पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु « Khabarhub

पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु


३ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

लिमा- पेरुको पहाडी क्षेत्र एन्डिजमा यात्रुवाहक एउटा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएका छन् ।

दुर्घटनामा अन्य पाँच जना गम्भीर घाइते भएका छन् । करिब ५० जना यात्रु बोकेको बस एण्डियन शहर विल्काशुआमानबाट राजधानी लिमातर्फ आउँदा पहाडी भेगको खोचमा आज बिहान खसेको हो हुआतारा जिल्ला प्रहरी चौकीका एक अधिकारीले एएफपीलाई बताए ।

घाइतेहरूको पिस्को शहरको अस्पतालमा उपचार भइरहेको छ । तीव्र गति, मर्मतसम्भार नगरिएका खराब सडक, सुरक्षा तथा जोखिमसूचनक सडक सङ्केतको कमी र सवारी नियमको अक्षरसः पालना नहुँदा पेरुका राजमार्गमा प्रायः दुर्घटना भइरहन्छन् ।

विश्व स्वास्थ्य सङ्गठनले सन् २०१९ मा सार्वजनिक गरेको एक अध्ययनअनुसार त्यस वर्ष चार हजार चार सय १४ जनाको सडक दुर्घटनामा मृत्यु भएको थियो ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  २ : ३२ बजे

यौनकर्मीको कथामा बनेको फिल्म ‘लालिमा’को बुकिङ खुला

काठमाडौं – भोलि शुक्रबार अर्थात् फागुन २९ बाट प्रदर्शनमा आउने

खाडीमा इरानी आक्रमण : कच्चा तेलको मूल्य उकालो, १०० डलर नाघ्यो

एजेन्सी– मध्यपूर्वमा जारी युद्धका बीच इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार

स्वास्थ्य बीमा प्रभावकारी बनाउन औषधि बल्क खरिद गर्ने सरकारको तयारी

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई

रास्वपाको एकल बहुमतले राजनीतिक जोखिम कम गर्ने र आर्थिक सुधारको ढोका खोल्ने : फिच रेटिङ

काठमाडौं– अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी ‘फिच रेटिङ’ ले नेपालको पछिल्लो

पश्चिम एसियामा द्वन्द्व : उद्धार तथा आवश्यक सहायताका लागि विवरण दर्ता क्रम जारी

काठमाडौं– पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागद्वारा सञ्चालनमा