हाम्रा पूर्खाहरुले हामीलाई दिएको देश अत्यन्तै गर्व गर्न लागक देश हो। नेपाली हुन पाएकोमा हामीले गर्व गर्नुपर्छ। किनभने सारा संसारमा साम्राज्यवादको उपिनवेशवादको बिगबिगी हुदाँ हाम्रा छिमेकी उपनिवेश हुदाँ हाम्रो देश पनि पूर्खाका कारणले सधै स्वतन्त्र र स्वाधिन रहिरयो। त्यस्तो देशको नागरिक हुन पाएका छौं।
दोस्रो हाम्रो देश संसारको सुन्दरतामा औंलामा गन्न सक्ने देशमध्येमा पर्छ। तेस्रो हाम्रा कर्मका कारणले भन्दा पनि पूर्खाले दिएको भूगोलको पहिचान र तपस्याको कारणले स्वत अन्तर्राष्ट्रिय पहिचान प्राप्त देशका रुपमा छौं। त्यो देशको नागरिक हुन पाएकोमा, सगरमाथाको देश, बुद्ध जन्मेको देश, पशुपतिको देश, जनकपुरको देशबाट अन्तर्राष्ट्रिय पहिचान पाएको देश हो।
यो देशमा भ्रष्टाचार र कमिसन नेटवर्क तोड्नका निम्ति मैले भ्रष्टाचार विरोधी, कमिसनको नेटवर्क विरोधी र सुशासनको अभियान थालेको हुँ ।
के हाम्रो देश विकासका आधार सम्भावनाको हिसाबले विश्वको अत्यन्तै कम देश मात्र यस्तो अनुकुलता भएको देश हो। एकैसाथ हाम्रो कृषि, जलश्रोत, पर्यटन, जडिबुटी र जनशक्ति हामीसँग उपलब्ध छ। कुनै देशमा खाने पानी पनि छैन। कुनैमा कृषि उत्पादन हुने भूमि छैन। हामीसँग यो सबै भएर पनि विश्वको अत्यन्तै अतिकम विकसित राष्ट्रहरुको चेयर भएकोमा गर्व गरिराखेका छौं।
यति ठुलो युगान्तकारी राजनीतिक परिवर्तनपछि पनि हाम्रो देशका ३० लाख जति युवा अन्य देशमा श्रमका लागि गएका छन्। उनीहरु ५०-६० डिग्रीमा काम गर्न बाध्य छन्। त्यसैले मेरो ध्यान यस्तो किनभयो त भन्नेमा छ। हामी गरिब हुनुमा जनताको सरकार र व्यवस्था नभएको कारण लोकतन्त्र भएन भनेर लोकतन्त्र ल्याउन लाग्यौँ। ६ दशक भन्दा बढी संघर्ष गरेर संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख समावेशी लोकतन्त्र र त्यसलाई संंविधानबाट संस्थागत गर्यौं। त्यसक्रममा पनि नेपालमा निश्चित रुपमा युनिन मिस प्रोसेस भयो। फरक खालको लोकतन्त्र जो परम्परागत संसदीय गणतन्त्र भन्दा उन्नत छ। तर कम्युनिस्टहरुले अदर्श रुपमा भने जस्तो नौलो जनवाद होइन। त्यसप्रकारको नयाँ लोकतन्त्र हामीले स्थापित गर्यौ।
त्यतिले पनि पुगेन। जनताले अपेक्षा गरेको कुराहरु यो राजनीति परिवर्तनपछि त हाम्रो जीवन परिवर्तन होला भन्ने थियो। जनताका अपेक्षा पूरा भएनन्। दैनिक आवश्यकताका वस्तुहरु पुरा होला र सेवा पुरा होला भनेर हेर्दा कुनै भएन। राजनीतिक परिवर्तन भए पनि काम भएन र जनताका अपेक्षा पूरा भएनन्।
यति ठुलो युगान्तकारी राजनीतिक परिवर्तनपछि पनि हाम्रो देशका ३० लाख जति युवा अन्य देशमा श्रमका लागि गएका छन्। उनीहरु ५०-६० डिग्रीमा काम गर्न बाध्य छन्। त्यसैले मेरो ध्यान यस्तो किनभयो त भन्नेमा छ।
यो किन यस्तो भयो त भन्दा राजनीतिक परिवर्तनका बाबजुत भ्रष्टाचार र कमिसनको नेटवर्क देशमा जबरजस्त रुपमा छ। यो दुई वटालाई नतोड्दासम्म राजनीतिलाई सफा हुँदैन। राजनीति सफा नगर्दासम्म केही हुँदैन भनेर मैले भ्रष्टाचा विरोधी अभियान, कमिसनको नेटवर्क तोड्ने अभियान र सुशासनको अभियान थालेको हुँ।
विकास र समृद्धिको कुरा जति नै गरे पनि हामीले सुशासन स्थापिन गर्न सकेनौँ भने नेपालका सन्दर्भमा विकास र समृद्धिको यात्रलाई तीव्र बनाउने, फड्कोमा पुर्याउने र देश स्वतन्त्र, स्वाधिन, सुन्दर लोकतन्त्र मात्र होइन समुन्नत देश पनि हो भन्ने बनाउन सक्दैनौं।
हाम्रो राजनीतिक परिवर्तनको औचित्य हामीले प्रतिगमन मुर्दावाद भनेर यो व्यवस्थाको पक्षमा वकालत गरेर मात्र हुँदैन। वास्तविक व्यवहारमा दिन सकेनौँ। जनतामा यो राजनीतिक परिवर्तनले त जीवन नै फेरियो भन्ने अनुभूति दिन सकेनौं भने लामो समयसम्म एउटा अर्को रुपमा प्रतिगमन अनिवार्य हुन्छ। त्यसैले यो परिवर्तन औचित्यपूर्ण छ भनेर पुष्टि गर्न पनि सामाजिक आर्थिक रुपान्तरणको तिब्रता अनिवार्य छ। त्यसको निम्ति सुशासन पहिलो फड्को हो भनेर अहिले काम भइरहेको छ। त्यसैले मैले पहिला आफ्नो मन्त्रालयबाट काम सुरु गराएँ। त्यसपछि बाहिर सुशासनको प्रत्याभूति गर्न सकिन्छ भनेर काम गरिरहेको छु।
विकास र समृद्धिको कुरा जति नै गरे पनि हामीले सुशासन स्थापिन गर्न सकेनौँ भने नेपालका सन्दर्भमा विकास र समृद्धिको यात्रलाई तीव्र बनाउने, फड्कोमा पुर्याउने र देश स्वतन्त्र, स्वाधिन, सुन्दर लोकतन्त्र मात्र होइन समुन्नत देश पनि हो भन्ने बनाउन सक्दैनौं।
देशलाई स्वतन्त्र, सार्वभौम सत्ता सम्पन्न र सुन्दरमात्र होइन समृद्ध देश, सभ्य देशमा परिणत गर्नुछ। त्यसको आधारमा नै हामीले काम गर्नुपर्छ। हामीसँग धेरै राम्रा कुरा छन्। नकारात्मक कुरालाई बढी चर्चा दिने बानी छ। हामीले त्यो बानी त्याग गर्नुपर्छ। हामीले समयको पालना गर्नुपर्छ। सबैले एकपटक हाम्रो सकारात्मक कुरालाई अगाडि राखेर जानुपर्छ।
अहिले हामी जहाँ छौँ गर्नसक्ने अवस्थामा नै छौं। हामी सकिनै लागेको ठाँउमा छैनौँ। बनाउँदै जानुपर्छ। युवाहरु बाहिर गएका छन्। यसले खतराको घण्टी बजाएको त छ तर यसलाई हामीले सुधार गर्न सक्छौँ।
अहिले बाध्यताले बाहिर जाने भन्दा पनि संस्कार नै बनेको छ। त्यो खतरा हो। त्यसलाई हामीले ठिक ठाउँमा ल्याउनुपर्छ। एक पटक नेपाल आएको विदेशीको अर्को इच्छा हुन्छ फेरि नेपाल आउने। त्यो ठाँउमा नै छ नेपालमा। त्यसैले सबै विकास गर्न राजनीतिलाई सफा गरेर देश बनाउनुपर्छ। राजनीतिलाई सफा नगरेसम्म राष्ट्र बन्न सक्दैन। राजनीतिलाई सफा गरेर देश बनाउन अगाडि बढ्नुपर्छ।
देशलाई स्वतन्त्र, सार्वभौम सत्ता सम्पन्न र सुन्दरमात्र होइन समृद्ध देश, सभ्य देशमा परिणत गर्नुछ। त्यसको आधारमा नै हामीले काम गर्नुपर्छ।
नेतृत्व भनेको के हो ? नेतृत्व देश र जनताप्रति प्रतिबद्ध भिजन भएको हुनुपर्छ। यो देशलाई कसरी बनाउने भनेर लाने सोच भएको नेतृत्व हुनुपर्छ। नेतामा भिजन आवश्यक छ। देश कसरी बनाउने ? भिजन आवश्यक छ। विकासको अवधारणामा छुट्टै बहस गर्न सकिन्छ। विकासको गति हेरेर विकसित भयो भन्न मिल्दैन। विकासलाई पनि नयाँ ढंगले हेर्नुपर्छ। त्यसलाई पनि जोडेर भिजन निर्माण गर्नुपर्छ। भिजनले मात्र हुँदैन डाइनामिक प्रतिस्पर्धा हुनुपर्छ। अझ त्यसलाई मोडन विज्ञान र प्रविधिसँग जोड्नुपर्छ।
हाम्रो पूर्वीय चिन्तनको, पूर्वीय ज्ञान भण्डारमा जति कुरा सकारात्मक छन्। त्यसलाई हामीले आत्मासाथ नगर्ने तर पश्चिमले खोजेर सकारात्मक रुपमा लिएपछि मात्र हो रहेछ भन्नेमा लाग्यौं। हामी त्यसलाई पनि अब भिजन बनाउनुपर्छ। त्यसैले विकास गर्न सबै भन्दा बढी समस्या केमा छ त्यो बुझेर समाधान गर्नुपर्छ।
नकारात्मक कुरालाई बढी चर्चा दिने बानी छ। हामीले त्यो बानी त्याग गर्नुपर्छ। हामीले समयको पालना गर्नुपर्छ। सबैले एकपटक हाम्रो सकारात्मक कुरालाई अगाडि राखेर जानुपर्छ।
अहिले हामीलाई केले समस्याग्रस्त बनाएको छ। त्यसमा सुधार गरेर जानुपर्छ। नीतिगत भ्रष्टाचार चरम देखिन्छ। नैतिक भ्रष्टाचार गर्नेबाट नै नीतिगत भ्रष्टाचार गरेको देखिन्छ। नीतिगत भ्रष्टाचार पश्चिमा देशमा व्यापक देखिन्छ। प्रविधिको प्रयोगले भ्रष्टाचार नियन्त्रण हुन्छ। जनताका काम सहज हुन्छन्। तर नीतिगत भ्रष्टाचार नियन्त्रणा प्रविधिबाट गर्न सकिँदैन। ललिता निवासको जग्गा र नक्कली भुटानी शरणार्थीको धन्दालाई प्रविधिले केही गर्न सक्दैन। जनतामा आशा जगाउने काम हामीले गर्ने प्रयास गरेका छौं। सबै युवा कक्षा १२ पढ्दापढ्दै कुन देश जाने भनेर सल्लाह गर्छन्। १२ कक्षा नपढेकाहरु खाडी मुलुकमा जाने छलफलमा हुन्छन्। त्यसलाई हल गर्न हामीले एउटा आशा पैदा गर्नुपनर्ने छ। अब भ्रष्टाचारको प्रक्रिया रोकिन्छ भन्ने विश्वास दिनुपर्छ भन्ने पनि छ।
कमिसनका निम्ति ऋण ल्याउने काम भइरकेको छ। त्यसले देश बन्दैन। कमिसनका लागि आयोजना ल्याउने काम भइरहेको छ। त्यसले पनि देश बन्दैन। कमिसन एजेन्टले राजनीति चलाइरहेको छ। यसलाई रोक्नुपर्छ। अहिले ठुलो माछा र साना माछाको कुरा गरिरहेको सुन्ने गरेको छु। मैले निष्पक्ष स्वतन्त्र रुपमा छानबिन गर्नुहोस् र कारबाहीको दायरामा ल्याउनुहोस् भनेको छु। शंकाको आधारमा कसैलाई ल्याउनु हुँदैन। केश गर्नु हुँदैन भन्ने कसैलाई हुँदैन। पुलिसलाई स्वतन्त्र ढंगले अनुसन्धान गर्न दिएका छौं। पुलिस भित्र राजनीतिक दबाबको आधारमा पोस्टिङ, सरुवा र बढुवा बन्द गर्नु भनेको छु।
नीतिगत भ्रष्टाचार पश्चिमा देशमा व्यापक देखिन्छ। प्रविधिको प्रयोगले भ्रष्टाचार नियन्त्रण हुन्छ। जनताका काम सहज हुन्छन्। तर नीतिगत भ्रष्टाचार नियन्त्रणा प्रविधिबाट गर्न सकिँदैन।
आर्थिक चलखेलका आधारमा सरुवा, बढुवा र पोस्टिङ हुनु हुँदैन। प्रहरी राजनीतिक दलको हुनु हुँदैन भन्ने मेरो मान्यता हो। हाम्रो प्रधानमन्त्रीले पुलिसको सरुवा, बरुवा र पोस्टिङमा हस्तक्षेप गर्नुभएको छैन। एउटा बढुवामा कुरा गर्नुभएको थियो। उहाँलाई मैले बुझाउन सकेपछि उहाँले मान्नुभयो। यो विषयमा प्रधानमन्त्री खुला हुनुहुन्छ।
मैले मेरो टेबुलबाट फाइल हेर्ने प्रबन्ध मिलाउन भनेको छु। गृह मन्त्रालयमा त्यो बनेको छैन। भौतिक पूर्वाधार मन्त्रालयमा त्यो पद्धति विकास गरिसकेको थिएँ। प्रहरीले मलाई धेरै आदर्शवादी हुनुभयो भनेर भनेका छन्। मेरो निर्वाचन क्षेत्रको प्रहरीको बढुवामा मैले काम नगर्दा धेरै आदर्शवादी हुनुभयो भनेका हुन्। मेरो मान्यता विदेशी सरकार वा राजदूतावासले व्यक्तिगत रुपमा पैसा बाँड्नु हुँदैन भन्ने हो।
यो देशमा कसैले गर्न सक्दैनन् भन्ने माान्यता राख्नु हुँदैन गर्न सकिन्छ। अहिले हामीले सुशासनलाई शर्त जस्तो बनाएर काम गर्नुपर्छ। हामीले आजको आवश्यकता अनुसारको समृद्धिलाई जोड दिनुपर्छ।
यो देशमा कसैले गर्न सक्दैनन् भन्ने माान्यता राख्नु हुँदैन। गर्न सकिन्छ। अहिले हामीले सुशासनलाई शर्त जस्तो बनाएर काम गर्नुपर्छ। हामीले आजको आवश्यकता अनुसारको समृद्धिलाई जोड दिनुपर्छ। वातावरणमैत्री विकास गर्नुपर्छ। नयाँ किसिमको विकास गर्नुपर्छ। तपाईंहरुसँग म व्यक्तिगत रुपमा छलफल गर्न चाहन्छु। मलाई इमेल र फोनमार्फत् सुझाव दिनसक्नुहुन्छ।
(बुधबार काठमाडौंको दरबारमार्गस्थित पेभेलियन हलमा खबरहब, रेडियो क्यान्डिड र इस्टिच्युट फर सोसियो इकोनोमिक एण्ड स्ट्राटेजिक स्टडिज (आईएसएसआर)ले आयोजना गरेको ‘सुशासन’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राख्नुभएको धारणाको सम्पादित अंश)
प्रतिक्रिया