नागोर्नो-काराबाखमा ‘शान्तिपूर्ण’ समाधानका लागि पुटिनको आग्रह | Khabarhub Khabarhub

नागोर्नो-काराबाखमा ‘शान्तिपूर्ण’ समाधानका लागि पुटिनको आग्रह


३ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

मस्को- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अर्मेनियाली पृथकतावादी र अजरबैजानबीच भएको युद्धविराम सम्झौताको उल्लेख नगरी नागोर्नो–काराबाखमा जारी द्वन्द्वको ‘शान्तिपूर्ण’ समाधान हुने आशा व्यक्त गरेका छन् ।

पुटिनले चीनका विदेशमन्त्री वाङ यीसँगको भेटमा भने, “हामी येरेभानका अधिकारीहरूसँग, स्टेपानेकर्टका पृथकतावादी काराबाख अधिकारीहरूसँग र बाकुमा द्वन्द्वका सबै पक्षसँग निकट सम्पर्कमा छौं ।” उनले भने, “मलाई आशा छ कि हामी तनाव कम गर्न सक्छौं र यस समस्याको समाधान शान्तिपूर्ण मार्गमा स्थानान्तरण गर्न सक्छौं ।

सरकारी टेलिभिजनले वितरण गरेको उक्त फुटेज काराबाखमा युद्धविराम घोषणा हुनुअघि वा पछि रेकर्ड गरिएको थियो वा थिएन भन्ने स्पष्ट भइसकेको छैन ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले काराबाख पृथकतावादी र अजरबैजानले घोषणा गरेको युद्धविराम सम्झौताबारे टिप्पणी गर्न चाहनन् ।

नियमित ब्रिफिङका क्रममा उनले भने, “मसँग विस्तृत विवरण छैन ।”

अजरबैजानले बुधबार नागोर्नो–काराबाखको विवादित क्षेत्रमा पृथकतावादी अर्मेनियाली सेनाले हतियार राख्न र पुनः एकीकरण वार्ता गर्न सहमति जनाएपछि आफ्नो सैन्य कारबाही रोकेको घोषणा गरेको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ७ : १५ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका