सदन खुलाउने विषयमा सहमति जुटेन  « Khabarhub

सदन खुलाउने विषयमा सहमति जुटेन 


३ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद् अवरोध खुलाउने उद्देश्यका साथ दलका प्रमुख सचेतकसँग छलफल गरे पनि सहमति जुट्न सकेको छैन ।

सभामुख घिमिरेको सिंहदरबारस्थित कार्यकक्षमा आज बसेको बैठकमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सचेतकले आआफ्नो अडान कायमै राखेपछि संसद् खोल्ने विषयमा सहमति जुट्न नसकेको हो ।

सभामुख घिमिरेले लगातार संसद् अवरुद्ध हुँदा सांसदप्रति आमजनतामा नकारात्मक सन्देश गएकाले सहमतिका लागि मान्यता प्राप्त दलका प्रमुख सचेतकलाई छलफलमा बोलाएका थिए । 

बैठकमा प्रमुख प्रतिपक्षी दलका सचेतकले संसद् अवरोधलाई थप सशक्त बनाउने र सत्तापक्षले पनि आफ्नो अडान कायमै राखेपछि बैठक निष्कर्षविहीन बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक सन्तोष परियारले जानकारी दिए। बैठकमा रास्वपाका तर्फबाट आफूले आफ्ना विमति भए सदनमै छलफल गर्न र संसद् अवरोध अन्त्य गर्न आग्रह गरेको उनले बताए ।      

बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) तथा प्रमुख प्रतिपक्षी दलबाट नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतकलगायत सहभागी थिए । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सुन तस्करीको प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने माग गर्दै आएको छ भने सत्तारुढ दलहरू त्यस विषयमा सहमत हुन नसक्दा संसद् सञ्चालन हुन सकेको छैन ।

प्रतिनिधिसभा बैठक आजै दिउँसो १ बजेका लागि आह्वान गरिए पनि सञ्चालन हुन सकेको छैन । 

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  २ : १२ बजे

अस्ताए कर्तव्यनिष्ठ अधिकृत यादव भण्डारी, भोटेकोशीले बगाएर पुर्‍यायाे नारायणी किनारमा

काठमाडौँ– गुल्मीको जन्मघरबाट सुरु भएको यादव भण्डारीको जीवनयात्रा सरकारी सेवामा

काठमाडौँ उपत्यकामा गाईजात्राको रौनक (तस्बिरहरू)

काठमाडौँ– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको छ ।

त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका

त्रिशूलीले बगाएर ल्याएको बैंकको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ

धादिङ– त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर रकम

रसुवा बाढी : ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी