शिवचन्द्र कुशवाहासहित ५ जनालाई जनमत पाटीको कारबाही « Khabarhub

शिवचन्द्र कुशवाहासहित ५ जनालाई जनमत पाटीको कारबाही


४ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवविरुद्ध बारा–२ को उपनिर्वाचनमा लडेका शिवचन्द्र कुशवाहा कारबाहीमा परेका छन् ।

जनमत पार्टीले अनुशासन उल्लंघन गरेको आरोपमा कुशवाहासहित ५ जना नेतालाई कारबाही गरेको छ । कारबाहीमा पर्नेहरुमा बाराका कुशवाहा, सप्तरीका गुलाब मण्डल, सप्तरीका शंकर खड्का, रुपन्देहीका भोपेन्द्र यादव र कपिलवस्तुका भगवान दास यादव छन् ।

माओवादी केन्द्र परित्याग गरेर जनमत पार्टीमा प्रवेश गरेका कुशवाहा पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको छ ।

जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा अनुशासन विभाग प्रमुख दिपककुमार शाहले जारी गरेको प्रेस विज्ञप्ति अनुसार कुशवाहालाई पार्टी विरोधी गतिविधि तथा नेतृत्वको विरोधमा बिभिन्न  क्रियाकलापमा संलग्न भएको भन्दै साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको हो ।  

यस्तै, मण्डल, खड्का र यादवलाई एक वर्षका लागि पार्टीको सदस्यबाट र भोपेन्द्र यादवलाई केन्द्रीय सचिवालयबाट ३ महिनाको लागि निलम्बन गरिएको जनमत पार्टीका उपाध्यक्ष एवम् अनुशासन समितिका प्रमुख दीपक कुमार साहले जानकारी दिए ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार  ११ : ०६ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार