मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु | Khabarhub Khabarhub

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु


३ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

कास्की– कास्कीको रुपा गाउँपालिकामा सवारी दुर्घटनामा परी दुई युवाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका–३२ बाट रुपातालतर्फ जाँदै गरेको प्रदेश नं ३–०२–००९प ५२०५ नम्बरको मोटरसाइकल शनिबार साँझ दुर्घटना हुँदा लमजुङ दूधपोखरी गाउँपालिका–६ का २९ वर्षीय कृष्ण गुरुङ र सोही ठाउँका २४ वर्षीय अशोक गुरुङको निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

मोटरसाइकल रुपा गाउँपालिका–६ निगालझाँप्रास्थित भित्रीसडकबाट अन्दाजी ८०–९० मिटर तल सोही सडकको घुम्तीको तल्लो बाटोमा खस्न पुगेको बताइन्छ । ्

दुर्घटनालगत्तै घाइतेलाई इलाका प्रहरी कार्यालय शिशुवाबाट गएको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगेको थियो ।

चिकित्सकले जाँचका क्रममा दुवै जनालाई मृत घोषणा गरेका थिए । प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ८ : १७ बजे

ट्रम्पले गभर्नरलाई दिए राजीनामा दिन निर्देशन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकीे केन्द्रीय बैङ्क फेडरल

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल भदौ ५ गते बिहीबार। भाद्र

आज २०८२ साल भदौ ५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ५ गते बिहीबार। भाद्र

रौतहटमा चक्कु प्रहार गरी २१ वर्षीय युवकको ह*त्या

रौतहट – यमुनामाई गाउँपालिका–५ फतुवाका २१ वर्षीय युवक साहबुदिन मियाँको