योजना आयोगका उपाध्यक्ष र संयुक्त राष्ट्रसंघीय उच्चायुक्तबीच भेटवार्ता | Khabarhub Khabarhub

योजना आयोगका उपाध्यक्ष र संयुक्त राष्ट्रसंघीय उच्चायुक्तबीच भेटवार्ता


४ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ र अतिकम विकसित मुलुकहरूका लागि संयुक्त राष्ट्र संघीय उच्च आयुक्त रबाव फतिमाबीच न्युयोर्कमा भेटवार्ता भएको छ । द्विपक्षीय भेटवार्तामा संयुक्त राष्ट्र संघीय प्रणालीलगायत बहुपक्षीय मञ्चहरूमा अल्पविकसित राष्ट्रहरूको सामूहिक हितलाई अगाडि बढाउने आपसी सरोकारका विभिन्न विषयमा छलफल भएको न्युयोर्कस्थित नेपालको स्थायी नियोगले जनाएको छ । 

भेटपछि यूएनकी उच्च आयुक्त फतिमाले पनि महत्वपूर्ण छलफल भएको ट्वीटरमार्फत प्रतिक्रिया दिएकी छिन् । उनले एलडिसीको अध्यक्षको रुपमा राष्ट्रिय योजना आयोगले सफल नेतृत्व गरेको भन्दै उपाध्यक्ष श्रेष्ठलाई धन्यबाद दिएकी छिन् । 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठले साना तथा मझौला उद्यम व्यवसाय (एसएमइज) मा लगानी बढाउनु पर्नेमा जोड दिएका छन् । संयुक्त राष्ट्रसंघले अमेरिकाको न्यूयोर्कमा आयोजना गरेको उच्च स्तरीय राजनीतिक फोरममा बिहीबार बोल्दै ‘एसएमइज’ मा लगानी गर्नु वित्तीय कारोबार गर्नु मात्रै नभएको बताए । 

नेपालले अतिकम विकसित मुलुकहरूको विश्वव्यापी समन्वय ब्यूरो (एलडिसी)का अध्यक्ष समेत रहेका उपाध्यक्ष श्रेष्ठले एसएमइजमा लगानी गर्नु भनेको अतिकम विकसित मुलुकका लाखौँ व्यक्ति र परिवारको क्षमता विकासका लागि लगानी भएको हुने बताए । 

उच्चस्तरीय फोरममा नेपालको नेतृत्वको गर्दै अमेरिका पुगेका उपाध्यक्षले विभिन्न तीनवटा शत्रमा नेपालका तर्फबाट सम्वोधन गरेका थिए । उपाध्यक्ष श्रेष्ठले नेपालले पहाडी पर्यावरणीय संरक्षण पनि हरसम्भव गरिरहेको जानकारी दिएका छन् । एसडिजीलाई सफल बनाउनु पर्ने भन्दै उपाध्यक्ष श्रेष्ठले भनेका छन्, ‘एलडिसी सफल भए एसडिजी सफल हुनेछन् ।’

नेपाली टोली शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ । उपाध्यक्ष श्रेष्ठले नेतृत्व गरेको उक्त प्रतिनिधिमण्डलमा संघीय सांसद तथा राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिका अध्यक्ष प्रकाश पन्थ, संघीय सांसद तथा एमालेका सचेतक महेशकुमार बर्तौला र नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटा, योजना आयोगका सदस्य सचिव तोयनारायण ज्ञवाली, नेपाल सरकारका सचिव तथा अन्य अधिकारी एवम् संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगका अधिकारी सहभागी छन् ।  

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार  १२ : २२ बजे

मधेश राजनीतिमा नयाँ मोड, कांग्रेसले छोड्यो एमालेको साथ

काठमाडौँ- मधेश प्रदेशमा नयाँ सरकार गठन प्रक्रियाअघि बढाउन सात दलले

दिल्लीमा उच्च प्रदुषण, श्वासप्रश्वासमा नै असहज हुन थालेको स्थानीयको गुनासो

नयाँ दिल्ली – नयाँ दिल्लीमा विषाक्त हावा नियन्त्रणका लागि सरकारको

पूर्वसांसदका स्वकीय सचिव, पूर्वपदाधिकारीहरूको सुविधा फिर्ता गर्न सरकारको ताकेता

काठमाडौँ- अर्थमन्त्रालयले सांसदहरूको स्वकीय सचिव, पूर्वपदाधिकारीहरूको सुविधा फिर्ता गर्न निरन्तर

धादिङमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–४ मास्टारमा आज जिपको

अलैँचीको मूल्य प्रतिमन एक लाख नाघ्यो

ताप्लेजुङ – पूर्वी पहाडी भेगको प्रमुख नगदेबाली अलैँचीको मूल्यमा पछिल्लो