ब्रिक्स मिडिया फोरम दक्षिण अफ्रिकामा सुरु « Khabarhub

ब्रिक्स मिडिया फोरम दक्षिण अफ्रिकामा सुरु


३ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जोहानेसबर्ग- विकासोन्मुख देशको पक्षमा लाग्न आह्वान गर्दै छैटौँ ब्रिक्स मिडिया फोरम दक्षिण अफ्रिकामा सुरु भएको छ ।

करिब ३० देशका करिब एक सय सञ्चारगृह, विद्वत् समूह र अन्तर्राष्ट्रिय संस्थाका दुई सय प्रतिनिधि सम्मिलित फोरममा ‘ब्रिक्स र अफ्रिकाः साझा र निष्पक्ष भविष्यका लागि सुदृढ मिडिया संवाद’ छलफल भएको छ ।

फोरमको उद्घाटन सत्रमा सिन्ह्वा समाचार समिति अध्यक्ष फू हुआले ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य रहेको ब्रिक्स राष्ट्रका सञ्चारमाध्यमले एक्काइसौँ शताब्दीमा महत्वपूर्ण जिम्मेवारी वहन गरेका बताउँदै मानवताको साझा मूल्यलाई प्रवर्द्धन गर्ने, नयाँ युगमा ब्रिक्सका सफलताका विषयलाई अझ परिष्कृत ढङ्गले प्रस्तुत गर्न पारस्परिक सहयोग घनीभूत हुनुपर्नेमा जोड दिएका छन् ।

ब्रिक्स मिडिया फोरमका कार्यकारी अध्यक्षसमेत रहेका फूले संयुक्त रूपमा सांस्कृतिक आदानप्रदान गर्दै न्यायपूर्ण र समतामूलक अन्तरराष्ट्रिय व्यवस्थालाई पनि संयुक्त रूपमा अगाडि बढाउने प्रस्ताव गरेका छन् ।

अफ्रिकी राष्ट्रिय कङ्ग्रेसको राष्ट्रिय कार्यकारी समितिका सदस्य डकोटा लेगोएटले ब्रिक्स मिडिया फोरम ब्रिक्स राष्ट्रका आवाज उठाउन महत्वपूर्ण मञ्च भएको उल्लेख गर्दै केही देशले अन्तरराष्ट्रिय बहसलाई एकाधिकार बनाउने र मिडियालाई अन्य सार्वभौम राज्यमा आक्रमण गर्ने हतियार बनाएका भन्दै त्यसको आलोचना गरे । उनले मिडिया युद्ध भड्काउने उपकरण बन्नुको सट्टा विश्वशान्ति र विकासको प्रवर्द्धन गर्न प्रतिबद्ध हुनुपर्ने बताए ।

रुसी समाचार समिति तासका महानिर्देशक आन्द्रे कोन्ड्राशोभले विगत एक दशकमा सदस्य राष्ट्रबीच मिडिया सहयोगका बारेमा छलफल गर्न महत्वपूर्ण, विशिष्ट एवं प्रतिष्ठित मञ्चका रुपमा स्थापित भएको विचार व्यक्त गर्दै ब्रिक्स देशका सञ्चारमाध्यमलाई गलत सूचनाको प्रतिरोध गर्न र विकासशील देशहरूको हितको रक्षाका खातिर एकजुट हुन आह्वान गरे ।

रसिया टुडेका पत्रकार एलिजाभेटा ब्रोडस्कायाले पश्चिमा सञ्चार माध्यमले अफ्रिकालाई युद्ध, भोक र रोगले व्याप्त महादेशका रुपमा चित्रण गरेकामा त्यसको आलोचना गर्दै पश्चिमा बाहेक अन्य सञ्चारगृहद्वारा सम्प्रेषण गरिएका सामग्रीलाई ‘नियतवश प्रवाह गरिएका झूठा विवरण’ मान्ने प्रवृत्ति अमान्य भएको बताए ।

ब्राजिलको वित्तीय र कृषि सूचना प्रदायक सिएमए समूहका प्रमुख जोसे जुआन सान्चेजले विश्वसनीय र निष्पक्ष समाचार अपरिहार्य भएको उल्लेख गर्दै ब्रिक्स मिडियाले सदस्य राष्ट्रका आर्थिक, वातावरणीय र सामाजिक क्षेत्रमा दिगो विकासलाई रोज्नुपर्ने सझाव दिए ।

ब्राजिल कम्युनिकेसन कम्पनीका अध्यक्ष हेलियो डोयलले सदस्य राष्ट्रहरूको आवाज मुखरित गर्न तथा भूमण्डलीकरणलाई प्रवर्द्धन गर्न फोरमले महत्त्वपूर्ण योगदान पु¥याएको बताउँदै शान्ति र आपसी सहयोग विस्तारलाई मुख्य लक्ष्य मानेर सञ्चारकर्म गर्नुपर्ने तर्क गरे ।

दक्षिण अफ्रिकाको स्वतन्त्र मिडियाका कार्यकारी अध्यक्ष इकबाल सुर्वेले ब्रिक्स राष्ट्रका विविध संस्कृतिले संवाद र वार्तालाई समृद्ध बनाउने विचार व्यक्त गर्दै ब्रिक्स मिडिया समावेशी, सहकारी र न्यायपूर्ण नयाँ विश्व व्यवस्थाको पक्षमा निःशर्त उभिनुपर्ने बताए । विकासोन्मुख राष्ट्रले सामना गर्नुपरेका चुनौतीको चर्चा गर्दै उनले ती राष्ट्रका दृष्टिकोण र आवाजलाई फोरमले स्थान दिनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ७ : ०८ बजे

निर्वाचन आउन ३० दिन बाँकीः मतदाता नामावलीमा नाम नभएका पनि उम्मेदवार !

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ २० गते मंगलबार फागुन

आज २०८२ साल माघ २० गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २० गते मंगलबार फागुन

सिक्लेसमा एकै महिनामा पाँच हजार ५३ पर्यटक

गण्डकी – सन् २०२६ को जनवरीमा कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा