प्रदेशमा भएकाे अस्थिरताले प्रदेशवासीमा वितृष्णा पैदा भयो : मुख्यमन्त्री कार्की « Khabarhub

प्रदेशमा भएकाे अस्थिरताले प्रदेशवासीमा वितृष्णा पैदा भयो : मुख्यमन्त्री कार्की


३ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशमा भएका अस्थिरताका कारण सिंगो प्रदेशवासीमा वितृष्णा पैदा भएको बताएका छन् । 

संविधान दिवसको अवसरमा बुधबार विराटनगर स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले संघीयता कार्यान्वयनका लागि सहमति र सहकार्य गर्नुको विकल्प नभएको समेत बताएका छन् ।

आवश्यक कानुनको अभावमा संघीयताको मर्म र भावना अनुसार काम हुन नसकेकाले संघीयता कार्यान्वयनका लागि कानुन निर्माणमा जोड दिनुपर्ने उनले बताएका छन् । कोशी प्रदेशका राजनैतिक, आर्थिक र सामाजिक समस्या निराकरणका लागि प्रदेश सभामा रहेका राजनैतिक दलहरू बीच सहमति र सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।

कार्यक्रममा संविधान कार्यान्वयनको अवस्था, चुनौती र समाधान विषयक निबन्ध प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई नगद र प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरू, उपसभामुख, प्रदेश सांसद, उच्चपदस्थ कर्मचारीहरू, सुरक्षाकर्मीहरू, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ११ : १९ बजे

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका

जेन-जी आन्दोलनका क्रममा फरार तीन कैदी पक्राउ

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा कारागार कार्यालय जगनथदेवल, सुन्धाराबाट भागेका तीन