चिनियाँ फोन र साइबर सुरक्षाको जोखिम | Khabarhub Khabarhub

चिनियाँ फोन र साइबर सुरक्षाको जोखिम


४ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

चिनियाँ व्यापारिक कम्पनी हुवावे संसारकै सबैभन्दा ठुलो टेलिकम्युनिकेसन सामग्री विक्रेताको रूपमा आफूलाई स्थापित गर्ने प्रयासमा छ। यसको व्यापार जत्ति बढ्दो छ। इन्टरनेट फङसनमा पनि त्यत्तिकै प्रभावशाली छ। यसले हाम्रो ल्यापटप र फोनको बिचको हरेक डेटा सेन्टरलाई प्रभावमा पार्छ।

यसले ल्यापटप र फोन जस्ता डिभाइसको पनि बिक्री गर्ने गरेको छ। हुवावेका सामग्रीहरू प्राय डेटा सेन्टर नजिक रहेका नेटवर्कबाट प्रभावित हुन्छन्। यसले धेरैलाई चासो जगाएको छ। चीन र अमेरिकाको सित युद्धमा बेइजिङले धेरै नै जासुसी गर्नका लागि हुवावेलाई प्रयोग गरेको आरोप लागेको थियो।

हुवावेले आफ्नो किटहरू त्यसरी तयार गरेको छकी कसरी डेटा पठाइएको हुन्छ। त्यो सबै कुरा पत्तो पाउनसक्छ। नेटवर्कका स्वीचहरू, राउटर, गेट वे र यसका पुलहरूको बारे सम्पूर्ण जानकारी यसले राख्ने गरेको छ।

यसपछि बोरिस जोन्सनले सन् २०२७ बाट बेलायतको सबै फाइभ-जी नेटवर्कबाट हुवावेलाई हटाउने भइसकेको छ। यसको सुरुवात धेरै वर्ष अघि बाटै भएको हो। हुवावेले आफ्नो किटहरू त्यसरी तयार गरेको छकी कसरी डेटा पठाइएको हुन्छ। त्यो सबै कुरा पत्तो पाउनसक्छ। नेटवर्कका स्वीचहरू, राउटर, गेट वे र यसका पुलहरूको बारे सम्पूर्ण जानकारी यसले राख्ने गरेको छ।

यसले एन्टेना लगायतको रेडियोको सामग्री पनि तयार गर्छ। यो टेलिकम्युनिकेशनको सम्पर्कमा नै रहन्छ। यसले पनि धेरै सूचनाहरू प्राप्त गर्न सक्छ। फाइभ जीले यसको वरपरको सबै सूचनाहरू प्राप्त गर्नसक्छ। यसै कारण सन् २०२० को सुरुवातमै बेलायतले संवेदनशील क्षेत्रमा फाइभ–जी नेटवर्कलाई नै प्रतिबन्ध लगाएको थियो। बेलायतले राष्ट्रिय साइबर सेक्युरिटी सेन्टरको अवधारणाको आधारमा सो निर्णय गरेको थियो।

यसबाहेक अस्ट्रेलिया र अमेरिकाले पनि हुवावेलाई प्रतिबन्धकै निर्णय लगाए। न्युजील्यान्डले सन् २०१८ देखि हुवावेको इन्सटलेसनमा प्रतिबन्ध लगाएको छ। क्यानडामा हुवायेका संस्थापक रेन झेनफाइकी छोरी तथा प्रमुख वित्तीय अधिकारी मेङवाङ फुलाई गिरफ्तार गरिएको थियो।

टेलिकम्युनिकेसनको स्तरोन्नति गर्दै फाइभ–जीमा प्रवेश गरेपछि भारत पनि हुवावेको उपकरणलाई निषेध गर्ने निचोडमा पुगेको हो। अमेरिकाको पनि यस विषयमा विगतमा नै बेलायतसँग सहकार्य भइसकेको छ।

यसरी एकपछि अर्को आरोप लाग्दा पनि कम्पनीले अन्य उत्पादन भन्दा आफ्नो उत्पादन गलत नभएको दाबी गर्दै आएको छ। चीनको पिएलएका पूर्व इन्जिनियर रेन झेङफाइले सन् १९८७ मा हुवावेको स्थापना गरेका थिए। उनको सैन्य पृष्ठभूमि पनि हुवावेमाथि शङ्का गरिनुको मुख्य कारण हो।

चिनियाँ विदेशी नीति र हुवावेको स्थापनालाई जोडेर हेर्दा भने धेरेलाई चिन्तित तुल्याएको छ। सन् १९९९ मा दुई चिनियाँ कर्णेलले लेखेको पुस्तक अङ्ग्रेजीमा पनि अनुवादित भएको थियो। त्यसै पुस्तकमा अमेरिकालाई जित्ने रणनीतिका बारे कुरा भएको थियो। सोही पुस्तकमा लेखिएको गैर सैन्य तरिकाको बारे उल्लेख गरिएको थियो। यसको मतलब टेलिकम्युनिकेसन नेटवर्क र साइबर वार पनि हुनसक्छ भन्ने अर्थमा बुझिएको थियो।

ब्राजिलले नै अमेरिकाले यसका बारे सबै प्रमाण उपलब्ध गराए राम्रो पनि हुने थियो। हुवावेले बजारमा यसरी प्रभाव जमाएको छकी स्मार्ट फोनमा सामसुङ पछिको दोस्रो बजार यसकै मानिन्छ।

यस आशङ्काका बिच हुवावे यसरी बजारमा आयो कि यसका उपकरणले योसँग सम्पर्क गगिरहेका सम्पूर्ण कम्पनीको डेटा एकै पटक लिन पनि सक्ने छ। अमेरिकामा जासुसी गरीरहेको अवस्थामा हुवावेका एक कर्मचारी पक्राउ पनि परेका थिए। उनलाई टी मोबाइल टेस्टीङ प्रोपर्टीको इन्टीलेक्चुयल चोरी गरेको आरोपमा पक्राउ गरिएको थियो।

म्याथ्यु ब्राजिल पूर्व अमेरिकी सेनाका गुप्तचर अधिकृत तथा कूटनीतिज्ञ हुन्। आठ वर्ष चीनमा बसेका उनी चिनियाँ जासुसीका बारेमा लेखिएको नाभल इन्स्टिच्युट बुकका सह–लेखक मध्येका एक हुन्। उनकै अनुसार चिनियाँ कम्युनिस्ट पार्टीलाई बुझ्नेका लागि त हुवाये स्वतन्त्र हुन नै सक्दैन। ‘हुवावेले चिनियाँ सरकारका लागि धेरै व्यापार गराएको छ। हुवावे आफैं भित्र शक्तिशाली चिनियाँ कम्युनिस्ट पार्टीका कमिटीहरू छन्। यस कारण चिनियाँ कम्युनिस्ट पाटीसँगको सहकार्यमा हुवावेले धेरै काम गरिरहेको छ,’ ब्राजिलले भने।

ब्राजिलले नै अमेरिकाले यसका बारे सबै प्रमाण उपलब्ध गराए राम्रो पनि हुने थियो। हुवावेले बजारमा यसरी प्रभाव जमाएको छकी स्मार्ट फोनमा सामसुङ पछिको दोस्रो बजार यसकै मानिन्छ।

संसारका धेरै देशहरू अहिले फोरजीबाट फाइभ जी मोबाइल नेटवर्कमा प्रवेश गरिरहेका छन्। यसरी फड्को मार्दा १० गुणा बढी स्पिड हुने तथा छिटो र छरितो काम हुने अनुमान गरिएको छ।

यसरी बजारमा लोकप्रिय र सहज उपलब्ध हुनुका बाबजुद जागरुप देशले यसमाथि प्रतिबन्ध लगाउनुका केही कारण पक्कै छन्। अमेरिका, बेलायत र अष्ट्रेलियाले लगाएका यस किसिमका प्रतिबन्धका कारण छन्। अष्ट्रेलिया र अमेरिकाको मुख्य कारण गोपनीयता हो भने बेलायतको मुख्य कारण साइबर आक्रमणबाट बच्नु हो।

संसारका धेरै देशहरू अहिले फोरजीबाट फाइभ जी मोबाइल नेटवर्कमा प्रवेश गरिरहेका छन्। यसरी फड्को मार्दा १० गुणा बढी स्पिड हुने तथा छिटो र छरितो काम हुने अनुमान गरिएको छ। यसरी काम गर्दा मानिसले व्यक्तिगत काम धेरै इन्टरनेटमार्फत गर्ने गरेका छन्। सो काम गर्दा कमजोर सुरक्षा भएको फोन प्रयोग गर्दा ह्याकरले सबै कुरा सहजै पत्ता लगाउन सक्छ।

सन् २०१७ मा चीनमा ‘नेसनल इन्टलीजेन्स ल’ पारित भएको थियो। सो अनुसार कुनै पनि संस्थाले काम गर्दा राज्यको गुप्तचर निकायसँग सहकार्य गर्नुपर्छ। यसको मतलब नै हो कि बेइजिङले जुनसुकै समय हुवावेलाई जासुसीको रूपमा प्रयोग गर्नसक्छ।

अमेरिकाले सिस्को, जुनिपर नेटवर्क तथा क्वालकमको उपकरण प्रयोग गर्ने गरेको छ। युरोपमा एरिसन तथा नोकियाको बजार बढ्दो छ। नोकियाले त हुवावेलाई विस्थापित गर्ने क्षमता भएको विगतमा नै जनाइ सकेको थियो।

सन् २०१९ मा बेलायतमा हुवावेमार्फत राज्यले जासुसी गरेको प्रमाण फेला नपरे पनि यसको सफ्टवेयर इन्जिनियरिङले साइबर सुरक्षामा समस्या उत्पन्न हुने जनाएको थियो। फाइभ-जीका भरपर्दा विकल्प अन्य देशमा पनि उत्पादन भइरहेका छन्। अमेरिकाले सिस्को, जुनिपर नेटवर्क तथा क्वालकमको उपकरण प्रयोग गर्ने गरेको छ। युरोपमा एरिसन तथा नोकियाको बजार बढ्दो छ। नोकियाले त हुवावेलाई विस्थापित गर्ने क्षमता भएको विगतमा नै जनाइ सकेको थियो।

विगतदेखि नै हुवावेमाथिको प्रतिबन्धको यो शृङ्खलाले अहिले युरोपमा गति लिएको छ। यसै वर्षको जुनमा युरोपियन कमिस्नर थीएरी ब्रीटनले सबै युरोपेली राष्ट्रले साइबर सुरक्षा गाइडलाइनमा ध्यान दिनुपर्नेमा जोड दिएकी थिइन्। युरोपेली कमिसनको ठहर नै चिनियाँ कम्पनी हुवावे र जेडटीइ प्रतिबन्ध गर्दा उपयुक्त हुने थियो।

जुन महिनामा युरोपेली युनियनको रिपोर्ट अनुसार १० सदस्य राष्ट्र घातक उपकरणमा प्रतिबन्ध लगाउनका अग्रणी देखिएका थिए। ब्रीटनकै अनुसार ६ वटा कम्पनीका उत्पादन जोखिमपूर्ण थिए।सन् २०२० मा युरोपेली युनियनले फाइभ-जी नेटवर्क सुरक्षाका लागि एउटा गाइडलाइन तयार गरेको थियो। त्यस अनुसार सबै चल्नुको विकल्प नभएको मत ब्रीटनको हो।

बेलायतले साइबर सुरक्षामा यसरी चासो दिनुको एउटा मुख्य कारण पनि छ। सन् २०१२ मा चीनले बेलायती डिफेन्स फर्म बीएई सिस्टम नै ह्याक गरेको थियो।

अन्य देश भन्दा बेलायतले साइबर सुरक्षामा यसरी चासो दिनुको एउटा मुख्य कारण पनि छ। सन् २०१२ मा चीनले बेलायती डिफेन्स फर्म बीएई सिस्टम नै ह्याक गरेको थियो। यसबाट एफ ३५ ज्वाइन्ट स्ट्राइक फाइटर जेटलाई प्रभावमा पारिएको जनाइएको थियो।

सन् २०१९ मा भएको मोबाइल कङ्ग्रेसमा हुवावेका प्रमुख गुवो पिङले भने आफू ग्राहकको गोपनीयताको हकमा सचेत रहेको बताए। उनले अमेरिकी निकायले आफूहरू माथि गलत आरोप लगाएको दाबी गरे। हुवायेको अर्को समस्या के पनि हो भने यो फेल्डीङ सिस्टममा पनि रहनसक्छ। यसले कल ट्यापको जोखिम समेत बढाउँछ। फोन प्रयोगकर्ताको व्यक्तिगत गोपनीयता पनि भङ्ग हुने जोखिम बढी मानिएको छ। स्रोतः स्काइ न्युज, बिबिसी, युरो न्युज, फोब्स

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार  ८ : १७ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला