अवधारणा ल्याउनेलाई नै समाजवादी मोर्चामा निषेध गरियो : डा भट्टराई « Khabarhub

अवधारणा ल्याउनेलाई नै समाजवादी मोर्चामा निषेध गरियो : डा भट्टराई


५ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई समाजवादी मोर्चाबाट आफूलाई निषेध गर्न खोजिएको आरोप लगाएका छन् । सामाजिक सञ्जालमार्फत डा भट्टराईले समाजवादी मोर्चाको अवधारणा ल्याउने आफूलाई जानकारी नदिई मोर्चा घोषणा गरिएकोमा आपत्ति जनाएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ पहिलो, नयाँ शक्ति स्थापना हुँदा निर्वाचन चिह्न नै नदिनु ! दोस्रो, अरूलाई २० प्रतिशत मात्र केन्द्रीय सदस्य र सांसद भए पनि पार्टीको मान्यता दिलाउनु तर हामीसँग ४० प्रतिशतभन्दा बढी केन्द्रीय सदस्य र सांसद हुँदा ऐन नै मुर्छा पारेर पार्टीको मान्यता नदिनु, तेस्रो, दुई वर्ष अघिदेखि समाजवादी केन्द्ररमोर्चाको अवधारणा ल्याउने हामीलाई जानकारीसम्म नदिई मोर्चा घोषणा गर्नु । के यो सबै आकस्मिकता हो ? कृष्णलाई देवकीकै गर्भमा हुँदादेखि सिध्याउन खोज्दा कृष्ण सिद्धिए ? विचार कसैले मार्न खोज्दैमा मर्छ र ?

उनले आफ्नो विचारलाई सिध्याउने षड्यन्त्र भइरहेको आरोप समेत लगाएका छन् ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ९ : ०६ बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको