गौरीशंकरलाल दासको शताब्दी जन्मोत्सव मनाइँदै  « Khabarhub

गौरीशंकरलाल दासको शताब्दी जन्मोत्सव मनाइँदै 


३ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय मानव अधिकार आयोगका संस्थापक सदस्य डा गौरीशंकरलाल दासको शताब्दी जन्मोत्सव मनाइँदै छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आज जारी गरेको प्रेस विज्ञप्तिमा डा दासको शताब्दी जन्मोत्सवका अवसरमा वर्षभरि नै विभिन्न कार्यक्रम गरेर मनाइने उल्लेख छ ।

विसं २०८० भदौ ३१ गते काठमाडौँमा आयोजित नागरिक समाजका अगुवाहरूको भेलाले २३औँ  प्रकाश मानव अधिकार पुरस्कार २०७४ बाट सम्मानित व्यक्तित्व डा दासको सम्मानमा कार्यक्रम गर्न राष्ट्रिय मानव अधिकार आयोगका पूर्वअध्यक्ष एवं पूर्वप्रधानन्यायाधीश केदारनाथ उपाध्यायको संयोजकत्वमा २०८० भदौ ३१ गते बसेको बैठकले ३५ सदस्यीय ‘मानव अधिकार शताब्दी व्यक्तित्व डा गौरीशंकरलाल दास शताब्दी जन्मोत्सव समारोह समिति’ गठन गरेको थियो ।

उक्त समितिको सदस्यमा राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्यद्वय सुशील प्याकुरेल, र कपिल श्रेष्ठ, डा रामदयाल राकेश, डा केबी रोकाया, गौरी प्रधान, इन्सेकका पूर्वअध्यक्ष सुबोधराज प्याकुरेल, गैरसरकारी संस्था महासङ्घका उपाध्यक्ष भावना भट्ट, जवाफदेहिता निगरानी समितिका संयोजक चरण प्रसाईं रहेका छन् ।

त्यस्तै इन्सेकका अध्यक्ष डा कुन्दन अर्याल, नेपाल मानवअधिकार सङ्गठनका अध्यक्ष ईन्द्रप्रसाद अर्याल, एम्नेष्टी नेपालका अध्यक्ष विपिन बुढाथोकी, नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. नेत्रप्रसाद तिमिल्सिना, मानव अधिकार एलाइन्सका महासचिव विदुर सुवेदी, राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका अध्यक्ष छत्र प्रधानलगायत पनि सो समितिको सदस्य रहेका छन् ।

उक्त समितिले डा दासको सम्मानमा वर्षभरि विभिन्न कार्यक्रम आयोजना गर्ने र सो कार्यक्रमका लागि गठित समितिको सचिवालय इन्सेक केन्द्रीय कार्यालयमै राख्ने निर्णय समेत गरेको छ । विसं १९८१ असोज ९ गते सिरहा जिल्लामा जन्मिएर चिकित्सा सेवा, मानवअधिकार र समाजसेवाका क्षेत्रमा मुलुकलाई महत्वपूर्ण योगदान दिएका उनी यही असोज ८ गते एक सय वर्षमा प्रवेश गर्दै छन् ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  १२ : ०९ बजे

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर

कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

विराटनगर- कोशी प्रदेश सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलनमा