अधिकार बाँडफाँटमा सङ्कुचित हुनुहुँदैन : मुख्यमन्त्री चौधरी | Khabarhub Khabarhub

अधिकार बाँडफाँटमा सङ्कुचित हुनुहुँदैन : मुख्यमन्त्री चौधरी


३ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी – लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानमा लेखिएका अधिकार कार्यान्वयन प्रमुख चुनौती रहेको बताएका छन् । उनले संविधान कार्यान्वयन अधिकार बाँडफाँट संविधानअनुसार हुनुपर्ने बताएका छन् ।

संविधान दिवसका अवसरमा आज लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) मा आयोजित कार्यक्रममा मुख्यमन्त्री चौधरीले अधिकार बाँडफाँटमा सङ्कुचित हुनुनहुने र संबिधानमा लेखिएको अनुसार काम गर्न पाउनुपर्ने बताए ।

संविधानमा सबैको भावना समेटिएको भन्दै उनले सबै भाषा, धर्म, संस्कृतिको संरक्षण गर्ने, सबैखाले विभेदको अन्त्य गर्ने विषयमा संविधान उत्कृष्ट रहेको तर यसको कार्यान्वयन सहजरूपमा हुन नसकेको बताए ।

संविधान कार्यान्वयन गर्न सबै निकायबीचमा समन्वय र सहकार्य आवश्यक रहेको बताउँदै मुख्यमन्त्री चौधरीले संविधान कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । प्रदेशले गरेको प्रतिबद्धता पूरा गर्न केन्द्रको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने उनको भनाइ छ ।

“संविधानमा भएका अधिकार चाँडै प्रदेशले प्राप्त गरोस् । संविधानमा लेखिएका कुराहरू दिनलाई कहाँ कन्जुस्याइँ भएको छ”, उनले भने, “जनतासँग नजिक हुनको लागि यो संविधानले महत्त्वपूर्ण योगदान दिएको छ ।”

सभामुख तुलाराम घर्तीमगरले राजनीतिक अस्थिरताका कारण सोचेका काम पूरा गर्न नसके पनि हाम्रो प्रदेशमा आवश्यक कानुन बनाउन सफल भएको बताए । उनले प्रदेश सरकारप्रति आशा, भरोसा र विश्वास बढेको बताउँदै प्रदेश सरकार सबैको दिल, दिमागमा स्थापित भएको बताए।

कार्यक्रममा प्रदेश सरकारका गृहमन्त्री सन्तोषकुमार पाण्डेले संविधान समावेशी र जनताको पक्षमा रहेको बताए । उनले तीन तहको सरकारले काम गरेर संविधान कार्यान्वयनलाई पूर्णताः दिनुपर्ने आवश्यकता रहेको बताए। त्यस अवसरमा संविधान दिवस मूल समारोह अघि विभिन्न किसिमका संस्कृति झल्कने झाँकीसहित प्रभातफेरी निकालिएको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ८ : ३५ बजे

प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्रीले प्रधानमन्त्रीलाई बुझाए पत्र

काठमाडौं – प्रहरी समायोजनको माग गर्दै सात प्रदेशका गृहमन्त्रीले प्रधानमन्त्री

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं – काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प

गायकवाडको शानदार शतकमा अष्ट्रेलियालाई भारतको विशाल चुनौती

काठमाडौं – टि–२० सिरिज अन्तर्गत तेस्रो खेलमा टस हारेर ब्याटिङ

तनहुँमा अजिङ्गर फेला

दमौली –तनहुँको व्यास नगरपालिका–१४ स्थित रुम्सीमा आज अजिङ्गर फेला परेको

चन्द्रयान ४ ले चन्द्रमाको सतहबाट माटो र चट्टान पृथ्वीमा ल्याउने

नयाँ दिल्ली- भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले सञ्चालन गर्ने अर्को