सय किलो सुन प्रकरण : चिनियाँ व्यापारीको गोदाममा छापा « Khabarhub

सय किलो सुन प्रकरण : चिनियाँ व्यापारीको गोदाममा छापा


४ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजश्व अनुसन्धान विभागको टोलीले बालुवाटारस्थित चिनियाँ व्यापारीको गोदाममा छापा मारेको छ । त्रिभुवन विमानस्थलबाट भन्सार पास भएर बाहिरिन लागेको एक सय किलोभन्दा बढी सुन विभागको टोलीले नियन्त्रणमा लिएको थियो ।

ट्याक्सीमा बाहिर सुन लैजान लागेको अवसथामा ट्याक्सी चालकसहित विभागको टोलीले नियन्त्रणमा लिएको हो । ट्याक्सी चालकले आफूले बालुवाटारको उक्त लोकेशनमा सुन जैलान भनिएको भन्ने बयान दिएको आधारमा उक्त घरमा छापा मारिएको हो ।

विभागको टोलीले छापा मार्ने क्रममा ६ वटा ठूला बाकस फेला परेको बताइएको छ । उक्त बाकसमा सुन भएको वा नभएको भन्ने एकिन भने भएको छैन ।

उक्त प्रकरणमा अहिलेसम्म छ जना पक्राउ परेका छन् । पक्राउ परेका छ जनालाई १० दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न उच्च अदालत पाटनले अनुमति दिएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार  ८ : ११ बजे

अभिनयमा फ्लप गायकको घानमा थपिए– प्रकाश सपुत !

काठमाडौं – ठूलो पर्दाको रहर अपवाद बाहेक कुन कलाकारलाई नहोला

साफ महिला च्याम्पियनसिप : आज नेपाल र भुटान तथा बंगलादेश र भारत खेल्ने

पोखरा– १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज

ठेकेदारको लापरबाहीले स्थानीय तहका प्रशासनिक भवन अलपत्र

बाँके– ठेकेदार कम्पनीको लापरबाहीले यहाँका केही स्थानीय तहका निर्माणाधीन प्रशासनिक

प्रेस काउन्सिलको मिडिया जागरण राष्ट्रिय अभियान धादिङबाट सुरु

धादिङ– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा प्रेस काउन्सिल नेपालले

कैफियत देखिएपछि तीन फर्मलाई कारबाही

काठमाडौं– नियमित बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति