विधानमा नागरिक अधिकार स्थापित भएको छ : मुख्यमन्त्री कार्की « Khabarhub

विधानमा नागरिक अधिकार स्थापित भएको छ : मुख्यमन्त्री कार्की


३ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वर्तमान संविधानमा नागरिकका अधिकार स्थापित भएका बताएका छन् । 

नवौँ संविधान दिवसको अवसरमा कोशी प्रदेश सरकारद्वारा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा आयोजित ‘संविधान दिवस-२०८०’ मूल समारोहलाई सम्बोधन गर्दै उनले नेपालको वर्तमान संविधान सबैको साझा दस्ताबेज हो र यसमा नागरिकका सबै अधिकार स्थापित भएको बताए । 

मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको राजनीतिक अवस्था अहिले गम्भीर मोडमा रहेको बताउँदै लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति वितृष्णा फैलिन नदिन राजनीतिक दलहरु गम्भीर भएर सोच्नुपर्ने धारणा राखे। 

उनले संविधानमा स्थापित नागरिक अधिकारलाई कार्यान्वयन गर्न स्थापना भएको संघीयतालाई बलियो बनाउनुपर्ने धारणा राख्दै लोकतन्त्र स्थापनामा सहिद भएकाप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । सो अवसरमा वरिष्ठ अधिवक्ता चुडामणि आचार्यले संविधानको कार्यान्वयन, अवसर र चुनौतीका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

सो अवसरमा कोशी प्रदेश प्रमुख परशुराम खापुङले संविधान कार्यान्वयन, अवसर र चुनौतीका विषयमा विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिताका विजयी छात्रातर्फ प्रथम एन्जल राई, द्वितीय स्वीकृति अधिकारी र तृतीय उषासिंह कार्की तथा छात्रतर्फका प्रथम, द्वितीय र तृतीय क्रमशः सुभम ढकाल, सफल तिमल्सेना र अनुपम काफ्लेलाई पुरस्कार वितरण गरेका थिए । पुरस्कारको राशि प्रथम रु पाँच हजार, द्वितीय रु चार हजार र तृतीय रु तीन हजार छ ।

समारोहमा कोशी प्रदेश सरकारका मन्त्री, उपसभामुख, उच्च अदालत विराटनगरका मुख्यन्यायाधीश, जिल्ला अदालतका प्रमुख न्यायाधीश, सुरक्षा निकायका प्रमुख, संसदीय दलका नेताहरू, सांसद एवं मन्त्रालयका सचिव र सरकारी कार्यालयका प्रमुखको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ३ : ३० बजे

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली– कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह दुई

देउवालाई प्रदीपको सुझाव- अभिभावक बनेर तटस्थ रहिदिनुस्

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट

विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका