डेढेलोले हवाई, क्यनडा र स्पेनी टापुमा अकल्पनीय क्षति « Khabarhub

डेढेलोले हवाई, क्यनडा र स्पेनी टापुमा अकल्पनीय क्षति


३ भदौ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

होनोलुलु- अमेरिकाको हवाई राज्य, क्यानडा र स्पेनको एउटा टापुमा लागेको डढेलोले अकल्पनीय क्षति भएको छ । अग्निनियन्त्रकहरू आगो निभाउन र उद्धारकर्ताहरू मृतकहरूको खोजीमा जुटिरहेका छन्भने विस्थापितहरूको व्यवस्थापनको चुनौतीलाई पनि उनीहरूले कष्टका साथ खेपिरहेका छन् ।

हवाईको माउई जङ्गलमा लागेको डढेलो मानव वस्तीसम्म फैलिँदा मृत्यु हुनेको सङ्ख्या एक सय १४ पुगेको छ । आधुनिक अमेरिकाको इतिहासमा आगलागीमा परेर यति धेरैको अमूल्य जीवन खरानी भएको थिएन ।

प्रचण्ड गर्मीमा ठूलो विपत्ति बनेर आउने वन डढेलो हवाईका निम्ति अभिशाप बनेको छ । दशकौँमा हुने यो प्राकृतिक विपत्तिमा सुनामीमा भन्दा धेरैले ज्यान गुमाएका छन् ।

सन् १९६० को सुनामीमा ६१ जनाको मृत्यु भएको थियो भने त्यसको १४ वर्षअघिको सुनामीमा भने एक सय ६० जनाले ज्यान गुमाएका थिए । हवाईका गभर्नर जोस ग्रीनले आगालागाीबाट छ अर्ब अमेरिकी डलर बराबरको  क्षति भएको, दुई हजार दुई सयभन्दा बढी भवन र अन्य मझौला र साना पाँच सय वटा घर  ध्वस्त भएका बताएका छन् ।  भौतिक क्षतिभन्दा धेरै अमूल्य जीवनको क्षति भएको छ ।

उनले भावुक बन्दै भने, “राज्यका धेरैले आमा, बुबा, हजुरबा हजुरआमा, छोरा र छोरी गुमाएका छैन जसको क्षतिपूर्ति कहिल्यै गर्न सकिदैन ।” अमेरिकाका अन्य भागमा पनि जङ्गलमा लागेको डढेलोले ठूलो क्षति भएको छ ।

वासिङ्गटन राज्यको मेडिकल लेक क्षेत्रबाट हजारौँ मानिस ज्यान जोगाउन भागेका छन् । क्यानडा पनि डढेलोले आक्रान्त भएको छ । क्यानेडियन इन्टरएजेन्सी फरेस्ट फायर सेन्टरका अनुसार देशभर  डढेलोका सात सय घटना भएका छन् जसमा एक लाख ३७ हजार वर्ग किलोमिटरभन्दा बढी क्षेत्र आगोको चपेटामा परेको छ ।

ब्रिटिश कोलम्बिया र उत्तरपश्चिमी क्षेत्रमा आपत्काल घोषणा गरिएको छ । युरोप पनि विश्वव्यापी तापक्रम वृद्धिसँगै प्रचण्ड गर्मी झेलिरहेको छ । स्पेनको पर्यटकीय टापु टेनेरिफको वनमा डढेलो लाग्दा चार हजार पाँच सयभन्दा बढीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपरेको छ ।

अग्निनियन्त्रण कर्मचारी अहिले पनि उक्त क्षेत्रमा उद्धारमा खटिरहेका छन् ।  अधिकारीहरूका अनुसार उक्त टापुपमा भएको क्षतिको विवरण सङ्कलन हुन बाँकी छ ।

प्रकाशित मिति : ३ भदौ २०८०, आइतबार  ६ : ५३ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल