बक्सर घिमिरेलाई उपाधि | Khabarhub Khabarhub

बक्सर घिमिरेलाई उपाधि


३ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका अन्तर्राष्ट्रिय किक बक्सिङ खेलाडी अविरल घिमिरेले जापानको टोकियोमा आयोजित ‘प्रोफेसनल किक बक्सिङ हिट ५२ च्याम्पियनसीप’को उपाधि जितेका छन् । शनिबार दक्षिण कोरियाली खेलाडी चाङ ओन याङलाई हराउँदै उनी च्याम्पियन बनेका हुन् । 

‘हिमालय चितुवा’का रुपमा विश्व प्रसिद्ध घिमिरेले दक्षिण कोरियाली खेलाडी याङलाई किक बक्सिङ प्रतियोगितामा नकआउट गरेका थिए । सो प्रतियोगितामा भिड्ने घिमिरे पहिलो नेपाली बक्सर हुन । प्रतियोगिताको पुरुष स्पर्धामा घिमिरेले एक मिनेट ५५ सेकेण्डमै प्रतिद्वन्द्वी याङलाई रिङमा ढालेका थिए । जापानमा रहेर किक बक्सिङको व्यवसायिक खेल खेल्दै आएका बक्सर घिमिरेले बक्सिङ हिट प्रतियोगिताका १३ खेल जितिसकेका छन् । उनले तीनपटक टाइटल म्याचको उपाधि नित्न सफल भएका छन् । 

घिमिरेले हालसम्म जापान, दक्षिण कोरिया, ब्राजिल, बोलिभिया, नेदरल्याण्डस्, थाइल्याण्डलगायत देशका बक्सरलाई पराजित गरिसकेका छन् । उनी अन्तर्राष्ट्रिय किक बक्सिङ प्रतियोगितामा नेपालको पहिचान बनाउन सफल भएका छन् । 

घिमिरे जापानको नागोयामा  सहरमा आफ्ना पिता पूर्व अन्तर्राष्ट्रिय किक बक्सर तथा फुल कन्ट्याक कराँते खेलाडी देव घिमिरेको विशेष प्रशिक्षणमा रहँदै आएका छन् । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२  गुर्जुधारा बलम्बूवासी घिमिरेको परिवार केही वर्षदेखि जापानको नागोयामा बस्दैआएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  १२ : ४० बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई