पुल नहुँदा विद्यालय र स्वास्थ्यचौकी जान फड्केको प्रयोग | Khabarhub Khabarhub

पुल नहुँदा विद्यालय र स्वास्थ्यचौकी जान फड्केको प्रयोग


३ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

मनाङ– हिमाली जिल्ला मनाङमा दुई वर्षअघि अधिकांश झोलुङ्गे पुल बाढीले बगायो । नासों गाउँपालिका–५ र ६ जोड्ने पुल हालसम्म पनि नबन्दा स्थानीयवासी आवतजावत गर्न र विद्यालय तथा स्वास्थ्यचौकी पुग्न फड्के प्रयोग गर्न बाध्य हुँदै आएका छन् ।

पुल नबन्दा फड्के बगाउँछ भनेर स्थानीयवासीले दूध खोला बढे फड्के निकाल्ने र खोला घटेमा फड्के राख्ने गर्दै आएका छन् । वडा कार्यालय तथा स्थानीय सरकारले मात्रै यस खोलामा पुल बनाउनसक्ने अवस्था नहुँदा यस्तो समस्या भोग्नुपरेको वडा नं ६ का वडाध्यक्ष ओम गुरुङले बताए ।

दूधखोला र मस्र्याङ्दी नदीको बहाव बढेमा यो फड्के बगाउँछ भनेर निकाल्ने र राख्नेगरी गुजारा चलाइएको गुनासो गर्दै उनले पुल निर्माणमा प्रदेश सरकारसमक्ष बजेट माग गरिएको बताए । झोलुङ्गे पुल नहुँदा यहाँका पाँच वडाका विद्यार्थीलाई विद्यालय जान ज्यानकै बाजी लगाउनुपर्ने अवस्था छ ।

उपचारका लागि बिरामी स्वास्थ्यचौकीमा पुग्न पनि त्यस्तै सकस भएको छ । दूधखोला र मस्र्याङ्दी बढेका बेला वारपार गर्न नसकिने र कोही बिरामी भइहाले झन समस्या बल्झिने गरेकाले प्राविधिक कार्यमा तीनै तहका सरकारले व्यवस्थापन गरिदिए श्रमदान गर्न स्थानीयवासी तयार रहेको वडाध्यक्ष गुरुङले बताए।

‘दैनिक गुजारा टार्नका लागि पनि उनीहरूकै सक्रियतामा फड्के बनाइएको हो, पुल निर्माण गर्न पनि यहाँका बासिन्दा तयार छन्, यतिमात्र हो कि बजेट र प्राविधिकको खटाइ आवश्यक परेको हो’, उनले भने, ‘कुनै पनि त्रास बिना बालबालिका विद्यालयसम्म पुगुन्, बिरामीलाई अस्पतालसम्म सहजरुपमा लैजान सकियोस् भन्ने अपेक्षासहित उनीहरू पुल निर्माणमा श्रमदान गर्न हामी तयार छौँ भन्दै आएका छन् ।’

सरकारबाट बजेटको व्यवस्था हुनासाथ यहाँको पुल निर्माणमा स्थानीयवासी खटिने वडाध्यक्ष गुरुङको भनाइ थियो । 

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ३ : ४१ बजे

नेप्सेले डाटा सेन्टर निर्माण गर्ने

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले डाटा सेन्टर निर्माण गर्ने

सिरहामा सत्तरी लाख खर्चेर ‘डिप बोरिङ’

सिरहा– खडेरीले रोपाइँ गर्न नपाएका किसानको सहायतार्थ गोलबजार नगरपालिका–२ निपनियामा ७० लाख

मानपुर–डेढगाउँ सडक कालोपत्र सम्पन्न

तनहुँ– बाह्र किलोमिटर मानपुर–डेढगाउँ सडक र शालिग्राम करिडोरअन्तर्गत १० किलोमिटर

अन्तर्राष्ट्रिय आलोचनाबीच इजरायलले सुरु गर्‍याे गाजा नियन्त्रण अभियान

काठमाडौं– इजरायली सेनाले गाजा सहर कब्जा गर्ने योजनाअन्तर्गत कारबाही प्रक्रिया

अन्तिम समयमा उम्मेदवार छनौट गर्ने परम्परा अन्त्य गर्नुपर्छ : कल्याण गुरूङ

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याणकुमार गुरूङले तीनवटै तहमा