एकीकृत समाजवादीको पोलिटब्युरो बैठक जारी « Khabarhub

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक जारी


३ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बसिरहेको छ। पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकमा वर्तमान राष्ट्रिय परिस्थितिबारे छलफल भइरहेको छ ।

भोलिसम्म चल्ने बैठकमा संगठन सुदृढीकरणको रिपोर्टिङ, पार्टीका सैद्धान्तिक तथा वैचारिक सवाल र पार्टीको संगठनात्मक अवस्थाबारे छलफल हुने बताइएको छ । त्यस्तै पार्टीमा देखा परेको आन्तरिक समस्या र आगामी कार्ययोजना पनि बैठकको कार्यसूचीमा रूपमा रहेका छन्।

बैठकमा पार्टीले अवलम्बन गर्ने वैचारिक दृष्टिकोण, जनताको बहुदलीय जनवादको सान्दर्भिकता, पार्टीको संरचना र सामर्थ्य  विस्तारका लागि आवश्यक रणनीति, सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना, समसामयिक परिस्थिति र राजनीतिक प्रतिवेदनलगायत विविध विषयमा छलफल हुने पार्टी महासचिव घनश्याम भुसालले जानकारी दिए ।

बैठकमा धारणा राख्ने पोलिट्ब्युरो सदस्यलाई नेतृत्वलाई रचनात्मक सुझाव दिन पनि भनिएको  छ।

पार्टीको असार २९ देखि साउन ५ गतेसम्म चलेको सचिवालय बैठकले पार्टीको राजनीतिक कार्यदिशाका रूपमा जनताको बहुदलीय जनवादको सान्दर्भिकता रहेको र यसलाई समाजवादी आन्दोलनको रूपमा विकास गर्नुपर्ने निष्कर्ष निकालेको थियो।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  १ : ०५ बजे

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको