निर्धारित समय सकिएर ६ महिना बितिसक्दा पनि भरतपुरमा ६ लेन सडक निर्माणको काम ७० प्रतिशत मात्रै « Khabarhub

निर्धारित समय सकिएर ६ महिना बितिसक्दा पनि भरतपुरमा ६ लेन सडक निर्माणको काम ७० प्रतिशत मात्रै


३ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

भरतपुर- पूर्व–पश्चिम राजमार्गअन्तर्गतको भरतपुर महानगरपालिकाको पुलचोक–गोन्द्राङ् छ लेन सडकखण्डको काम ७० प्रतिशत सम्पन्न भएको छ । निर्धारित समय सकिएर थप गरिएको छ महिना बितिसक्दा पनि हालसम्म ७० प्रतिशत मात्रै निर्माण सम्पन्न भएको डिभिजन सडक कार्यालय चितवनले जनाएको छ ।

विसं २०७७ असोज २७ गते सम्झौता भई निर्माण सुरु गरिएको उक्त सडक खण्डको हालसम्म ७० प्रतिशत काम सम्पन्न भइसकेको कार्यालयका सूचना अधिकारी इन्जिनियर चन्द्रेश्वर साहले जानकारी दिए । उनका अनुसार विसं २०७९ माघसम्ममा काम सम्पन्न गर्ने गरी सम्झौता भएकामा उक्त समयमा निर्माण सम्पन्न नभएपछि आगामी मङ्सिरसम्मका लागि समय तोकिएको छ ।

हालसम्म गोन्द्राङ्देखि भरतपुर महानगरपालिकाको गेट अगाडिसम्म पहिलो चरणको काम भइरहेको छ भने लायन्स चोकदेखि पुलचोकसम्मको काम सम्पन्न भइसकेको छ । सर्भिस लेन र फुटपाथको काम बाँकी रहेको साहले जानकारी दिए ।

खानेपानी व्यवस्थापन बोर्डले खानेपानीको काम गरिरहेकाले फुटपाथको काम गर्न केही समय लाग्ने उनको भनाइ थियो । “एक्सप्रेस लेन ११र११ मिटरको हुने छ भने फिक्स रोड डिभाइडर चार मिटर, सर्भिसलेन पाँच÷पाँच मिटरको रहने छ । फुटपाथ तीन मिटरको बनाइने छ”, साहले भने ।

उनले निर्माण तीव्र गतिमा भइरहेको भन्दै सडक निर्माणका लागि चालु आर्थिक वर्षमा रू पाँच करोड मात्रै रकम  विनियोजन भएको जानकारी दिए । छ किलोमिटरको उक्त सडक निर्माणका लागि रू एक अर्ब १२ करोडमा ठेक्का सम्झौता भएको भए पनि संशोधन भएर रू एक अर्ब २३ करोड पुगेको छ ।

सरकारले ठेकेदार कम्पनीलाई समयमा काम सक्न ताकेता दिँदै आए पनि आवश्यक बजेट व्यवस्थापन हुन नसक्दा समयमा काम सम्पन्न गर्न समस्या भइरहेको इन्जिनियर साहले बताए ।

“अहिलेसम्म भौतिक प्रगति ७० प्रतिशत भएको छ । वित्तीय प्रगति ६० प्रतिशत मात्रै छ । काम सक्नका लागि आवश्यक बजेट आउन सकेको छैन”, उनले भने, “अहिले विनियोजन गरेको बजेटले पहिला सम्पन्न गरेको कामको समेत तिर्न पुग्दैन ।” भरतपुरको मुख्य सहरी क्षेत्रभित्र पर्ने उक्त  सडक खण्ड निर्माण ढिलो हुँदा स्थानीयले सास्ती भोग्दै आएका छन् ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ५ : ०८ बजे

अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक बोलाएपछि एमालेको बन्दसत्र सर्‍यो

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनकै बीचमा

धावक सनमाया र रनमाया थाइल्याण्डमा सम्मानित

काठमाडौं– थाइल्याण्डको प्रसिद्ध पर्यटकीय तथा साहसिक खेलकुद गन्तव्य च्याङ्गमाईमा गत

साताको कार्टुन : देउवालाई ओलीको ‘ललिपप’

काठमाडौं– एकसाता अघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र

जनउत्तरदायी संसदीय अभ्यासमा जुट्नुपर्छ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले कार्यक्षमता र व्यावसायिक निष्ठालाई थप उच्च

मुआब्जा नपाएपछि स्थानीयबाट माथिल्लो रावाखोला आयोजना बन्द

खोटाङ– प्रवर्द्धक कम्पनीले मुआब्जा नदिएपछि केपिलासगढी गाउँपालिकाका जग्गाधनीले माथिल्लो रावाखोला