चिनियाँ राष्ट्रपति सी र अमेरिकाका पूर्वविदेशमन्त्री किसिन्जरबीच भेटवार्ता « Khabarhub

चिनियाँ राष्ट्रपति सी र अमेरिकाका पूर्वविदेशमन्त्री किसिन्जरबीच भेटवार्ता


४ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनका राष्ट्रपति सी जिन्पिङ र अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जरबीच भेटवार्ता भएको छ । सन् सत्तरीको दशकमा चीन र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापनामा विदेशमन्त्री किसिन्जरले अहम् भूमिका निर्वाह गरेका थिए ।

त्यसबेला उनी अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लहकार थिए । एक सय वर्षीय किसिन्जरको यो एक सयौँ चीन भ्रमण हो । राष्ट्रिय सुरक्षा सल्लाहकार किसिन्जरको भ्रमणपछि तत्कालीन अमेकिरीकी राष्ट्रपति रिचर्ड निक्सनले चीनको ऐतिहासिक भ्रमण गरेका थिए ।

विश्व मानचित्रमा एक्लिएको चीन अमेरिकासँग सम्बन्ध स्थापना गरेसँगै उत्पादन उद्योगका लागि विश्वकै कारखाना बनेको छ । नोबेल शान्ति पुरस्कार प्राप्त वरिष्ठ कूटनीतिज्ञ किसिन्जरले गत मे २७ मा आफ्नो एक सयौँ जन्मदिन मनाएका थिए । जन्मदिन मनाएपछिको यो उनको एक सयौँ चीन भ्रमण हो ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार  ५ : ४५ बजे

ऊर्जा रूपान्तरणमा पोर्चुगलको ठुलो कदम

एजेन्सी – पोर्चुगलको ऊर्जा कम्पनी गाल्पले आफ्नो नयाँ हरित हाइड्रोजन

कर्णाली एमालेको संसदीय दलले भन्यो- राष्ट्रियसभामा संयुक्त उम्मेदवार जिताऔँँ

सुर्खेत- नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलले आगामी राष्ट्रियसभा निर्वाचनमा

कार्यकारी अध्यक्ष झाद्वारा रासस सेवाग्राहीसँग छलफल

सिरहा– राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सिरहास्थित

ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्धमा तनाव

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत केही दिनमा गरेका निर्णयहरूले

सुशासनका लागि अभियान सञ्चालन गर्दै ‘रामप्रसादराई’ पालिका

भोजपुर– यहाँको रामप्रसादराई गाउँपालिकाले सुशासन कायम गर्न अभियान सञ्चालन गर्ने