सत्ता गठबन्धनले ललिता निवास प्रकरणमा नेताहरुको बयान नलिने निर्णय गर्न पाउँछ ? : गगन थापा « Khabarhub

सत्ता गठबन्धनले ललिता निवास प्रकरणमा नेताहरुको बयान नलिने निर्णय गर्न पाउँछ ? : गगन थापा


३ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धनको बैठकले ललिता निवास प्रकरणमा मुछिएका नेताहरुको बयान नलिने निर्णय गरेको भन्दै आपत्ति जनाएका छन् ।

झापाको शिवसताक्षीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले सत्ता गठबन्धनको बैठकमा ललिता निवास प्रकरणमा नेताहरूको बयान नलिने निर्णय भएकोबारे आफूले थाहा पाएको उल्लेख गरे । उनले प्रश्न गरे, ‘के गठबन्धनका नेताहरुले यो विषयमा छलफल गर्न वा निर्णय लिन पाउनुहुन्छ ?’

केही समयअघि सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा प्रहरीलाई पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईको बयान लिन बाटो खुला गरेको थियो । यद्यपि पूर्वप्रधानमन्त्रीद्वयको बयान लिने विषयमा कुनै पहल भएको देखिएको छैन ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  २ : १५ बजे

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको