निर्धारित समय सकिएर ६ महिना बितिसक्दा पनि भरतपुरमा ६ लेन सडक निर्माणको काम ७० प्रतिशत मात्रै « Khabarhub

निर्धारित समय सकिएर ६ महिना बितिसक्दा पनि भरतपुरमा ६ लेन सडक निर्माणको काम ७० प्रतिशत मात्रै


३ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

भरतपुर- पूर्व–पश्चिम राजमार्गअन्तर्गतको भरतपुर महानगरपालिकाको पुलचोक–गोन्द्राङ् छ लेन सडकखण्डको काम ७० प्रतिशत सम्पन्न भएको छ । निर्धारित समय सकिएर थप गरिएको छ महिना बितिसक्दा पनि हालसम्म ७० प्रतिशत मात्रै निर्माण सम्पन्न भएको डिभिजन सडक कार्यालय चितवनले जनाएको छ ।

विसं २०७७ असोज २७ गते सम्झौता भई निर्माण सुरु गरिएको उक्त सडक खण्डको हालसम्म ७० प्रतिशत काम सम्पन्न भइसकेको कार्यालयका सूचना अधिकारी इन्जिनियर चन्द्रेश्वर साहले जानकारी दिए । उनका अनुसार विसं २०७९ माघसम्ममा काम सम्पन्न गर्ने गरी सम्झौता भएकामा उक्त समयमा निर्माण सम्पन्न नभएपछि आगामी मङ्सिरसम्मका लागि समय तोकिएको छ ।

हालसम्म गोन्द्राङ्देखि भरतपुर महानगरपालिकाको गेट अगाडिसम्म पहिलो चरणको काम भइरहेको छ भने लायन्स चोकदेखि पुलचोकसम्मको काम सम्पन्न भइसकेको छ । सर्भिस लेन र फुटपाथको काम बाँकी रहेको साहले जानकारी दिए ।

खानेपानी व्यवस्थापन बोर्डले खानेपानीको काम गरिरहेकाले फुटपाथको काम गर्न केही समय लाग्ने उनको भनाइ थियो । “एक्सप्रेस लेन ११र११ मिटरको हुने छ भने फिक्स रोड डिभाइडर चार मिटर, सर्भिसलेन पाँच÷पाँच मिटरको रहने छ । फुटपाथ तीन मिटरको बनाइने छ”, साहले भने ।

उनले निर्माण तीव्र गतिमा भइरहेको भन्दै सडक निर्माणका लागि चालु आर्थिक वर्षमा रू पाँच करोड मात्रै रकम  विनियोजन भएको जानकारी दिए । छ किलोमिटरको उक्त सडक निर्माणका लागि रू एक अर्ब १२ करोडमा ठेक्का सम्झौता भएको भए पनि संशोधन भएर रू एक अर्ब २३ करोड पुगेको छ ।

सरकारले ठेकेदार कम्पनीलाई समयमा काम सक्न ताकेता दिँदै आए पनि आवश्यक बजेट व्यवस्थापन हुन नसक्दा समयमा काम सम्पन्न गर्न समस्या भइरहेको इन्जिनियर साहले बताए ।

“अहिलेसम्म भौतिक प्रगति ७० प्रतिशत भएको छ । वित्तीय प्रगति ६० प्रतिशत मात्रै छ । काम सक्नका लागि आवश्यक बजेट आउन सकेको छैन”, उनले भने, “अहिले विनियोजन गरेको बजेटले पहिला सम्पन्न गरेको कामको समेत तिर्न पुग्दैन ।” भरतपुरको मुख्य सहरी क्षेत्रभित्र पर्ने उक्त  सडक खण्ड निर्माण ढिलो हुँदा स्थानीयले सास्ती भोग्दै आएका छन् ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ५ : ०८ बजे

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल

पदाधिकारीमा सहमति जुटिसकेको थियो, आकांक्षी बढेपछि निर्वाचनमा गयौँ : मीन विश्वकर्मा

काठमाडाैं – कांग्रेस नेता मीन विश्वकर्मा सुरुमा महामन्त्रीका दाबेदार थिए

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज