अपडेटः विमानस्थलबाट बरामद सुन ८० किलोभन्दा माथि, तीन जना पक्राउ | Khabarhub Khabarhub

अपडेटः विमानस्थलबाट बरामद सुन ८० किलोभन्दा माथि, तीन जना पक्राउ


४ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको अपरेशनमा ८० किलोभन्दा माथिको सुन बरामद गरेको छ ।

विभागका महानिर्देशक नवराज ढुङ्गानाले ८० देखि १०० किलोको बीचमा रहेको सुन बरामद गरिएको राससलाई जानकारी दिए । उनका अनुसार उक्त सुन ओसारपसारमा संलग्न रहेका तीन जनालाई पक्राउ गरिएको छ ।

विमानस्थल पास भएर आएको उक्त सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला बरामद भएको उनको भनाइ छ ।

सुन हङ्कङबाट आएको खुलेको विभागका महानिर्देशक ढुंगानाले प्रष्ट पारेका छन् । थप अनुसन्धान जारी रहेकाले बिहीबारसम्ममा धेरै कुराहरु खुल्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार  ५ : ०३ बजे

क्लब विश्वकप : रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा

काठमाडौं – रियल म्याड्रिडमाथि ४–० को शानदार जितसहित पेरिस सेन्ट

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार