संविधानले पुनःक्रान्तिको आवश्यकता अन्त्य गरेको छ : सभामुख घिमिरे | Khabarhub Khabarhub

संविधानले पुनःक्रान्तिको आवश्यकता अन्त्य गरेको छ : सभामुख घिमिरे


३ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालको विद्यमान संविधानले नागरिकका मौलिक हक र लोकतान्त्रिक राज्यव्यवस्थाको प्रत्याभूति गरेकाले परिवर्तनका लागि अब अर्को कुनै क्रान्तिको आवश्यकता नरहेको बताएका छन् ।

संविधान दिवसको शुभकामना सन्देशमार्फत सभामुख घिमिरेले संविधानको मर्म र भावनाअनुसार राजनीतिक नेतृत्व चल्नुपर्ने आवश्यकता पनि औँल्याएका छन्  । 

संविधान मुलुकको सर्वोच्च कानून हो । संविधान जारी भएको पछिल्लो आठ वर्षमा संविधान कार्यान्वयनका धेरै काम सम्पन्न भएको र संविधानबमोजिम नै आवधिक निर्वाचनबाट निर्वाचित सरकार तीनवटै तहमा क्रियाशील रहेको उनको भनाइ छ ।

नयाँ संविधानको निर्माणसँगै गणतन्त्र, सङ्घीयता, समावेशिता, धर्मनिरपेक्षताजस्ता विषय संस्थागत भएको उल्लेख गर्दै सभामुख घिमिरेले समाजमा विद्यमान विभेद र असमानता अन्त्य गर्दै समृद्धि र सामाजिक न्यायको गन्तव्य संविधानमार्फत सुनिश्चित भएको बताएका छन् ।

संविधान कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा संसद्ले विशेष ध्यान र सक्रियता दिएको उनको भनाइ छ । संविधान निर्माण गर्न भएका विभिन्न आन्दोलनमा सहादत प्राप्त गर्ने सहिदहरू, घाइते, अपाङ्ग तथा शान्तिपूर्ण आन्दोलन गर्ने अगुवाहरूको योगदानलाई पनि सभामुख घिमिरेले स्मरण गरेका छन् ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ७ : ५५ बजे

‘गौतमबुद्धका सन्देश हरेक व्यक्तिका लागि उपयोगी छन्’

काभ्रेपलाञ्चोक– पूर्वराष्ट्रपति डा रामवरण यादवले गौतमबुद्धका सन्देश हरेक व्यक्तिका लागि

ल्याटिन अमेरिकी नेता र चिनियाँ अधिकारीबीच भेटवार्ता

एजेन्सी– चीनले ल्याटिन अमेरिकासँग सम्बन्ध प्रगाढ बनाउने उद्देश्यका साथ ल्याटिन

रेसुङ्गा विमानस्थल : सातामा तीन पटक उडान हुने

तम्घास– यात्रुको चाप बढेसँगै गुल्मीको रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन पटक

महिला पत्रकारको अर्थपूर्ण सहभागितामा अवरोध : उपसभामुख राना

काठमाडौं– प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले सञ्चारमाध्यममा पत्रकार महिलाको अर्थपूर्ण सहभागितामा

उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

काठमाडौं– महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकिल कार्यालय, पाटनको भवन