नेपाली सेनालाई सुदृढ र प्रभावकारी बनाउन माग « Khabarhub

नेपाली सेनालाई सुदृढ र प्रभावकारी बनाउन माग


४ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सांसद डा. विमला राई पौड्यालले नेपाली सेनालाई सुदृढ र प्रभावकारी बनाउन माग गरेकी छन् ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद पौड्यालले नेपाली सेना देश र जनताको रक्षाका लागि अपरिहार्य रहेको भन्दै सेनाको प्रभावकारिता कसरी बनाउने र सुदृढ संगठन निर्माण गर्नेमा ध्यान दिनुपर्ने खाँचो औँल्याइन् । 

सांसद पौड्यालले अहिले देशमा द्वन्द्व नभएको र शान्ति स्थापनाले पूर्णता पाएको हुनाले सेनाको सङ्ख्यामा बहस गरिनुपर्ने तर्क राखिन् । उनले भनिन् ‘नेपाली सेना अब्बल शक्तिका रुपमा छ । देशमा नेपाली सेनाको सङ्ख्या कति आवश्यक पर्ने हो, त्यसको समीक्षा गरेर व्यवस्थापन गरिनुपर्छ । हिजो द्वन्द्व थियो सेनाको सङ्ख्या बढाइयो तर अहिले देशमा कुनै किसिमको अशान्ति छैन, त्यसैले किन सेनाको सङ्ख्या बढी चाहियो ।’

सांसद मायाप्रसाद शर्माले वर्तमान सरकारले सुशासन प्रवर्द्धनका लागि जनताले अनुभूत गर्नेगरी काम गरेको बताए । उनले सरकारले अर्थतन्त्रको सुधार, भ्रष्टाचार नियन्त्रणमा काम गरेको भन्दै प्रशंसा गरे । उनले देशविकासको पूर्वाधार शिक्षा भन्दै भएको नीतिगत तहबाटै सुधारको खाँचो औँल्याइन् । सांसद शर्माले कर्णाली प्रदेशमा भएका जडीबुटी प्रशोधनका  लागि संघीय सरकारले प्रदेश सरकार र स्थानीय तहसँगको समन्वय गर्नुपर्नेमा जोड दिइन् ।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गराएका थिए ।राष्ट्रपति रामचन्द्र पौडेलबाट विभिन्न मितिमा प्रमाणीकरण भएका विधेयक–२०८०, आर्थिक विधेयक–२०८०राष्ट्रऋण उठाउने विधेयक प्रमाणीकरणको विवरण उनले पढेर सुनाएका थिए ।

समितिमा सदस्यहरूको हेरफेर

अध्यक्ष तिमिल्सिनाले संघीय संसद् अन्तर्गत गठित संयुक्त समितिमा रहनुहुने सांसद सदस्यको नाम हेरफेर गरेका छन् । जसअनुसार राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा सांसद भैरवसुन्दर श्रेष्ठको सट्टा सांसद विमला घिमिरे सदस्य रहनेगरी हेरफेर गरेका हुन् । उक्त प्रस्तावित नामलाई बैठकले सहमति जनाएको थियो ।

विद्युतीय व्यापार विधेयक विधायन समितिमा

राष्ट्रियसभाको आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले ‘विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । 

उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतिले स्वीकृत गरेको थियो । राष्ट्रियसभाको अर्को बैठक यही साउन ११ गते बिहान ११ बजेर १ मिनेटमा बस्नेछ ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार  ५ : १२ बजे

भायानेटले ल्यायो अत्याधुनिक ‘वाइफाइ ६’ सेवा, घरभर तीव्र गतिको इन्टरनेट

काठमाडौं– भायानेट कम्युनिकेसन लिमिटेडले इन्टरनेटमा हुने अवरोध, बफरिङ र कमजोर

बगरफाँट-कोप्रे-दूधेखोला खण्ड : १८ वर्षपछि सडक स्तरोन्नति

म्याग्दी– बेनी नगरपालिका–२ को बगरफाँट–कोप्रे हुँदै वडा नम्बर ३ को

डोल्पामा जडीबुटीसहित चारजना पक्राउ

डोल्पा– त्रिपुरासुन्दरी नगरपालिकामा अवैध रूपमा सङ्कलन गरिएको ठूलो परिमाणको जडीबुटीसहित चार

रास्वपाको दुई तिहाइमा बालेनको अग्नि परीक्षा

नाम र काम मिल्नुपर्ने पूर्वीय वैदिक परम्परा हो हाम्रो। देशले

खाडी जान लागेका कामदारहरू भन्छन्, साथीहरूले नआऊ भन्छन्, नजाऊ जागिर खोसिने डर छ

काठमाडौं– छोटो छुट्टीमा घर परिवार भेट्न आएका लिवेक महतलाई साथीहरूले