नेपाली सेनालाई कमजोर नआकौँ : सांसद गौतम « Khabarhub

नेपाली सेनालाई कमजोर नआकौँ : सांसद गौतम


४ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सांसद वामदेव गौतमले नेपाली सेनालाई कमजोर आँकलन गर्न नहुने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद गौतमले नेपाली सेनाले अप्ठ्यारो परेका बेला देश र जनतालाई सधैँ सहयोग र योगदान गर्दै आएको स्मरण गर्दै नेपाली सेनाबारे जथाभावी अभिव्यक्ति दिन नहुने धारणा राखे । “नेपाली सेना राज्यशक्तिको नाम हो ।

सार्वभौमसत्ता, सीमाको रक्षा र राष्ट्रमा आइपर्ने जुनसुकै विपदमा ज्यानको बाजी राखेर परिआएको खण्डमा बलिदान दिनेगरी सेवारत नेपाली सेनालाई यसरी अपमान गर्न हुँदैन”, उनले भने । सांसद गौतमले नेपाली सेनाको इतिहासको स्मरण गराउँदै सेनाले विभिन्न क्षेत्रमा आफूलाई अब्बल बनाउँदै आएको उल्लेख गरे । “देशलाई बलिदानी दिन तयार रहेर सेवारत सेनालाई कमजोर बनाइनुहुन्न । राज्यका चार वटा अङ्गमध्ये एउटा मात्रै अङ्ग कमजोर भए हामीले दुर्घटना बेहोर्नुपर्छ । त्यसैले नेपाली सेनालाई अपमान गर्न हुँदैन”, उनले भने ।

सेनाको सङ्ख्या घटाएर त्यसबाट बचेको रकमबाट देश विकास गर्नुपर्छ’ भन्ने दिएको अभिव्यक्तिको कटाक्ष गर्दै सांसद गौतमले सेनालाई कमजोर तुल्याउने गरी कुनै पनि काम गर्न नहुनेमा जोड दिए । सांसद गौतमले नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गरेकामा धन्यवाद दिँदै यसलाई कम्युनिष्ट पार्टीहरुले पनि अनुसरण गर्नुपर्ने बताए । उनले भने, “कांग्रेसले केन्द्रीय समितिको बैठक खुला गरेर धेरै राम्रो काम गरेको छ, कांग्रेसलाई बधाई दिन चाहन्छु, त्यही बाटोमा कम्युनिष्ट हिँड्नुपर्छ ।”

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार  ४ : ०५ बजे

२७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाखको कारोबार

काठमाडौं– पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा

विश्व बजारमा दक्षिण कोरियाका उत्पादनको उच्च माग

एजेन्सी– दक्षिण कोरियाको निर्यात मार्च महिनाका पहिलो २० दिनमा गत

भायानेटले ल्यायो अत्याधुनिक ‘वाइफाइ ६’ सेवा, घरभर तीव्र गतिको इन्टरनेट

काठमाडौं– भायानेट कम्युनिकेसन लिमिटेडले इन्टरनेटमा हुने अवरोध, बफरिङ र कमजोर

बगरफाँट-कोप्रे-दूधेखोला खण्ड : १८ वर्षपछि सडक स्तरोन्नति

म्याग्दी– बेनी नगरपालिका–२ को बगरफाँट–कोप्रे हुँदै वडा नम्बर ३ को

डोल्पामा जडीबुटीसहित चारजना पक्राउ

डोल्पा– त्रिपुरासुन्दरी नगरपालिकामा अवैध रूपमा सङ्कलन गरिएको ठूलो परिमाणको जडीबुटीसहित चार