बिरामीलाई किन आईसीयुमा राख्नुपर्छ ? | Khabarhub Khabarhub

बिरामीलाई किन आईसीयुमा राख्नुपर्छ ?


३ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

कोरोना महामारीपछि आईसीयु निकै उच्चारणमा आएको छ। धेरै जनालाई आईसीयुमा कस्तो अवस्थामा जान भन्ने चासोको विषय पनि बनेको छ। त्यसैले आईसीयु भएको के हो ? आईसीयुमा कस्ता बिरामीलाई राखेर उपचार गर्नु पर्छ ? बिरामी कुन स्टेजमा पुगेपछि आईसीयुमा राख्नैपर्छ ? यसको उपचार प्रक्रिया के हुन्छ ? आफन्तलाई आईसीयुको बिरामी भेट्न किन दिइदैन ? यी र यस्तै विषयमा आधारित रहेर खबरहबका लागि आईसीयु विशेषज्ञ डा. प्रवेश सुन्दर श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंश :

आईसीयु भनेको के हो ?
आईसीयु भनेको सघन उपचार कक्ष हो। मानव शरीरमा धेरै अंगहरु हुन्छन्। तीमध्ये कुनै अंगमा असर पर्ने रोग, फोक्सोको निमोनिया अथवा अन्द्राको वा टाउकोको समस्या हुँदा आईसीयुमा राखिन्छ। यस्ता रोगले विस्तारै अंगमा असर गर्न थाल्यो र त्यो अंगले गर्नुपर्ने कामहरु गर्न छोड्यो भने त्यसलाई मेडिकल भाषामा अग्र्यान फेलर भनिन्छ। त्यसले बिरामी पनि सकिस्त हुनेहुन्छ। जुन अंगले काम गर्न छोडेको छ त्यसलाई सपोर्ट गर्नुपर्ने हुन्छ। त्यस्तो बिरामीहरुलाई आईसीयुमा अर्थात् सघन उपचार कक्षमा राखेर उपचार गर्छौँ।

आईसीयुुमा उपचार गर्दा जोखिम धेरै हुन्छ भनिन्छ ?
जनमानसमा आईसीयुमा गएपछि जोखिम धेरै हुन्छ भन्ने बुझाइ हुन्छ। तर यसलाई सरल रुपमा बुझ्न सकिन्छ। आईसीयुमा पुग्ने बित्तिकै बिरामी खतरामा छ भन्ने हुँदैन। बिरामीलाई जब उसको रोगले गर्दा अंगमा असर पुगेको हुन्छ तब उसलाई सघन कक्षमा राखेर उपचार गरिन्छ। यसरी उपचार गर्दा उसको अंगले कसरी काम गरेको छ भन्ने विषयमा जानकारी लिन सकिन्छ। त्यसलाई बेलैमा उपचार गरियो भने अरु समस्या हुनबाट बचाउन सकिन्छ। बिरामीको कुनै अंगमा असर परेमा त्यसलाई समयमा डिटेक्सन होस् र अंगले काम कम गरेमा बेलैमा सपोर्ट गर्न सकियोस् भनेर नै हो। आईसीयुमा लगेपछि बिरामीले जे पाउने हो त्यसलाई राम्रो उपचार पाउँछ। सबैभन्दा राम्रो आउटकम होस् भनेर आईसीयुमा राख्ने हो। यसले कुनै रोगको बिरामी छ भने त्यसको मृत्युदर घट्छ। बिरामीको उपचार राम्रो हुन्छ।

आईसीयुमा बिरामी लगेपछि कसरी उपचार गरिन्छ ?
अहिले आईसीयुमा इन्टेनसिप केयर फिजिसियन र क्रिटिकल केयर फिजिसियनको कनसेप्ट आएको छ। आईसीयुमा हेर्ने आईसीयु विशेषज्ञ डाक्टर हुनुहुन्छ। तर त्यो भन्दैमा अहिले मेडिसिनको फिल्ड एकदमै ठूलो छ। त्यसमा हरेक विशेषज्ञको आफ्नै महत्त्व हुन्छ। त्यसकारण एउटा टिमको रुपमा हामीले बिरामीलाई सेवा दिनुपर्ने हुन्छ। यदि कोहि बिरामी आईसीयुमा आइसकेपछि उसको उपचार फोक्सोको रोग छ भने फोक्सो विशेषज्ञ आन्द्रामा समस्या छ भने आन्द्रा रोग विशेषज्ञ हुनुहुन्छ। साथै आईसीयुको डाक्टरले पनि सँगै कृतिम अंगमा परेको असरहरुलाई अप्टिमाइज केयर गर्नुहुन्छ। सुरुमा फोक्सोको समस्या थियो, पछि मिर्गाैलामा समस्या भयो भने मिर्गाैला रोग विषेशज्ञलाई बोलाएर टिम मिलेर उपचार गरिन्छ। आईसीयुम डाक्टरसँगै नर्सको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ।

सबै अस्पतालमा आईसीयुमा हुनुपर्ने वा गर्नुपर्ने उपचार कस्तो हुनुपर्छ ?
आइसियुमा पनि लेबल १ आईसीयु, लेबल २ आईसीयु र लेबल ३ आईसीयु भन्ने हुन्छ। त्यो युनिटमा म्यानपावर, डाक्टर, मनिटर र इक्युटमेन्टको व्यवस्थापन कस्तो छ त्यसको आधारमा लेबल वर्गीकरण गरिन्छ। जस्तो ः दुर्गमको आईसीयुुमा साधारण केयर दिने लेबल १ आईसीयु छ भने केन्द्रको अस्पतालमा लेबल ३ बराबरको सर्भिस दिएको हुन्छ। त्यही अनुसार बिरामीले उपचार पाउछ।

आईसीयुमा जुन समस्या भएर गए पनि उहाँलाई हेर्न कति जना डाक्टर नर्स हुनुपर्छ ?
आईसीयुुमा हेरेर २४ सै घण्टामा कम्तिमा पनि दुईदेखि तीन जना डाक्टर हुनुपर्छ। चाहेको खण्डमा अरु विशेषज्ञ बोलाएर उपचार गराइन्छ। नर्समा पनि भेन्टीलेटरमा छ र छैन भन्ने हुन्छ। लेबल ३ आईसीयुमा एउटा बिरामीलाई एक नर्सले सेवा दिएको हुन्छ। त्योबाहेक एलाईट सर्भिस फिजियोथेरापी सर्भिस न्युट्रेसन्स सर्भिस उहाँहरुले पनि सेवा दिएर बिरामीलाई उपचार गराएर पठाइन्छ।

आईसीयुमा गएको बिरामी के कारणले भेन्टिलेटरसम्म पुग्नुपर्ने हुन्छ ?
आईसीयुुको बिरामीको फोक्सोमा असर गरेर साधारणतया अक्सिजन थेरापी दिदाँ पनि उहाँको शरीरमा अक्सिजन मेन्टेन गर्न सकिएन भने अक्सिजन मेन्टेन गर्न खोज्छौँ। फोक्सोमा ड्यामेज बढ्दै गएमा कृत्रिम स्वासप्रश्वास मेसिन भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ। धेरै जसो फोक्सोको कारणले नै भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ। न्युरोलोजिकल बिरामीहरुलाई फोक्सो ठिक भए पनि भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ।

बिरामीलाई आईसीयुमा वा भेन्टिलेटरमा राखेपछि आफन्तलाई भेट्न जान नदिनुको कारण के होला ?
अहिले समाजमा शिक्षा बढ्दै छ। आईसीयुको बिरामीहरुको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ। अरुबाट संक्रमण हुने र अरु थप समस्या आउने हुन्छ। त्यसकारण बिरामीलाई संक्रमण नहोस् भनेर भेट्न नदिने हो। बाहिरको मान्छेबाट संक्रमणको जोखिम देखिने हुनाले आईसीयुमा भेटघाट गर्न दिँइदैन। बिरामीलाई राम्रो भएर वाडमा सारेपछि भेट्नुहोस् भन्छौँ।

आईसीयुमा जाँदा खर्च कस्तो हुन्छ ?
बाहिर देशमा बीमा राखिएको हुन्छ। तर हाम्रो नेपालमा सबै कुरा बीमाले नगर्ने हुदाँ आईसीयुमा बिरामी भएपछि औषधि र अनुसन्धानहरु धेरै हुने कारण भार धेरै हुन्छ। हामीले हरेक दिन काउन्सिलिङ गर्छौँ। यत्ति खर्च हुन्छ, यो उपचार गर्नुपर्छ भनेर भन्छौँ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ७ : ०२ बजे

गाजाको जबलियामा इजरायलको बमबारी

काठमाडौं– गाजामा चलिरहेको भीषण लडाईँका बीच इजरायली सेनाले पछिल्लो २४

बालुवाटारमा सभामुख : दबाव दिन कि सत्तापक्षको साक्षी बस्न ?

काठमाडौं – सभामुख देवराज घिमिरे शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगे

भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन

डोल्पा– त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रुपमा रहेको

छ वर्षपछि दिक्तेल-खानीडाँडा-आहाले सडक कालोपत्र 

खोटाङ– कालोपत्रको ठेक्का लिएको छ वर्षपछि दिक्तेल(खानीडाँडा-आहाले सडकको कामले गति

वैदेशिक रोजगारीमा गएका साथीहरू ठगिनु भएन : सभापति देउवा 

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक