गण्डकी प्रदेशसभा : वन विधेयक विषयगत समितिमा « Khabarhub

गण्डकी प्रदेशसभा : वन विधेयक विषयगत समितिमा


३ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

पोखरा- गण्डकी प्रदेशसभाको आजको बैठकले ‘प्रदेशभित्रको वनलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले संशोधन प्रस्तावसहित सो विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रदेशसभा बैठकसमक्ष पेस गरेका थिए ।

समितिमा दफावार छलफलपछि प्रदेशसभाबाट विधेयक पारितका लागि प्रक्रिया अगाडि बढ्ने प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए । उक्त विधेयकमा १३ प्रदेशसभा सदस्यले संयुक्त रुपमा  संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

बैठकको शून्य समयमा बोल्ने प्रदेशसभा सदस्यहरुले वर्षात्का कारण क्षति व्यहोरेका नागरिकलाई राहत प्रदान गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए । प्रदेशसभा बैठक अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ४ : २२ बजे

अस्ताए कर्तव्यनिष्ठ अधिकृत यादव भण्डारी, भोटेकोशीले बगाएर पुर्‍यायाे नारायणी किनारमा

काठमाडौँ– गुल्मीको जन्मघरबाट सुरु भएको यादव भण्डारीको जीवनयात्रा सरकारी सेवामा

काठमाडौँ उपत्यकामा गाईजात्राको रौनक (तस्बिरहरू)

काठमाडौँ– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको छ ।

त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका

त्रिशूलीले बगाएर ल्याएको बैंकको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ

धादिङ– त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर रकम

रसुवा बाढी : ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी