सुन प्रकरणमा छानविन समिति गठन, जाँचपासमा संलग्नलाई निलम्बनको तयारी « Khabarhub

सुन प्रकरणमा छानविन समिति गठन, जाँचपासमा संलग्नलाई निलम्बनको तयारी


४ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


882
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएको ठूलो परिमाणको सुन जफत भएपछि भन्सार विभागले छानविन समिति बनाएको छ।

विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानविन समिति गठन गरिएको हो । 

उक्त समितिले विमानस्थलको भन्सार जाँचपासमा संलग्नहरूको छानविन गर्नेछ । समितिले विमानस्थलमा रहेका सिसिटिभी फुटेजबाट छानविन सुरु गर्नेछ । 

समितिले भन्सार अधिकृतलगायत अन्य कर्मचारीहरूको संलग्नताबारे पनि छानविन गर्नेछ । 

यसैबीच, भन्सार जाँचपासमा संलग्न कर्मचारीलाई भन्सार विभागले निलम्बनको तयारी गरेको छ । 

राजश्व अनुसन्धान विभागले जिो भन्सार जाँच पास भएर बाहिरिएको झण्डै १०० किलो सुन बरामद गरेको थियो। विभागले अहिलेसम्म यसमा संलग्न ६ जनालाई पक्राउ गरिसकेको छ। 

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार  ११ : ५८ बजे

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर