भीमदत्त नगरपालिकाद्वारा नदीजन्य पदार्थ उत्खननमा रोक « Khabarhub

भीमदत्त नगरपालिकाद्वारा नदीजन्य पदार्थ उत्खननमा रोक


३ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– भीमदत्त नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन, संकलन र बिक्री वितरण गर्ने कार्यमा रोक लगाएको छ । नगरपालिका क्षेत्र भित्रका नदी, खोला लगायतबाट अर्को निर्णय नभएसम्मका लागि नदीजन्य पदार्थ ढुङ्गा, बालुवा, गिट्टी, ग्राभेल र माटो उत्खननमा रोक लगाएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामनारायण गौलीका अनुसार महाकाली नदीको हकमा इआइएको कार्य सुदूरपश्चिम प्रदेशस्थित उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा अध्ययनका क्रममा रहेको छ ।

महाकाली नदीबाहेक अन्य नदी तथा खोलाहरूको हकमा आइइइ रिभ्युका क्रममा रहेकाले हाललाई नदीजन्य पदार्थको उत्खनन सङ्कलन र बिक्री वितरणका लागि ठेक्का बन्दोबस्तको कार्य गर्न केही समय लाग्ने भएकाले अर्को निर्णय नहुँदा सम्मका लागि रोक लगाइएको प्रमुख प्रशासकीय अधिकृत गौलीको भनाइ रहेको छ । 

    बहुउद्देश्यीय कभर्डहल निर्माण अगाडि बढाइयो  

दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यले शुक्लाफाँटा नगरपालिका–१० झलारीमा बहुउद्देश्यीय कभर्डहल निर्माणको अगाडि बढाइएको छ । नगरपालिकाले दुई करोड ३४ लाख ८८ हजार एक सय एक को लागतमा कभर्ड हल निर्माण गर्न लागेको हो । निर्माणका लागि एसएनएम जयलक्ष्मी जेभी नेपालगञ्जसँग ठेक्का सम्झौता गरिएको र चालु आवको असार मसान्तभित्र कभर्ड हल निर्माण गरिसक्ने लक्ष्य लिइएको छ ।

पाँच सय वर्गमिटर क्षेत्रफलमा कभर्ड हलका संरचना निर्माण गरिने छ । कभर्ड हलको लम्बाइ २८ दशमलव ४५ मिटर र चौडाइ १७ दशमलव ९५ मिटर रहने छ । 

कभर्ड हलमा डबल ब्याटमेन्टिन कोर्ट, ड्रेसिङ रुम, स्नानघर, शौचालयसँगै प्यारापिट निर्माण गरिने नगरपालिकाका पूर्वाधार विकास शाखाका प्रमुख दीपक धामीले बताए। उनका अनुसार इन्डोरका सबै प्रकारका खेलहरु खेलाउन सक्ने गरी कभर्ड हलको डिजाइन गरिएको छ । 

‘माटो परीक्षणको नतिजाका आधारमा कभर्ड हलको संरचना निर्माण हुन्छ,’ उनले भने, ‘गुणस्तरीय निर्माणका लागि निर्माण व्यवसायीले प्रतिबद्धता व्यक्त गरेका छन् ।” कभर्ड हल सनवोरा नदी नजिकैको जोखिमयुक्त क्षेत्रमा बनाइन लागेको जनाउँदै यस क्षेत्रका खेलकुद सम्बद्ध व्यक्तिहरूले असन्तुष्टिसमेत व्यक्त गरेका छन । 

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  १ : १३ बजे

क्रेडिट कार्डको ब्याजदर १० प्रतिशतमा सीमित गर्ने ट्रम्पको प्रस्ताव

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रेडिट कार्डको ब्याजदर अधिकतम

दक्षिण सुडानमा विद्रोही आक्रमण, १५ जनाको मृत्यु

जुबा – दक्षिण सुडानको उत्तरपश्चिमी क्षेत्रमा आइतबार विद्रोही लडाकूले गरेको

चोरीको माइक्रोबससहित दुई जना पक्राउ

काठमाडौं – काठमाडौंमा चोरी भएको माइक्रोबससहित दुई जना पक्राउ परेका

कांग्रेसलाई आफ्नै नेता कार्यकर्ताले हराइरहेका छन् : शशांक कोइराला

बुटवल – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र एकता

कार्यसम्पादनका आधारमा रौतहट जिल्ला प्रहरी कार्यालय पहिलो

रौतहट – नेपाल प्रहरीका विभिन्न इकाइको गत कात्तिक महिनाको कार्यसम्पादन