रुसी आक्रमणबाट ६० हजार टन खाद्यान्न नष्ट भएको युक्रेनको दाबी « Khabarhub

रुसी आक्रमणबाट ६० हजार टन खाद्यान्न नष्ट भएको युक्रेनको दाबी


४ श्रावण २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रुसी मिसाइल आक्रमणबाट कृष्ण सागर तटमा रहेको ६० हजार टन अन्न नष्ट भएको युक्रेनले दाबी गरेको छ ।

रुसले कृष्ण सागर पार गर्ने जुनसुकै जहाजलाई संभावित सैन्य खतराको रुपमा लिने र सोही अनुसार कारबाही गर्ने चेतावनी दिएको र केही घण्टामा नै युत्रेनको अन्न भण्डारहरुलाई निशाना बनाएको हो ।

यसअघि रुसले युक्रेनको खाद्य निकासी गर्ने सम्झौताबाट बाहिरिएको घोषणा गरेको थियो ।

युक्रेनका कृषि मन्त्री माइकोला सोल्स्कीले निर्यात पूर्वाधारको ठूलो हिस्सामा क्षती पुगेको बताउनुभयो ।

टर्कीको मध्यस्थतामा गत वर्ष भएको उक्त सम्झौताबाट युक्रेनले फाइदा लिएको तर, आफुले पाउनुपर्ने शर्तहरु पुरा नभएको आरोप रुसको छ ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा देशहरुले अन्न सम्झौतालाई ‘राजनीतिक ब्ल्याकमेल’ को रूपमा प्रयोग गरेको आरोप लगाएका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहिबार  ८ : ०३ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने