्रपतिले पठाए इराकी समकक्षीलाई पत्र

यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले कोप-२८ जलवायु सम्मेलनमा भाग लिन आधिकारिक निमन्त्रणा सहित इराकका राष्ट्रपति अब्दुल लतिफ रशिदलाई लिखित पत्र पठाएका छन् ।

सो सम्मेलन एक्सपो सिटी दुबईमा नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म हुँदैछ ।

उक्त निमन्त्रणा पत्र इराकका लागि यूए‍ईका राजदूत सलेम इसा कट्टाम अल जाबीमार्फत पठाइएको छ ।

पर्यटक बोकेको पनडुब्बी एट्लान्टिक महासागरमा बेपत्ता

टाइटानिक जहाजको भग्नावशेष देखाउन पर्यटक बोकेको पनडुब्बी एट्लान्टिक महासागरमा बेपत्ता भएको छ। पनडुब्बीमा पाइलटसहित पाँच जना रहेका थिए । आइतबारदेखि पनडुब्बी बेपत्ता भएपछि उद्धार टोलीले एट्लान्टिक महासागरमा खोजी कार्य जारी राखेको छ ।

पर्यटकलाई टाइटानिकको भग्नावशेष देखाउन लैजान प्रयोग गरिँदै आएको पनडुब्बी बेपत्ता भएपछि खोजी र उद्धार अभियान सुरु गरेको बोस्टन कोस्टगार्डले बीबीसीलाई बताए

पनडुब्बीमा सीमित अक्सिजन रहेको हुनाले हरेक मिनेटको गणना हुने अधिकारीहरू बताउँछन्। सोमबार साँझ अधिकारीहरूले भनेका छन्, ‘हाम्रो अनुमान छ कि उहाँहरूसँग यस समयमा ७० देखि ९६ घण्टा अक्सिजन उपलब्ध छ।’

टाइटानिकको भग्नावशेष क्यानडाको तटबाट ४०० नटिकल माइल टाढा एट्लान्टिक महासागरको मुनि ३ हजार ८०० मिटर तल छ। सो पानी जहाज अप्रिल १९१२ मा आफ्नो पहिलो यात्रामा आइसबर्गमा ठोक्किए पछि डुबेको थियो ।

सो जहाजमा रहेका २२ सय जना मध्ये ६०७ जना मात्र बाँचेका थिए । जुन जहाज १९८५ मा पत्ता लागेको थियो ।

तनावपूर्ण सम्बन्धलाई स्थिर बनाउने चीन र अमेरिकाको वाचा

अमेरिका र चीनले आफ्नो तनावपूर्ण सम्बन्धलाई स्थिर बनाउने वाचा गरेका छन्। अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले आफ्नो दुई दिने बेइजिङ भ्रमण पछि सो जानकारी दिएका हुन् ।

ब्लिन्केनले प्रतिद्वन्द्वी महाशक्तिहरूबीच उच्चस्तरीय सञ्चार पुनः सुरु गर्दै सोमबार वार्ताका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङलाई भेटेका थिए ।

ब्लिंकेनले भने, ‘उच्च स्तरको संवाद जिम्मेवारीपूर्वक भिन्नताहरू व्यवस्थापन गर्न र प्रतिस्पर्धालाई द्वन्द्वमा नपुगोस् भनेर सुनिश्चित गर्ने उत्तम तरिका हो ।’ उनले दुवै पक्ष सम्बन्धलाई स्थिर बनाउनका लागि सहमत भएको बताए ।

बेइजिङ र वाशिंगटन बीचको सम्बन्ध ट्रम्प युगको व्यापार युद्ध, ताइवानमाथि बेइजिङको दृढ दाबी र यस वर्षको सुरुमा अमेरिकामा कथित चिनियाँ जासुस बेलुनलाई गोली हानेपछि खस्किएको थियो ।

ब्लिन्केनको भ्रमण, लगभग पाँच वर्षमा शीर्ष अमेरिकी कूटनीतिज्ञद्वारा चीनमा गरिएको यो पहिलो भ्रमण हो ।

चिनियाँ राष्ट्रपति सीले पनि दुई देश बिचको सम्बन्धलाई सकारात्मक दिशामा अघि बढाउनु पर्नेमा जोड दिएका छन् ।

‘‘दुवै पक्षले प्रगति पनि गरेका छन् र केही विशेष मुद्दाहरूमा सहमतिमा पुगेका छन्,’ अमेरिकी राज्य विभागले जारी गरेको आफ्नो टिप्पणीमा भनिएको छ– यो धेरै राम्रो छ ।’

अफगानिस्तानमा पोलियो फेला

अफगानिस्तानको पूर्वी नान्गाहार प्रान्तमा पाँच वर्ष मुनिका एक बालकमा पोलियो सङ्क्रमण पत्ता लागेपछि कुल पोलियो सङ्क्रमितको सङ्ख्या पाँच पुगेको संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) अफगानिस्तानले जनाएको छ ।

अफगानिस्तानमा युनिसेफ पोलियो उन्मूलन कार्यक्रमको सञ्चार विभागका प्रमुख कमल शाह सैयदले नान्गार्हार प्रान्तको दुरबाबा जिल्लामा यो सङ्क्रमणको पुष्टि गरेका हुन् ।

‘यो रोग प्रान्तका अन्य भागहरूमा फैलिने डर छ र यसलाई जाँच गर्ने प्रयास भइरहेको छ,’ अधिकारीले भनेका छन् ।

यसअघि प्रदेशका कोट, बातीकोट, नाजियन र बेहसुद जिल्लामा चार जनामा सङ्क्रमण देखिएको थियो ।

अफगानिस्तान र पाकिस्तान विश्वका यस्ता देश हुन् जहाँ जङ्गली पोलियोको सङ्क्रमण अझै पनि छ । प्रतिवेदनका अनुसार अफगानिस्तानमा सन् २०२२ मा पोलियोभाइरसका दुई घटना र सन् २०२१ मा चार घटनाहरू पुष्टि भएका थिए ।

अफगानिस्तानमा अफिम खेती नष्ट

अफगानिस्तानको प्रहरीले गत दुई महिनामा उत्तरी जाज्वान प्रान्तमा करिब ८० एकड जमिनमा लगाइएको अफिम नष्ट गरेको छ ।

“विगत दुई महिनामा शृङ्खलाबद्ध कारवाहीमा हामीले जाज्जान प्रान्तका सात जिल्लामा छ एकड चरेस फार्मसहित ८० एकड अफिम र चरेस नष्ट गरेका छौँ,” सहका प्रान्तीय निर्देशक मोहमद युनुसले बताए ।

अवैध बालीविरुद्धको यस्तै कारवाहीमा प्रहरीले केही साताअघि तीन प्रान्तमा करिब ६०० एकड खेती नष्ट गरेको थियो । अफगान कार्यवाहक प्रशासनका सर्वोच्च नेता मुल्लाह हैबतुल्लाह अखुन्दजादाले गत वर्ष अप्रिलमा अवैध बालीको खेती, प्रशोधन र ओसारपसारमा प्रतिबन्ध लगाउने आदेश जारी गरेका थिए ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ८ : ०० बजे

पाल्पाको रामघाटमा ज्येष्ठ नागरिक स्कुल सञ्चालनको तयारी

पाल्पा– ज्येष्ठ नागरिकलाई लक्षित गर्दै पाल्पाको रामघाटमा ज्येष्ठ नागरिक स्कुल

११ महिनामा ९२ करोड राजस्व सङ्कलन

नवलपरासी– बर्दघाट सुस्ता पश्चिम नवलपरासी करदाता सेवा कार्यालय नवलपरासीले चालु

मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्न वन मन्त्रालयको पहल

काठमाडौं– वन तथा वातावरण मन्त्रालयले पूर्वी तराई क्षेत्रमा बढ्दो मानव–हात्ती

आजका लागि तरकारी तथा फलफूलको मूल्य यस्तो छ

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

इजरायलको आक्रमण : गाजामा ७८ जना मारिए

गाजा – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा युद्धको लक्षण देखिएको