दक्षिण पूर्वी एसियामा चिनियाँ हस्तक्षेप | Khabarhub Khabarhub

दक्षिण पूर्वी एसियामा चिनियाँ हस्तक्षेप

अमेरिकासँगको सम्बन्धको रिस फिलिपिन्स माथि


३ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

अन्य दुई देशको सम्बन्धमा चिनियाँ चासो बढ्दो छ। पछिल्लो समय चीनको चासो अमेरिका र फिलिपिन्सबीचको सम्बन्धमा बढेको हो ।

फिलिपिन्समा प्राकृतिक विपत्ति आएपछि अमेरिकाले सहयोग गरेको थियो । अमेरिकाको सहयोगमा फिलिपिन्समा आइपरेको समस्या सहजै समाधान गर्न सकिने त्यहाँका नेताहरूको विश्वास थियो ।

साउथ चाइना सिको छेउमा अमेरिकी सेनाले उद्धार कार्यमा सहयोग गरेको थियो । यसमा विपत्ति जनाउँदै चिनियाँ उपविदेशमन्त्री सन विडेङले फिलिपिन्सका सहविदेश उपसचिव थेसा लजारोलाई अमेरिकासँग धेरै निकट नहुन र तत्काल अमेरिकी सेनालाई त्यहाँबाट हटाउन दबाब दिएका थिए ।

फिलिपीनी पक्षले आफ्नो देशको विपत्तिमा अमेरिकाले सहयोग गरेको प्रतिक्रिया दिएको थियो । विवाद बढ्दै गएपछि अथवा दक्षिण पूर्वी एसियामा अमेरिकी उपस्थिति महसुस भएपछि चीन जे गर्न पनि तयार भएको प्रस्ट भएको छ ।

अन्य जल यात्राका विषयमा चीनले फिलिपिन्सलाई आफू अनुकूल चल्नका लागि दिएको दबाब फिलिपिन्सले बारम्बार अस्वीकार गरेपछि चीनले फिलिपिन्सलाई थप दुःख दिन सुरु गरेको हो । सेकेन्ड थोमस सोलमा जान आँटेको जहाज माथिको आक्रमण यसको एउटा उदाहरण हो ।

यसअघि नै दोस्रो विश्वयुद्ध कालदेखि नै राखिएको युद्ध पोत हटाउन चीनले लगातार दबाब दिए पनि सो दबाब फिलिपिन्सले अस्वीकार गरेको थियो ।

दक्षिण पूर्वी एसियाली राष्ट्रप्रति अमेरिका सहयोगी देखिएपछि फिलिपिन्सका राष्ट्रपति फर्नान्डो मार्कोस जुनियर अमेरकासँग सकारात्मक भएका थिए। यसका कारण साउथ चाइना सिका विषयमा चीनले फिलिपिन्सलाई अनेक दबाब दिन सुरु गरेको धेरै भइसकेको थियो । यस वर्षको सुरुवातदेखि त चीनले लगातार दबाब दिएको थियो ।

मनिलामा रहेको चिनियाँ दूतावासले वासिङ्टनले साउथ चाइना सीमा चासो दिएर फिलिपिन्स र चीनको सम्बन्ध खराब बनाउन खोजेको प्रतिक्रिया जनाइ सकेको छ ।

साउथ चाइना सीमा सो फिलिपीनी जहाजमा चीनले आक्रमण गरेपछि अमेरिकाले फिलिपिन्सको बचाउ गरिसकेको छ । यसले पछिल्लो समय चीनलाई अझ रुष्ट बनाएको छ । सो आक्रमणपछि चीनले प्रतिक्रिया स्वरूप साउथ चाइना सिको कसैको सफारी पार्क मनाउने स्थान नभएको भन्दै जवाफ दिएको थियो ।

सेकेन्ड थोमस सोल आर्थिक रूपले अत्यन्त महत्त्वपूर्ण क्षेत्र हो । सन् १९९९ देखि मनीलाले यसलाई आफ्नो स्थान ठहर गर्दै जहाज राखेको छ । यसरी वर्षौंदेखि फिलिपिन्सले उपयोग गरेको स्थानमा पानी जहाज र तोप मात्र होइन हरेक कुरामा चिनियाँ अवरोध बढेपछि यसलाई ज्यादतीकै रूपमा अन्तर्राष्ट्रिय समुदायले लिन थालेको छ ।

अगस्ट महिनाको सुरुवातमै जहाजमाथि भएको आक्रमणमा फिलिपिन्सले आपत्ति जनाएपछि चीनले सामान्य चेतावनी दिएको भन्दै प्रतिक्रिया दिएको थियो।

चीनमा रेनाइ रेफ तथा फिलिपिन्समा एगुयन भनिने सो स्थानलाई जसरी पनि प्रभावमा राख्ने चिनिया नीतिको कारण सम्बन्ध अझ चिसिँदै गएको छ । ‘हामीले थोमस सोलको क्षेत्रमा प्रभाव जमाउनैपर्छ किनभने उनीहरूको जबरजस्तीको विरुद्धमा हामी कमजोर हुने छौं,’ फिलिपिन्स जल सेनाका सेवा निवृत्त भाइस कमान्डर तथा समुद्री सुरक्षा विज्ञ रोमनाल अङले भने ।

मलेसिया, भियतनाम, ब्रुनाइ, ताइवान र फिलिपिन्सको व्यापारिक प्रभाव जमाउने साउथ चाइना सिका सबै तटीय क्षेत्र र यसको सेरोफेरोको सबै ठाउँलाई चीनले आफ्नै भू-भाग झैँ गर्न थालेपछि यी सबै देश अहिले समस्यामा परेका छन् ।

सन् १९५१ मा अमेरिका र फिलिपिन्सबीच व्यापारिक सन्धि भएको थियो । यस अन्तरगत सोलको प्रसङ्ग पनि उल्लेख छ । यस कारण चीनले त्यहाँ उपस्थिति जनाउन भन्दा अघि धेरै कुरा सोच्न आवश्यक भएको बताइन्छ ।

त्यहाँका राजनीतिक विश्लेषकले चीनले थप जोखिम उठाउन नचाहने विश्वास व्यक्त गरेका छन् ।

सन् २०१६ मा बेइजिङले साउथ चाइना सीमा गरेको दाबी पछिको समयमा जस्तै समर्थन गर्न आफूहरू तयार भएको प्रतिक्रिया फ्रान्स र अष्ट्रेलियाले दिइसकेका छन्।

अमेरिकाका रक्षा सचिव लोयड अस्टिनले यस विषयमा फिलिपिन्सका रक्षा सचिव गीलबर्ट टोडेरोसँग यस विषयमा कुरा भइसकेको बताइ सकेका छन् ।

पछिल्लो समय अमेरिकाले पनि आफ्ना समर्थकको कुनै पनि हालतमा रक्षा गर्ने बताउँदै साउथ चाइना सिलाइ आफ्नै झैँ व्यवहार नगर्न चेतावनी दिएको छ।

दक्षिण पूर्व एसियाली राष्ट्रमा अमेरिकाको उपस्थिति बढी भएका कारण छटपटाएको चीनले यसैको प्रतिकार स्वरूप विभिन्न गतिविधि गरेको हो ।

एउटा छुट्टिएको टापुमा सेकेन्ड थोमस सोल छ। त्यहाँ रहेको सेनालाई खाना लैजान लागेको जहाजमा चिनियाँले रोकेर आक्रमण गरेका हुन् । त्यसपछि फिलिपिन्सका सुरक्षा प्रवक्ता जोनाथान मलायाले यसमा गम्भीर चिन्ताको विषय भएको प्रतिक्रिया दिएका थिए । उनले फिलिपिन्सका सेनालाई भोकै पार्ने नियत रहेको र यो मानवता विरोधी अपराधसमेत रहेको प्रतिक्रिया दिएका छन् ।

चीनले त्यस क्षेत्रलाई आफ्नो भनी दाबी गरीरहेको छ । उसले पहिलो सतर्क गराएको र त्यसलाई अटेर गरेपछि आक्रमण गरेको दाबी गरेको छ ।

फिलिपिन्समाथि चीनको दबाब बढ्दै गए पछि युरोपेली युनियन, जापान र अष्ट्रेलियाले चासो दिइसकेका छन् । सबैले फिलिपिन्सको पक्षमा आवाज उठाइ सकेका छन् ।

अमेरिका र चीनका छिमेकीले अहिले चिनियाँ नीतिलाई ग्रे जोन ट्याक्टीसको रूपमा बुझ्न थालेका छन् ।

त्यो जहाजको आक्रमण एउटा देखिने कारण भए पनि फिलिपिन्ससँगको चिनियाँ रिस अन्य हुने हुनसक्छ । पछिल्लो समय दक्षिण पूर्वी एसियाको संसारको अर्थतन्त्रमा ठुलो प्रभाव छ । साउथ चाइना सी र मलाका स्ट्रिट आर्थिक रूपले प्रभाव पार्ने स्थान हुन् ।

यस क्षेत्रमा प्रभाव जमाउन चीनले लामो कसरत गरेको हो । यस्तै कसरत अमेरिकाको पनि थियो । पछिल्लो समय फिलिपिन्स लगायत देशसँग अमेरिकाको सुधारिएको सम्बन्धले चीनका लागि ठुलो धक्काको विषय बनेको थियो ।

चीनले साउथ चाइना सी, इस्ट चाइना सी र एलो सिलाइ आफ्नो ठान्दै १ फेब्रुअरी २०२१ मा ‘न्यु कोस्ट गाड ल’ ल्याएको थियो । त्यस कानुन अनुसार त्यस क्षेत्रमा कुनै पनि विदेशी जहाज देखिएमा हतियार प्रयोग गर्ने छुट चीनले आफ्ना सेनालाई दिएको छ ।

त्यो कानुन बाहिर आउने बित्तिकै संयुक्त राष्ट्र संघले यसमा आपत्ति जनाएको थियो । तथापि चीनले हेपाहा प्रवृत्ति अपनाएको थियो ।

दक्षिण पूर्वी एसियामा अमेरिकाको उपस्थिति रोक्न खोजेको चीनले यसमा असफलतापछि अनेक हरकत गर्ने क्रममा फिलिपिन्सको जहाज माथिको आक्रमण गरेको हो। स्रोत : रोयटर्स र सीबीसी न्यूज

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ८ : ११ बजे

जनकपुर पुगेर सिके राउतले भने – ‘प्राप्त उपलब्धिको रक्षा गर्नुपर्छ’

काठमाडौं – प्रतिनिधि सभा सदस्य एवम्‌ जनमत पार्टीका अध्यक्ष डा.

नासा र स्पेसएक्सको नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण अर्को हप्ता

एजेन्सी – नासा र स्पेसएक्सले आगामी सेप्टेम्बर २६ मा अन्तर्राष्ट्रिय

यस्ता छन्‌ यो वर्षको दशैँका साइत, अष्टमी र नवमी एकैदिन

काठमाडौं – नेपाल पञ्‍चाङ्ग निर्णायक विकास समितिले २०८१ सालको बडादशैँका

मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य

धनुषा – मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ

बालेनलाई प्रगति विवरण बुझाएर बिदा भए सहसचिव परियार

काठमाडौं – नगर प्रमुख बालेन शाहले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय