कोशी, बागमती र गण्डकीका केही भागमा भारी वर्षा हुने  « Khabarhub

कोशी, बागमती र गण्डकीका केही भागमा भारी वर्षा हुने 


३ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास र पूर्वतर्फ सरदर स्थानको दक्षिणमा अवस्थित छ।  साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ।

महाशाखाका अनुसार हाल कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश सहित देशका पहाडी भूभागको केही स्थानहरूमा र बाँकी भूभागको थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र सुदुरपश्चिम  प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी  प्रदेशका एकदुई स्थानमा मेघगर्जनचट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

कोशी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागको  केही स्थानहरूमा र बाँकी भूभागको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

कोशी, बागमती र गण्डकी  प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेकाले यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकाले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ६ : ४३ बजे

निर्वाचनमा स्थानीय जनप्रतिनिधिसँग समन्वय गर्न प्रशासनलाई गृहमन्त्री अर्यालको निर्देशन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनपूर्व र निर्वाचनको

साफ यू–१९ महिला च्याम्पियनसिप : नेपाल भारतसँग पराजित

कास्की – पोखरामा आजदेखि सुरु भएको साफ यू–१९ महिला च्याम्पियनसिप

विपद्का १४ मध्ये १२ वटा आगलागी र डढेलोका घटना

काठमाडौं – पछिल्लो २४ घण्टामा विभिन्न विपद्का १४ घटनामध्ये १२

डिजेल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं – नेपाल आयल निगमले डिजेलरमट्टितेको मूल्य बढाएको छ ।

सङ्खुवासभाको चैनपुरमा खुकुरी प्रहार गरी एक जनाको हत्या

सङ्खुवासभा – सङ्खुवासभाको चैनपुर नगरपालिका–१० स्थित इखम्बुमा खुकुरी प्रहार गरी