पूर्वप्रधानमन्त्री सरिफद्वारा सरकारको आलोचना « Khabarhub

पूर्वप्रधानमन्त्री सरिफद्वारा सरकारको आलोचना


३ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– प्रवासमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले पाकिस्तान सरकार आलोचना गरेका छन् । 

स्वदेश फर्कनुअघि लाहोरमा एकत्र भएका पार्टीका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै पाकिस्तान मुस्लिम लिगका प्रमुख उनले देशको वर्तमान आर्थिक स्थिति नाजुक हुनु सत्तामा रहेका नेताका कारण भएको बताए ।

‘छिमेकी देश भारत चन्द्रमामा पुगिसक्यो र उसले आर्थिक रुपमा सबल देशका नेताहरूको साझा मञ्च जी ट्वेन्टी शिखर बैठक आयोजना गरिसक्यो हामी भने राज्य सञ्चालनका निम्ति रकम नभएर यो देश र त्यो देशसँग सहायता माग्न हिँडिरहेका छौँ । पाकिस्तानका गरिबलाई  रोजीरोटी जुटाउन धौ-धौ परेको छ, हाम्रा प्रधानमन्त्री पैसा माग्दै एउटा देशबाट अर्कोमा गइरहनुभएको छ,’ हामीले पाकिस्तानका नेताहरूले देश र जनताका निम्ति केही नगरेकामा रोष प्रकट गर्दै नेता  सरिफले भने । 

पाकिस्तानले एक अर्ब डलरका लागि चीन वा खाडी देशहरूसँग हात  फैलाउनुपर्ने लज्जाजनक परिस्थिति सामना गर्नुपरेकामा आक्रोशित हुँदै पूर्वप्रधानमन्त्री सरिफले देशलाई अहिलेको आर्थिक स्थितिमा पुर्‍याउने सबै ‘अपराधी’ हुन् भने । सन् १९९० मा आफूले प्रारम्भ गरेको आर्थिक सुधारका नीतिलाई भारतले समेत कार्यान्वयन गरेको बताउँदै ‘अटलविहारी बाजपेयी प्रधानमन्त्री हुँदा भारत सरकारसँग एक अर्ब डलरमात्र थियो तर अहिले भारतसँग छ खर्ब डलर राज्य कोषमा छ, हामी भने एक अर्ब डलर ऋण कसैले दिन्छ भन्दै हिँडिरहेका छौँ, हामी भारतलेजस्तै किन प्रगति गर्न सक्दैनौ ? उनले प्रश्न गरे।

हाल पाकिस्तान जटिल आर्थिक अवस्थाबाट गुज्रिरहेको छ । विदेशी नियोगमा कार्यरत कर्मचारीलाई समयमै तलबभत्ता निकासा गर्न इस्लामावादलाई हम्मेहम्मे परेको छ । पाकिस्तानको इतिहासमा आजसम्म नभएको मुद्रास्फीतिलाई पनि इस्लामावादले झेलिरहेको छ । 

बेलायतमा निर्वासित जीवन बिताइरहनुभएका पूर्वप्रधानमन्त्री सरिफ आगामी कात्तिक ४ गते स्वदेश फर्कने उहाँका भाइ एवं पूर्वप्रधानमन्त्री शेहवाज सरिफले बताएका छन् । 

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  १ : २० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार