खुल्यो बेँसीसहर–चामे सडक « Khabarhub

खुल्यो बेँसीसहर–चामे सडक


३ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – पहिराले अवरुद्ध बनाएको लमजुङ र मनाङ जोड्ने एक मात्र बेँसीसहर–चामे सडक पुनः सञ्चालनमा आएको छ । आज बिहान ७ बजे गएको पहिरोले यस सडकखण्डअन्तर्गत खरखरे भीर, हवाई डाँडा, बक्स कटिङ र च्याम्चेमा अवरुद्ध बनाएको थियो ।

डुम्रे बेँसीसहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर पुरुषोत्तम अधिकारीका अनुसार बेँसीसहर नगरपालिका–६ खरखरे भीर, मस्र्याङ्दी गाउँपालिका–४ स्थित उक्त तीन ठाउँमा गएको पहिरो हटाएसँगै आज दिउँसोदेखि पुनः सडक सञ्चालनमा आएको हो ।

उक्त कार्यालयका अनुसार प्रत्येक पहिराले १५/२० मिटर सडक अवरुद्ध बनाएको थियो । सडक खुलेसँगै अलपत्र परेका सवारी साधनहरू यतिबेला सञ्चालनमा आएको उनको भनाइ छ । यस सडकखण्डमा दिनहुँजसो पहिराले सडक अवरुद्ध हुने गर्नाले यात्रुलाई सास्ती हुँदै आएको छ । यसअघि शनिबार नासों गाउँपालिका–१ ताल डाँडामा पहिरोले सडक अवरुद्ध बनाएको थियो । त्यस्तै, छ दिन अघिसमेत यस सडकको विभिन्न स्थानमा पहिराले सडक अवरुद्ध बनाएको थियो । पैँसठ्ठी किलोमिटरको यस सडक लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर रहेको छ ।

उक्त कार्यालयका अनुसार मनाङ जिल्लालाई सडक सञ्जालमा जोड्ने सरकारको योजना नेपाली सेना कार्यगणले विसं २०६९ मा सडक निमार्ण कार्य सम्पन्न गरेसँगै सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरेपछि सवारी साधन सञ्चालन हुँदै आएको छ । तर सडक भने बाढी पहिराका कारण झनझन जीर्ण र जोखिम हुँदै जाँदा मनाङवासीलाई मर्का पर्दै आएको छ । लामो समयसम्म यस सडक अवरुद्ध हुँदा जिल्लाबाहिर जान महँगो शुल्क तिरेर हवाइजहाजमा बेँसीसहरसम्म आउनुपर्ने अवस्था छ ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ९ : ४० बजे

धादिङ १ मा आशिकालाई रास्वपाको टिकट, कमेडियन हिमेश ‘आउट’

काठमाडौं- सामाजिक अभियन्ता आशिका तामाङलाई राष्ट्रिय स्वतन्त्र पार्टीले धादिङ क्षेत्र

पोर्चुगल राष्ट्रपति चुनाव : कट्टर–दक्षिणपन्थी भेन्टुरा रनअफमा

एजेन्सी – कट्टर–दक्षिणपन्थी लोकप्रियतावादी दलका नेता आन्द्रे भेन्टुराले आइतबार सम्पन्न

योगेशले भने : एमालेलाई जिताउन सबै जुटौँ, ओलीसँग फागुनको चुनावपछि कुरा गरौँला

काठमाडौं– नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले एकताबद्ध भएर निर्वाचनमा जुट्न

करिब ६२ करोडको लागतमा भक्तपुर अस्पतालको भवन बन्दै

भक्तपुर– बागमती प्रदेश सरकारको सहयोगमा भक्तपुर अस्पताल परिसरमा आधुनिक एवं

अनशनरत स्वास्थ्यकर्मी र सरकारबीच पाँच बुँदे सहमति 

काठमाडौं– स्वास्थ्यकर्मीको आमरण अनशन सरकारसँगको पाँच बुँदे सहमतिपछि आइतबार साँझ