वर्तमान संविधान कांग्रेसको नीतिबाट प्रभावित : सिटौला | Khabarhub Khabarhub

वर्तमान संविधान कांग्रेसको नीतिबाट प्रभावित : सिटौला


३ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा वर्तमान संविधानको मस्यौदा समितिका संयोजक कृष्णप्रसाद सिटौलाले वर्तमान संविधान माओवादी पार्टीबाट प्रभावित भएर निर्माण नभएको दाबी गर्दै कांग्रेसबाटै माओवादी प्रभावित बनेको बताएका छन्।

नेपाली कांग्रेसले बीपी कोइरालाको स्मृतिमा आयोजना गरेको बीपी साहित्य महोत्सवको अन्तिम दिन बुधबार पार्टी मुख्यालय बीपी नगरमा आयोजित ‘बिपीको विचार, आजको संविधान र अबको बाटो’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै नेता सिटौलाले संविधानमा नेपाली किसान, मजदुर र आमसमुदायको भावनाको प्रतिनिधित्व बमोजिम अधिकारको प्रत्याभूति गरेको बताए।

उनले भने, ‘संविधान बनेपछि यसको कार्यान्वयनमा हामीले जोड दिन सकेनौँ, संविधान जारी भएपछि कार्यान्वयन गर्ने बेलामा २०७२ सालपछि कम्युनिष्टहरूको सरकार बन्यो, केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारले संविधान कार्यान्वयन गर्नुभन्दा राज्य सत्ता कब्जा गर्ने नियत राखेको देखियो।’

सिटौलाले संविधान कार्यान्वयनका लागि संघीय संसद् र प्रदेश सभाका सांसदहरूको क्रियाशीलताको खाँचो औंल्याउँदै संविधान जारी भएपछिका ८ वर्षको मूल्यांकन गर्दा राज्य संचालकहरुको प्राथमिकता संविधान कार्यान्वयन गर्ने तर्फ नहुँदा समस्या आएको बताए।

उनले राज्य संचालन गर्नेहरुले संविधानलाई यथास्थितिमा राखेर सत्तामा ध्यान केन्द्रित गरेको आरोप लगाए। ‘नेपाली कांग्रेससँग अहिले पनि सदन र सडकमा संविधान कार्यान्वयन गर्न सक्ने ताकत छ। यसलाई दृढताका साथ कार्यान्वयन गर्न कांग्रेसका सांसदहरू लाग्नुस्, संविधान बनेपछि कानून बनाउन ढिलाइ गर्नु भनेको न्याय दिन ढिलाई गर्नु न्याय नदिनु जस्तै हो’, उनले भने, ‘संविधानमा आधारभूत विशेषताहरू बहुदलिय प्रजातन्त्रकै छ।’

प्रतिनिधि भाका पूर्वसभामुख दमन नाथ ढुंगानाले वर्तमान संविधानमा मौलिक हक नै ३१ वटा राखिएको भन्दै यति धेरै मौलिक हक राखेर कार्यान्वयन गर्न नसक्नु वर्तमान सत्तारुढ दलहरूकै कमजोरी भएको बताए। 

उनले भने, ‘यो संविधान माओवादीबाट डोमिनेटेड छ। नत्र उसलाई बारम्बार सत्ताको नेतृत्व गर्न किन दिनु पर्यो ?, यो संविधान फन्कसनेवल छैन्। यसले मुलुकलाई निकास दिँदैन। बिपीले स्टालिनको पालाको रुसको संविधानलाई उत्तम भन्नु हुन्थ्यो।’

संविधान सभा सदस्य तथा पूर्वमन्त्री निलाम्बर आचार्यले संविधान जारी भएको तीन वर्ष भित्रमा बन्नु पर्ने कानूनहरू निर्माण नहुनु दुखद भएको बताए। उनले भने, ‘बिपीले भने जस्तै प्रजातन्त्र बलियो बनाउन आर्थिक समुन्नति चाहिन्छ। तर अहिले युवा पलायन वर्तमान राजनीतिक नेतृत्वप्रतिको आक्रोशको संकेत हो । जनताको मागलाई सम्बोधन गर्न विमुख भएर दलहरू सत्ता केन्द्रित हुँदा समस्या आएको छ।’

पहिलो संविधान सभाका मस्यौदा समितिको संयोजक समेत रहेका आचार्यले नेपाली कांग्रेस, एमाले, माओवादी र तत्कालीन राजा ज्ञानेन्द्रको माघ १९ को ‘कु’ ले नेपालमा गणतन्त्र आउन सम्भव भएको बताए। उनले भने, ‘संविधान मास्ने कुरा गर्नु हुन्न। संविधानको विकास वा संशोधन गर्नु पर्छ। संविधान असफल भयो भने अराजकता आउन सक्छ।’

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूहरू संविधान सभामा चुप लागेर नबसेको भन्दै माओवादीले नमानेको बहुलवादलाई मान्न बाध्य बनाएको र अनेकौं एजेण्डामा अडान लिएको प्रष्ट पारे । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सञ्चालन गरेको सो अन्तरसंवादमा सहभागीहरूले विभिन्न प्रश्नहरूको जवाफ सिटौला, ढुंगाना र आचार्यले दिएका थिए।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ५ : ५८ बजे

जेलबाट रिहा भए केजरीवाल 

नयाँ दिल्ली – सर्वोच्च अदालतले अन्तरिम जमानत दिएपछि भारतको दिल्लीका

दीर्घकालीन निर्णय नगर्न गण्डकी सरकारलाई सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको

गगनलाई रविको प्रश्न : सहकारीमा ऋण मागेको प्रमाणित नभए राजनीति छोड्न तयार हो ?

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले कांग्रेस महामन्त्री गगन थापालाई आफूले

गाजामा युद्ध रोक्ने अन्तर्राष्ट्रिय दबाब इजराइलद्वारा अस्वीकार

तेल अभिव – गाजामा युद्ध रोक्ने अन्तर्राष्ट्रिय दबाबलाई अस्वीकार गर्दै

नायक अनमोल केसीको आत्मसमीक्षा : मेरो प्रतिस्पर्धा भुवन केसीसँग हो

काठमाडौं – अनमोल केसी नेपाली फिल्मका सफल र महँगा नायकमध्ये