विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


४ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

आज साउन ४ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जुलाई २०, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

चिनियाँ राष्ट्रपति सी र अमेरिकाका पूर्वविदेशमन्त्री किसिन्जरबीच भेटवार्ता

चीनका राष्ट्रपति सी जिन्पिङ र अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जरबीच भेटवार्ता भएको छ । सन् सत्तरीको दशकमा चीन र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापनामा विदेशमन्त्री किसिन्जरले अहम् भूमिका निर्वाह गरेका थिए ।

त्यसबेला उनी अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लहकार थिए । एक सय वर्षीय किसिन्जरको यो एक सयौँ चीन भ्रमण हो । राष्ट्रिय सुरक्षा सल्लाहकार किसिन्जरको भ्रमणपछि तत्कालीन अमेकिरीकी राष्ट्रपति रिचर्ड निक्सनले चीनको ऐतिहासिक भ्रमण गरेका थिए ।

विश्व मानचित्रमा एक्लिएको चीन अमेरिकासँग सम्बन्ध स्थापना गरेसँगै उत्पादन उद्योगका लागि विश्वकै कारखाना बनेको छ । नोबेल शान्ति पुरस्कार प्राप्त वरिष्ठ कूटनीतिज्ञ किसिन्जरले गत मे २७ मा आफ्नो एक सयौँ जन्मदिन मनाएका थिए । जन्मदिन मनाएपछिको यो उनको एक सयौँ चीन भ्रमण हो ।

पत्रकारलाई हङकङमा काम गर्नै कठिन

हङकङमा पत्रकारलाई काम गर्न कठिन हुँदै गएको पाइएको छ । हालै सार्वजनिक सर्वेक्षणका अनुसार पछिल्लो १८ महिनायता हङकङमा पत्रकारको अवस्था खराब बन्दै गएको छ ।

फरेन कोरेस्पोन्डेन्ट क्लब हङकङले सार्वजनिक गरेको सर्वेक्षणका अनुसार पत्रकारहरुले निरन्तरको निगरानी, दुव्र्यवहार र समाचारको स्रोतबाट सूचना नपाउने समस्याजस्ता कठिनाइको सामना गर्नुपरेको पाइएको हो । गत मे महिनामा गरिएको सर्वेक्षणमा ६६ मध्ये ५५ जना पत्रकारले अर्थात् ८३ प्रतिशतले पत्रकारको अवस्था खराब बन्दै गएको बताएका थिए ।

चीनले सन् २०२० मा राष्ट्रिय सुरक्षा कानून ल्याएयता हङकङमा प्रेस स्वतन्त्रता एवम् अन्य अधिकार खस्किँदै गएको बताइन्छ । यस कानूनले नागरिक अधिकारवादी, सामाजिक अभियन्ता, पत्रकार एवम् लोकतन्त्रवादीहरुलाई निशाना बनाउने गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

पाकिस्तानमा चिनीको मूल्य हालसम्मकै उच्च

आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानमा चिनीको मूल्य हालसम्मकै उच्च भएको छ । तीन महिनाको अवधिमा पाकिस्तानको खुद्रा बजारमा चिनीको मूल्य ४० रुपैयाँले बढेको हो ।

तीन महिनाअघि चिनीको मूल्य प्रतिकिलो १०० पाकिस्तानी रुपैयाँ रहेकोमा हाल खुद्रा बजारमा १४० रुपैयाँ प्रतिकिलो पुगेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । बिजनेस रेकर्डरका अनुसार गत अप्रिल महिनायता पाकिस्तानमा चिनीलगायत अन्य घरायशी सामानको मूल्य ह्वात्तै बढेको छ ।

उखुको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव चिनीको मूल्यमा परेको बताइएको छ । यसअघि पाकिस्तानमा उखुको मूल्य २३० रुपैयाँ प्रति ४० किलो रहेकोमा हाल बढेर ३०० रुपैयाँ प्रति ४० किलो पुगेको छ ।

पाकिस्तानमा चिनीको पर्याप्त सञ्चिती रहेको भएपनि २० प्रतिशत बिक्री कर, चिनी मिल सञ्चालकले बैंकलाई तिर्नुपर्ने २८ प्रतिशत ब्याजदर, पानी, बिजुली, इन्धन लगायतका अत्यावश्यक वस्तुको उच्च मूल्य, उच्च पारवहन शुल्क, अवैध तस्करीलगायतका कारणले बजारमा चिनीको मूल्य बढ्न पुगेको जनाइएको छ ।

दक्षिण कोरियाली, अमेरिकी र जापानी नेताहरूको शिखर सम्मेलन अमेरिकामा आयोजना हुने

दक्षिण कोरियाली, अमेरिकी र जापानी नेताहरूको शिखर सम्मेलन आगामी महिना अमेरिकामा आयोजना हुने भएको छ ।

उत्तर कोरियाको बढ्दो आणविक चुनौतीको सामना गर्न सैन्य सहयोग बढाउने क्रममा यही अगष्टमा त्रिदेशीय शिखर वार्ता हुने कोरियाली राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उत्तर र दक्षिण कोरियाबीचको सम्बन्ध अहिलेसम्मकै सबैभन्दा न्यून बिन्दुमा पुगेको छभने कूटनीतिक संवाद अवरुद्ध भएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले आणविक लगायत सामरिक हतियार विकासको लागि आह्वान गरेका छन् ।

छिमेकीको उक्त आह्वानको जवाफमा दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओलले लामो समयदेखिको आफ्नो सहयोगी वासिङ्गटनसँगको निकटता बढाएका छन् ।

उत्तर कोरियालाई नियन्त्रणमा राख्ने प्रयासमा पूर्व औपनिवेशिक शक्ति जापानसँग पुराना मतभेद बिर्सेर नयाँ सम्बन्ध कायम गर्ने प्रयास गरेका छन् ।

रुसी आक्रमणबाट ६० हजार टन खाद्यान्न नष्ट भएको युक्रेनको दाबी

रुसी मिसाइल आक्रमणबाट कृष्ण सागर तटमा रहेको ६० हजार टन अन्न नष्ट भएको युक्रेनले दाबी गरेको छ ।

रुसले कृष्ण सागर पार गर्ने जुनसुकै जहाजलाई संभावित सैन्य खतराको रुपमा लिने र सोही अनुसार कारबाही गर्ने चेतावनी दिएको र केही घण्टामा नै युत्रेनको अन्न भण्डारहरुलाई निशाना बनाएको हो ।

यसअघि रुसले युक्रेनको खाद्य निकासी गर्ने सम्झौताबाट बाहिरिएको घोषणा गरेको थियो ।युक्रेनका कृषि मन्त्री माइकोला सोल्स्कीले निर्यात पूर्वाधारको ठूलो हिस्सामा क्षती पुगेको बताए ।

टर्कीको मध्यस्थतामा गत वर्ष भएको उक्त सम्झौताबाट युक्रेनले फाइदा लिएको तर, आफुले पाउनुपर्ने शर्तहरु पुरा नभएको आरोप रुसको छ ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा देशहरुले अन्न सम्झौतालाई ‘राजनीतिक ब्ल्याकमेल’ को रूपमा प्रयोग गरेको आरोप लगाएका छन् ।

युक्रेनलाई थप सहयोग दिने अमेरिकाको घोषणा

अमेरिकाले युक्रेनलाई सैन्य सहायता प्याकेजको घोषणा गरेको छ । अमेरिकाले रुसी आक्रमणको जवाफ दिन हिजो युक्रेनलाई १।३ अर्ब डलरको सैन्य सहायता प्याकेज घोषणा गरेको हो ।

नयाँ सैन्य प्याकेज अन्तर्गत अमेरिकाले युक्रेनलाई कुल १२ मिसाइल दिनेछ। मिडिया रिपोर्टका अनुसार रक्षा सचिव लोयड अस्टिनले गत नोभेम्बरमा रुसी आक्रमण रोक्नका लागि न्याम्स शतप्रतिशत सफल भएको बताएका थिए। प्याकेजमा वायु रक्षा प्रणाली र आक्रमण ड्रोनहरू समावेश रहेका छन्। अमेरिकी रक्षा विभागका अनुसार सैन्य प्याकेजमा चारवटा उन्नत सतहबाट एयर मिसाइल प्रणाली मध्यम दूरीको वायु रक्षा ब्याट्रीहरूसमेत समावेश छन्।

यसले युक्रेनलाई मिसाइल र ड्रोन आक्रमणको सामना गर्न मद्दत गर्नेछ। यो प्रतिरक्षा प्रणाली अमेरिकी राजधानी वासिङ्टन डीसी र यसको वरपरको क्षेत्रको सुरक्षा गर्न प्रयोग गरिदै आएको थियो ।

अमेरिकी रक्षा विभागले एक विज्ञप्तिमा भनेको छ कि युएसआई प्याकेजले युक्रेनको युद्ध आवश्यकताहरू पूरा गर्ने अमेरिकी प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ ।

यसले युक्रेनको सशस्त्र बलको दिगो क्षमतालाई आफ्नो क्षेत्रको रक्षा गर्न र मध्य र दीर्घकालीन रूपमा रूसी आक्रमणलाई रोक्नका लागि पनि कार्य गर्ने गर्दछ।

यसअघि मंगलबार युक्रेनलाई सहायता उपलब्ध गराउने देशहरूसँगको बैठकपछि लोयड अस्टिनले रुसविरुद्धको युद्धमा युक्रेनलाई हरसम्भव सहयोग गर्न प्रतिबद्ध रहेको बताएका थिए ।

अपेक्षा अनुसार बढ्न सकेन चिनियाँ कम्युनिष्ट पार्टीको सदस्य सङ्ख्या
चीनको सत्तारुढ कम्युनिष्ट पार्टीमा सदस्यहरुको सङ्ख्या अपेक्षा अनुसार बढ्न नसकेको पाइएको छ । हालै सार्वजनिक एक तथ्यांक अनुसार सन् २०२२ मा चिनियाँ कम्युनिष्ट पार्टी सीसीपीको सदस्य सङ्ख्या केबल १ दशमलब ४ प्रतिशतले वृद्धि भएको छ ।

यसअघि सन् २०२१ मा कम्युनिष्ट पार्टीका सदस्यको सङ्ख्या ३ दशमलब ७ प्रतिशतले बढेको थियो । सो अवधिमा ३४ लाख चिनियाँहरु कम्युनिष्ट पार्टीमा आबद्ध भएका थिए ।

सन् २०२२ मा भने केबल १३ लाख चिनियाँहरुमात्रै चिनियाँ कम्युनिष्ट पार्टीमा आबद्ध भएको पाइएको छ । यसमध्ये कम्युनिष्ट पार्टीको सदस्यता लिने चिनियाँ युवाको सङ्ख्यामा उल्लेखनीय गिरावट आएको देखिएको छ ।

सन् २०२१ को तुलनामा सन् २०२२ मा चिनियाँ कम्युनिष्ट पार्टीको सदस्यता लिने ३० वर्षभन्दा कम उमेर समूहका युवाकोृ सङ्ख्यामा १ दशमलब ५ प्रतिशतको गिरावट आएको छ ।

अब भारतको कश्मीरमा पनि टर्किस आइसक्रिम खान पाइने

मिष्ठान्नको क्षेत्रमा विश्वमा बेग्लै पहिचान बनाएको टर्किस आइसक्रिम अब भारतको कश्मीरमा पनि पाइने भएको छ । भारतको जम्मु कश्मीरको राजधानी श्रीनगरमा दुई जना युवा उद्यमी आबिद नसिर र मोइन ऐयुबले टर्किस आइसक्रिमको बिक्री गर्न थालेको हुन् ।

परम्परागत रुपमा बिक्रेताले ग्राहकलाई लामो लौरोका माध्यमबाट कलात्मक रुपमा टर्किस आइसक्रिम बिक्री गर्ने गरेका छन् । पछिल्लो समय श्रीनगरमा रहेको सिटी मलमा उनीहरुले थालेको पसलमा टर्किस आइसक्रिमको स्वाद चाख्न र आइसक्रिम बिक्रेताको कला हेर्ने मानिसहरुको भीड लाग्ने गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

परम्परागत टर्की आइसक्रिम स्वादका साथै यसको लचिलो र मुलायमपनका कारण पनि चर्चित रहेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार  ८ : ०२ बजे

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल

काठमाडौँ – नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध

सुदूरपश्चिम प्रदेशसभा: भूकम्प प्रभावित क्षेत्रमा राहत उपलब्ध गराउन माग

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरुले भूकम्पबाट प्रभावित क्षेत्रमा तत्काल राहत, उद्धार

उपत्यकामा हुने कालोबजारी, अवाञ्छित गतिविधिको निगरानी गर्न प्रहरीलाई सर्कुलर

काठमाडौँ – काठमाडौँ उपत्यका प्रहरी कार्यालयले चाडपर्वमा हुनसक्ने अवाञ्चित गतिविधि,

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

 दिनभर आजमा जर्मनी र रोमानियासँग श्रम सम्झौता गर्न स्वीकृति, अध्यक्ष

बझाङ भूकम्पबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए आकस्मिक बैठक

काठमाडौँ – मङ्गलबार बझाङ केन्द्रबिन्दु बनाएर गएको भूकम्प, त्यसबाट भएको