जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि विद्यार्थीको विरोध प्रदर्शन « Khabarhub

जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि विद्यार्थीको विरोध प्रदर्शन


३ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विराटनगर स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसकी एक जना विद्यार्थीको उत्तरपुस्तिका साटफेर गरेको विषयमा विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि विरोध प्रदर्शन गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयले भने असोज १ गते देखि विरोध प्रदर्शनमा रोक लगाउदै निषेधाज्ञा जारी गरिएको सो कार्यालय अगाडि नै विद्यार्थीहरूले टायर बालेर विरोध प्रदर्शन गरेका छन् । विद्यार्थी र प्रशासनबीच भएको वार्ता बहिष्कार गर्दै विभिन्न संघ संगठनका विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका हुन ।

 विरोधका क्रममा पटक पटक प्रहरी र विद्यार्थीबीच झडप समेत भएको छ । २०७८ सालमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका एक जना प्राध्यापक राजन दत्तले आफ्नो छोरीलाई पास गराउन अर्की विद्यार्थी सन्ध्या कायस्थको थप कपी साटफेर गरेको घटना सार्वजनिक भएपछि विद्यार्थीहरू आन्दोलित भएका हुन् । परीक्षा गार्ड रहेका दत्तले उत्तर पुस्तिकाको थप कपी साटफेर गरेको घटना बारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।

 फेल भएकी विद्यार्थी सन्ध्यालाई पुनः परीक्षा दिलाउन खोजिएपछि आन्दोलन गरिएको विद्यार्थी नेताहरूले बताएका छन । उनीहरूले विद्यार्थीको भविष्य माथि खेलवाड गरेको र यो कदम नसचिए सम्म आन्दोलन गरिरहने बताए । 

आन्दोलनका क्रममा उनीहरूले परीक्षा नियन्त्रण कार्यालयको गाडी समेत जलाइदिएका छन् । 

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ५ : ४८ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना