दाँतमा देखिने समस्या र यसको उपचार | Khabarhub Khabarhub

दाँतमा देखिने समस्या र यसको उपचार

रेसादार खानेकुराले दाँत सफा गर्दछ


४ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

हामीलाई सबै भन्दा बढी हुने मुखको समस्यामा दाँत तथा गिजाको समस्या प्रमुख रूपमा रहेको छ। गिजाको रोगलाई गम्भीर स्वास्थ्य समस्याको रूपमा हेरिन्छ। ब्रस गर्दा वा खाना खाँदा गिजाबाट रगत आउने समस्या शरीरमा कुनै ठुलो रोगको सङ्केत हुनसक्ने चिकित्सक बताउँछन्। गिजाको रोगको विभिन्न चरण हुने चिकित्सकको भनाइ छ। जसमध्ये गिजा सुनिनु सबैभन्दा पहिलो चरण हो। जसलाई जिनजिभाइटिस भनिन्छ। यस चरणको एउटा समस्या भनेको गिजाबाट रगत आउनु हो। जिनजिभाइटिस बढ्दै गएपछि प्रियो डेनटाइटिस हुन्छ। यस चरणमा दाँतलाई आड दिने हड्डी र गिजाका तन्तु कमजोर हुन थाल्छन्। त्यसैले दाँत र गिजामा के कस्ता समस्याहरू देखा पर्छन् ? स्वास्थ्यको महत्त्वपूर्ण भाग गिजा र दाँतको समस्या समाधान कसरी गर्ने ? लगायतका विषयमा आधारित रहेर खबरहबका लागि वरिष्ठ दन्त चिकित्सक डा. प्रकाश बुढाथोकीसँग गरिएको कुराकानीको सम्पादित अंश :

दाँतको गिजामा देखिने प्रमुख समस्या के के हुन् ?
गिजा पाक्ने, गिजामा हुने पिग्मेन्टेसन, दुई दाँत बीचको ग्याप हुने समस्या बढी नै देखिन्छ। त्यसलाई हामी तार बाँधेर उपचार गर्छौ। गिजा तल सर्ने समस्या त्यसमा हामीले टाँका लगाएर उपचार गर्छौ। गिजामा समस्या आउनु भन्दा सुरुमा दाँत माझ्दा रगत आउने नै पहिलो लक्षण हो। त्यो बेला नै उपचार गर्नुपर्दछ। यदि समयमा उपचार भएन भने विस्तारै हड्डी खिइँदै जान्छ। पछि हामीले दाँत पनि निकाल्नु पर्नै हुन्छ। त्यसैले सधैँ घरमा नै बसेर ब्रस गर्नु वा सफा गर्नु भन्दा वर्षमा एक पटक दन्त चिकित्सकलाई भेटेर स्केलिङ गर्न सकिन्छ। कहिलेकाहीँ पिप आउने पनि हुन्छ। गिजाको रोगमा दाँत दुख्दैन। बिरामी लास्ट स्टेजमा अस्पतालमा पुगे भने त्यसमा हामीले दाँत नै निकाल्नु पर्ने हुन्छ।

दाँत माझ्दा वा अन्य समय गिजाबाट रगत किन आउँछ ?
मुखमा फोहोर जम्मा भयो भने रगत आउने, सास गन्हाउने जस्ता समस्या देखा पर्छन्। कहिलेकाहीँ हामीले दिनको चारदेखि पाँच पटक खान्छौँ। यसरी खाँदा दुई पटक मात्र दाँत सफा गर्छौँ। त्यसमा सफा गर्ने सामग्री, तरिका र समय मिल्दैन जसका कारण दाँत र गिजाको बीचमा फोहोर जम्मा हुँदा गिजामा समस्या हुन्छ। बोल्दा वा मुखमा कहिले छुँदा, ब्रस गर्दा वा अन्य केही काम गर्दा लगभग ९५ प्रतिशतमा त्यसरी रगत आउने हुन्छ। पाँच प्रतिशतमा शरीरसँग सम्बन्धित अन्य समस्याका कारणले पनि रगत आउँछ।

यो समस्या कस्तो व्यक्तिमा धेरै देखिन्छ ?
यो समस्या जुनसुकै उमेर समूहका मान्छेमा देखिनसक्छ। सबैले मुखबाट नै खाना खाने र औषधि पनि मुखबाट नै हुँदा समस्या सबैलाई हुनसक्छ। शरीरमा केही दीर्घकालीन रोगहरू जस्तो सुगर, प्रेसर र त्यही अनुसारको औषधिहरू खाईरहेको छ। जसले गर्दा रगत जम्न नदिने हुन्छ, गिजाबाट रगत आउने हुन्छ। राम्रोसँग ब्रस गर्न नसक्नेमा धेरै गिजाबाट रगत आउँछ।

कस्तो खाना र कस्तो लापरबाही गर्दा गिजामा समस्या आउने हो ?
जहिले पनि रेसादार खानेकुराले दाँत सफा गर्दछ तर गुलियो टाँसिने र बाहिर तेलमा तारेका खाना खाएर सफा गर्ने वा कुल्ला गर्ने गरिएन भने रगत आउँछ। राम्ररी खाना खाएपछि मिलाएर सफा गरियो भने कुनै समस्या हुँदैन।

गिजामा पिप कसरी जम्छ ?
शरीरमा डायबिटिज छ भने दाँतमा फोहोर बसेर पिप आउँछ। दाँतमा फोहोर जम्मा हुन्छ। यस्तो समस्या थाहा भएमा अस्पताल गएर स्केलिङ गर्नु पर्दछ।

गिजाबाट रगत आउँदा पनि लापरबाही गर्दा पछाडिको जोखिम कस्तो हुनसक्छ ?
समस्या बढ्दै जाँदा पछि विस्तारै गिजाले दाँत छोड्न थाल्छ। त्यसको लागि नक्कली दाँत हाल्नु पर्दछ नभए दाँतको महत्त्व जान्छ। मुखमा भएका सूक्ष्म जीव रक्तनली मार्फत गएर मुटु र फोक्सो सम्बन्धी समस्या हुने, गर्भवतीमा महिना नपुगी बच्चा जन्मिने लगायतका समस्या हुनसक्छन्।

स्वास्थ्यको महत्त्वपूर्ण भाग दाँत तथा गिजाको सुरक्षाको लागि के गर्ने ?
शरीरको अरू अङ्ग जस्तै दाँत पनि महत्त्वपूर्ण हो। दाँतको दुखाई अरू जस्तो हुँदैन। यो धेरै दुख्छ। दाँत हाम्रो शरीरको त्यस्तो अंग हो जुन एक पटक बिग्रेपछि केही गरे पनि प्राकृतिक रूपमा पहिलाको जस्तो बनाउन सकिँदैन। त्यसैले समयमा नै जाँच गर्ने नरम ब्रसको प्रयोग गर्ने, धेरै दाँत घोटेर ब्रस नगर्ने र सधैँ सफा गर्ने गर्नुपर्छ। खानेकुरा खाइसकेपछि तुरुन्तै कुल्ला गर्ने बानीको विकास गर्नुपर्दछ। बच्चा जन्मेदेखि नै दाँत तथा मुखको सरसफाइ गर्ने दाँत नआएका बालबालिकामा कपास राखेर सफा गरिदिने, बच्चा दुई वर्षको भएपछि मन्जन प्रयोग गर्दा मध्यम खालको केराउको दाना राखेर सफा गर्ने। जिब्रो पनि सफा गर्ने गर्नुपर्छ। र अन्य समय मनतातो पानीमा नुन राखेर सफा गर्नुपर्छ। पिरो खाने कुराबाट टाढा रहने, धूम्रपान मद्यपानदेखि टाढा रहने, सफा रहने र प्रत्येक महिनामा अस्पताल गएर दाँत तथा मुखको जाँच गर्ने गर्जुपर्छ। दिनमा ८ मिनेट दाँत तथा मुखको सफा गर्दा जिन्दगीभर खाना चपाएर मजा लिएर खान सकिन्छ। त्यसैे दाँत र मुखको स्वास्थ्यलाइ ध्यान दिनुपर्छ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार  ७ : ०८ बजे

प्रधानमन्त्री दाहालले चौथो पटक विश्वासको मत लिँदै

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभामा विश्वासको मत लिने

केही भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

वर्षाले खेल अवरुद्ध हुँदा कोलकाता र राजस्थानको अंक बाँडियो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत समूह चरणको अन्तिम

इरानका राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना क्षेत्रमा रुसले पठायो उद्धार टोली

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनास्थलको क्षेत्रमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार सन्