अवधारणा ल्याउनेलाई नै समाजवादी मोर्चामा निषेध गरियो : डा भट्टराई « Khabarhub

अवधारणा ल्याउनेलाई नै समाजवादी मोर्चामा निषेध गरियो : डा भट्टराई


५ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई समाजवादी मोर्चाबाट आफूलाई निषेध गर्न खोजिएको आरोप लगाएका छन् । सामाजिक सञ्जालमार्फत डा भट्टराईले समाजवादी मोर्चाको अवधारणा ल्याउने आफूलाई जानकारी नदिई मोर्चा घोषणा गरिएकोमा आपत्ति जनाएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ पहिलो, नयाँ शक्ति स्थापना हुँदा निर्वाचन चिह्न नै नदिनु ! दोस्रो, अरूलाई २० प्रतिशत मात्र केन्द्रीय सदस्य र सांसद भए पनि पार्टीको मान्यता दिलाउनु तर हामीसँग ४० प्रतिशतभन्दा बढी केन्द्रीय सदस्य र सांसद हुँदा ऐन नै मुर्छा पारेर पार्टीको मान्यता नदिनु, तेस्रो, दुई वर्ष अघिदेखि समाजवादी केन्द्ररमोर्चाको अवधारणा ल्याउने हामीलाई जानकारीसम्म नदिई मोर्चा घोषणा गर्नु । के यो सबै आकस्मिकता हो ? कृष्णलाई देवकीकै गर्भमा हुँदादेखि सिध्याउन खोज्दा कृष्ण सिद्धिए ? विचार कसैले मार्न खोज्दैमा मर्छ र ?

उनले आफ्नो विचारलाई सिध्याउने षड्यन्त्र भइरहेको आरोप समेत लगाएका छन् ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ९ : ०६ बजे

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको

महाकाली सिँचाइ आयोजना : संरचना बने पनि नहरमा पानी आएन

कञ्चनपुर– महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व संकलन

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको

रोहिणी गाउँपालिकाका १६ विद्यालयलाई खेल सामग्री प्रदान

रूपन्देही– रुपन्देहीको रोहिणी गाउँपालिकाले पालिकाभित्रका सबै १६ वटा सामुदायिक विद्यालयलाई

लागूऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित