प्रदेशमा भएकाे अस्थिरताले प्रदेशवासीमा वितृष्णा पैदा भयो : मुख्यमन्त्री कार्की « Khabarhub

प्रदेशमा भएकाे अस्थिरताले प्रदेशवासीमा वितृष्णा पैदा भयो : मुख्यमन्त्री कार्की


३ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशमा भएका अस्थिरताका कारण सिंगो प्रदेशवासीमा वितृष्णा पैदा भएको बताएका छन् । 

संविधान दिवसको अवसरमा बुधबार विराटनगर स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले संघीयता कार्यान्वयनका लागि सहमति र सहकार्य गर्नुको विकल्प नभएको समेत बताएका छन् ।

आवश्यक कानुनको अभावमा संघीयताको मर्म र भावना अनुसार काम हुन नसकेकाले संघीयता कार्यान्वयनका लागि कानुन निर्माणमा जोड दिनुपर्ने उनले बताएका छन् । कोशी प्रदेशका राजनैतिक, आर्थिक र सामाजिक समस्या निराकरणका लागि प्रदेश सभामा रहेका राजनैतिक दलहरू बीच सहमति र सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।

कार्यक्रममा संविधान कार्यान्वयनको अवस्था, चुनौती र समाधान विषयक निबन्ध प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई नगद र प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरू, उपसभामुख, प्रदेश सांसद, उच्चपदस्थ कर्मचारीहरू, सुरक्षाकर्मीहरू, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ११ : १९ बजे

नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’ मा शिल्पा पोखरेलको अभिनय

काठमाडौँ – नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’

कांग्रेसमा थारूतर्फका तीन पदको मतगणना सुरु

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थारू क्लस्टरका सहमहामन्त्री, खुला केन्द्रीय सदस्य

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले