कालीकोटको नरहरिनाथमा ‘रेन गज’ जडान | Khabarhub Khabarhub

कालीकोटको नरहरिनाथमा ‘रेन गज’ जडान


३ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

मान्म– कालीकोटको नरहरिनाथ गाउँपालिकामा वर्षा मापन यन्त्र  (रेन गज) जडान गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति र नरहरिनाथ गाउँपालिकाको समन्वयमा नरहरिनाथ–१ स्थित सुनथराली विमानस्थलमा सो यन्त्र जडान गरिएको हो । ‘रेन गज’  जडान हुँदा वर्षाको मापन गर्न सहज हुने नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्टले जानकारी दिए। 

‘पहिरोको उच्च जोखिम रहेका स्थानीय तहका बीचमा पर्ने विमानस्थलमा पहिरोको पूर्वसूचना दिने ‘रेन गज’ जडान गरिएको छ’, उनले भने, ‘यसले  पूर्वसूचना दिनेछ ।’ सोलार सिष्टमसहित जडान भएको वर्षा मापन यन्त्रले प्रत्येक १०-१० मिनेटमा मापन केन्द्रको भाँडोमा परेको पानी स्वचालित प्रणालीबाट सर्भरमा गएर रिपोर्ट तयार हुने र वर्षा भएपछि स्थानीयवासीको मोबाइलमा पहिरो अलर्ट एप्लिकेसनमार्फत जानकारी लिन सकिने प्राविधिक शंकर बलामीले बताए । 

‘यो एक स्वचालित प्रणालीबाट सूचना दिने यन्त्र हो’, उनले भने, ‘यहाँ जडान गरिएको यन्त्रले मोबाइल एप्लिकेसनमा सूचना दिन्छ ।’ प्लान इन्टरनेसनलले विपद्को क्षेत्रमा काम गर्ने कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालमार्फत पाँच लाखको लागतमा रेन गज स्टेसन जडान गराएको नरहरिनाथ गाउँपालिकाले जनाएको छ । नरहिरनाथ, सान्नीत्रिवेणी र रास्कोट क्षेत्रमा वर्षा मापन यन्त्र नहुँदा समस्या हुँदै आएको थियो । 

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  १ : ०३ बजे

मनसुनजन्य विपदबाट तनहुँमा ६६ हजार नागरिक प्रभावित हुने अनुमान

दमौली– मनसुनजन्य विपद्बाट यस वर्ष तनहुँमा ६६ हजारभन्दा बढी नागरिक

हिमनदी पग्लिँदै गए हुनसक्छ ठुलो ज्वालामुखी विस्फोट : अध्ययन

काठमाडौं– विश्वभरका हिमनदी पग्लिएपछि ज्वालामुखी विस्फोटको डर बढ्दै गएको छ

त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेसलिष्ट पारित

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारणसभा बैठकले विभिन्न संकाय र तहमा

सर्बिया र ग्रीस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ 

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया र ग्रीस पठाइदिन्छु रकम

बन्दीपुरमा ‘आफ्नो गाउँ, रमाइलो बनाउँ’ अभियान

दमौली– जिल्लाको पर्यटकीय नगरी बन्दीपुरले ‘आफ्नो गाउँः रमाइलो बनाउँ’ अभियानमार्फत