डेढेलोले हवाई, क्यनडा र स्पेनी टापुमा अकल्पनीय क्षति « Khabarhub

डेढेलोले हवाई, क्यनडा र स्पेनी टापुमा अकल्पनीय क्षति


३ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

होनोलुलु- अमेरिकाको हवाई राज्य, क्यानडा र स्पेनको एउटा टापुमा लागेको डढेलोले अकल्पनीय क्षति भएको छ । अग्निनियन्त्रकहरू आगो निभाउन र उद्धारकर्ताहरू मृतकहरूको खोजीमा जुटिरहेका छन्भने विस्थापितहरूको व्यवस्थापनको चुनौतीलाई पनि उनीहरूले कष्टका साथ खेपिरहेका छन् ।

हवाईको माउई जङ्गलमा लागेको डढेलो मानव वस्तीसम्म फैलिँदा मृत्यु हुनेको सङ्ख्या एक सय १४ पुगेको छ । आधुनिक अमेरिकाको इतिहासमा आगलागीमा परेर यति धेरैको अमूल्य जीवन खरानी भएको थिएन ।

प्रचण्ड गर्मीमा ठूलो विपत्ति बनेर आउने वन डढेलो हवाईका निम्ति अभिशाप बनेको छ । दशकौँमा हुने यो प्राकृतिक विपत्तिमा सुनामीमा भन्दा धेरैले ज्यान गुमाएका छन् ।

सन् १९६० को सुनामीमा ६१ जनाको मृत्यु भएको थियो भने त्यसको १४ वर्षअघिको सुनामीमा भने एक सय ६० जनाले ज्यान गुमाएका थिए । हवाईका गभर्नर जोस ग्रीनले आगालागाीबाट छ अर्ब अमेरिकी डलर बराबरको  क्षति भएको, दुई हजार दुई सयभन्दा बढी भवन र अन्य मझौला र साना पाँच सय वटा घर  ध्वस्त भएका बताएका छन् ।  भौतिक क्षतिभन्दा धेरै अमूल्य जीवनको क्षति भएको छ ।

उनले भावुक बन्दै भने, “राज्यका धेरैले आमा, बुबा, हजुरबा हजुरआमा, छोरा र छोरी गुमाएका छैन जसको क्षतिपूर्ति कहिल्यै गर्न सकिदैन ।” अमेरिकाका अन्य भागमा पनि जङ्गलमा लागेको डढेलोले ठूलो क्षति भएको छ ।

वासिङ्गटन राज्यको मेडिकल लेक क्षेत्रबाट हजारौँ मानिस ज्यान जोगाउन भागेका छन् । क्यानडा पनि डढेलोले आक्रान्त भएको छ । क्यानेडियन इन्टरएजेन्सी फरेस्ट फायर सेन्टरका अनुसार देशभर  डढेलोका सात सय घटना भएका छन् जसमा एक लाख ३७ हजार वर्ग किलोमिटरभन्दा बढी क्षेत्र आगोको चपेटामा परेको छ ।

ब्रिटिश कोलम्बिया र उत्तरपश्चिमी क्षेत्रमा आपत्काल घोषणा गरिएको छ । युरोप पनि विश्वव्यापी तापक्रम वृद्धिसँगै प्रचण्ड गर्मी झेलिरहेको छ । स्पेनको पर्यटकीय टापु टेनेरिफको वनमा डढेलो लाग्दा चार हजार पाँच सयभन्दा बढीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपरेको छ ।

अग्निनियन्त्रण कर्मचारी अहिले पनि उक्त क्षेत्रमा उद्धारमा खटिरहेका छन् ।  अधिकारीहरूका अनुसार उक्त टापुपमा भएको क्षतिको विवरण सङ्कलन हुन बाँकी छ ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ६ : ५३ बजे

अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

गण्डकी– पर्यटकीय राजधानी पोखरामा आधुनिक बसपार्क बनाउने योजना ५० वर्षदेखि

फिर्के खोलाको अतिक्रमण थालियो हटाउन, मेयर आफैँ खटिए

पोखरा– पोखरा महानगरपालिकाले फिर्के खोला मिचेर निर्माण गरिएका संरचनाहरू हटाउने

क्यान्सरको औषधि अभाव हुन नदिन दैनिक विवरण उपलब्ध गराउन विभागको आग्रह

काठमाडौं– बजारमा क्यान्सर उपचारमा प्रयोग हुने प्लाटिनम समूहका औषधि तथा

समयमै निर्माण नसक्दा अलपत्र सडक, पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे

पाल्हीनन्दन– छिमेकी मित्रराष्ट्र भारतसँग जोडिएको महेशपुर मूल भन्सार सडक निर्माणका

तनहुँका व्यवसायी पसल बन्द गरेर आन्दोलनमा 

काठमाडौं– दमौली स्थित सफा सडक क्षेत्रमा आजदेखि लागू गरिएको पार्किङ