फिफा महिला विश्वकप फुटबल आजदेखि सुरु हुँदै « Khabarhub

फिफा महिला विश्वकप फुटबल आजदेखि सुरु हुँदै


४ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा महिला विश्वकप फुटबल २०२३ आजबाट सुरु हुँदैछ ।

अष्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त रुपमा आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जनाएको छ ।

न्युजिल्याण्डको इडेन पार्कमा हुने उद्घाटन खेलमा समूह ए मा रहेको न्युजिल्याण्ड र नर्वे खेल्ने छन् । खेल नेपाली समयअनुसार अपराह्न ५ बजे सुरु हुनेछ ।

यस्तै आजै समूह बी मा रहेको अर्को आयोजक राष्ट्र अष्ट्रेलिया र रिपब्लिक अफ आयरल्याण्डबीच पनि प्रतिस्पर्धा हुने छ ।

यो खेल नेपाली समयअनुसार राति ८ बजे स्टेडियम अष्ट्रेलियामा हुनेछ ।फिफा महिला विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । प्रतियोगिता आगामी २० अगस्टसम्म चल्ने छ ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार  ६ : ५६ बजे

अभिनयमा ‘फ्लप’ गायकको घानमा थपिए– प्रकाश सपुत !

काठमाडौं – ठूलो पर्दाको रहर अपवाद बाहेक कुन कलाकारलाई नहोला

साफ महिला च्याम्पियनसिप : आज नेपाल र भुटान तथा बंगलादेश र भारत खेल्ने

पोखरा– १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज

ठेकेदारको लापरबाहीले स्थानीय तहका प्रशासनिक भवन अलपत्र

बाँके– ठेकेदार कम्पनीको लापरबाहीले यहाँका केही स्थानीय तहका निर्माणाधीन प्रशासनिक

प्रेस काउन्सिलको मिडिया जागरण राष्ट्रिय अभियान धादिङबाट सुरु

धादिङ– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा प्रेस काउन्सिल नेपालले

कैफियत देखिएपछि तीन फर्मलाई कारबाही

काठमाडौं– नियमित बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति