खुल्यो बेँसीसहर–चामे सडक « Khabarhub

खुल्यो बेँसीसहर–चामे सडक


३ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

लमजुङ – पहिराले अवरुद्ध बनाएको लमजुङ र मनाङ जोड्ने एक मात्र बेँसीसहर–चामे सडक पुनः सञ्चालनमा आएको छ । आज बिहान ७ बजे गएको पहिरोले यस सडकखण्डअन्तर्गत खरखरे भीर, हवाई डाँडा, बक्स कटिङ र च्याम्चेमा अवरुद्ध बनाएको थियो ।

डुम्रे बेँसीसहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर पुरुषोत्तम अधिकारीका अनुसार बेँसीसहर नगरपालिका–६ खरखरे भीर, मस्र्याङ्दी गाउँपालिका–४ स्थित उक्त तीन ठाउँमा गएको पहिरो हटाएसँगै आज दिउँसोदेखि पुनः सडक सञ्चालनमा आएको हो ।

उक्त कार्यालयका अनुसार प्रत्येक पहिराले १५/२० मिटर सडक अवरुद्ध बनाएको थियो । सडक खुलेसँगै अलपत्र परेका सवारी साधनहरू यतिबेला सञ्चालनमा आएको उनको भनाइ छ । यस सडकखण्डमा दिनहुँजसो पहिराले सडक अवरुद्ध हुने गर्नाले यात्रुलाई सास्ती हुँदै आएको छ । यसअघि शनिबार नासों गाउँपालिका–१ ताल डाँडामा पहिरोले सडक अवरुद्ध बनाएको थियो । त्यस्तै, छ दिन अघिसमेत यस सडकको विभिन्न स्थानमा पहिराले सडक अवरुद्ध बनाएको थियो । पैँसठ्ठी किलोमिटरको यस सडक लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर रहेको छ ।

उक्त कार्यालयका अनुसार मनाङ जिल्लालाई सडक सञ्जालमा जोड्ने सरकारको योजना नेपाली सेना कार्यगणले विसं २०६९ मा सडक निमार्ण कार्य सम्पन्न गरेसँगै सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरेपछि सवारी साधन सञ्चालन हुँदै आएको छ । तर सडक भने बाढी पहिराका कारण झनझन जीर्ण र जोखिम हुँदै जाँदा मनाङवासीलाई मर्का पर्दै आएको छ । लामो समयसम्म यस सडक अवरुद्ध हुँदा जिल्लाबाहिर जान महँगो शुल्क तिरेर हवाइजहाजमा बेँसीसहरसम्म आउनुपर्ने अवस्था छ ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ९ : ४० बजे

प्रहरी महानिरीक्षक कार्कीद्वारा महिला भलिबल टोलीको बिदाइ

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले माल्दिभ्समा हुने काभा भलिबल

आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र भएको इरानको दाबी

तेहरान – आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र

अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ

कर्णाली – लोक सेवा आयोगको कार्यालय सुर्खेतद्वारा सञ्चालित प्रहरी जवान

आजका समाचार : प्रचण्ड नबन्ने, १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो र भारतले नेपाललाई दिने अनुदान रकम बढायो

प्रचण्ड प्रधानमन्त्रीको दौडबाट बाहिर, भने, ‘सत्ताको भागबन्डामा सहभागी हुन्न’ नेपाली

पत्रकार सिटौलाको अन्तिम बिदाइ, कुलमानदेखि बालेनसम्म पुगे (तस्बिरहरू)

काठमाडौं- आइतबार मध्याह्न उपचारका क्रममा काठमाडौंको ग्रान्डी अस्पतालमा निधन भएका