संसदको अवरोध खुलाउन सभामुखले दलका सचेतहरुसँग छलफल गर्दै « Khabarhub

संसदको अवरोध खुलाउन सभामुखले दलका सचेतहरुसँग छलफल गर्दै


३ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख देवराज घिमिरेले अवरुद्ध संसद खुलाउन आफ्नो पहल जारी राखेका छन् ।

झण्डै एक महिनादेखि संसद अवरुद्ध भएपछि सभामुख घिमिरेले सो विषयमा छलफल गर्न आज पनि दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गर्न लागेका हुन् ।

उनले आज बिहान ११ बजे सिंहदरबारस्थित संसद सचिवालयमा छलफलका लागि दलका प्रमुख सचेतक र सचेतकलाई बोलाएका छन् ।

सभामुख घिमिरेले यसअघि पनि पटक पटक समस्याको समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीसँग पनि छलफल गर्दै आएका छन् ।

सभामुखको सचिवालयका अनुसार आजको बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक र सचेतक सहभागी हुनेछन् ।

६० केजी सुन प्रकरणमा नेकपा एमालेले उच्च स्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै साउन १० गतेयता निरन्तर संसद अवरुद्ध गरिरहेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ९ : ४५ बजे

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको